२०८२ माघ ९ गते, शुक्रबार ११:३५

हमास प्रमुख सिनवार मारिएको पुष्टि गर्न डीएनए परीक्षण गर्दै इजरायल

१ कात्तिक, जेरुसेलम । इजरायलले गाजा अभियानमा हमास प्रमुख याह्या सिनवार मारिएका हुन् वा होइनन् भन्नेबारे जाँच गरिरहेको बताएको छ । सन् २०२३ अक्टोबर ७ देखि हमास समूहसँग इजरायली सेना लडिरहेको छ । यदि सिनवार मारिएको भए हमास समूहलाई यो ठूलो झट्का हुनेछ ।

इजरायली इतिहासमा सबैभन्दा घातक आक्रमणको मुख्य योजनाकार सिनवार भएको इजरायलले आरोप लगाएको छ । इजरायलले गाजा युद्धको सुरुआतदेखि नै सिनवारलाई खोजिरहेको छ ।

बीबीसीका अनुसार इजरायलको आक्रमणमा मारिएका व्यक्तिहरू मध्ये एक याह्या सिनवार रहेको पुष्टि गर्न इजरायलले शवको डीएनए परीक्षण गरिरहेको छ ।

इजरायलका रक्षामन्त्री योभ गालान्टले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हाम्रा शत्रुहरू कतै लुक्न सक्दैनन्। हामी तिनीहरूलाई फेला पार्नेछौं र मार्नेछौं।’

इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले सिनवार ‘सम्भवतः मरेको’ बताएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

इजरायलसँग सिनवार जेलमा रहँदाको विवरण अनुसार डीएनए र अन्य बायोमेट्रिक डाटा तुलना गरेर परीक्षण गर्नेछ ।

इरान समर्थित प्यालेस्टिनी लडाकू समूह हमासका पूर्व राजनीतिक प्रमुख इस्माइल हानियाको हत्यापछि सिनवार समूहको नयाँ नेता बनेका छन् ।

हमास र इरानले हानियाको हत्याका लागि तेहरानमा भएको आक्रमणमा इजरायललाई दोष दिएका छन् तर इजरायलले यसबारेमा कुनै टिप्पणी गरेको छैन ।

सिनवारबारे इजरायलको घोषणा हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको लेबनानमा भएको ठूलो आक्रमणमा हत्या गरेको केही सातापछि आएको हो । लेबनानमा इजरायलले सेप्टेम्बरको अन्त्यदेखि युद्धलाई तीव्र पारेको छ ।

हालैका महिनाहरूमा इरान समर्थित अन्य कमान्डरहरूको पनि हत्या गरिएको छ । इजरायलले यसै वर्षको सुरुमा उसले हमासका सैन्य प्रमुख मोहम्मद देइफलाई आक्रमणमा मारेको बताएको थियो । यद्यपि हमासले यसको पुष्टि गरेको छैन । देइफमाथि सिनवारसँग मिलेर अक्टोबर ७ को आक्रमणमा योजना बनाएको आरोप लगाइएको थियो ।

गाजा युद्ध सुरु भएको एक वर्षभन्दा बढी समयमा हमास अत्यन्तै कमजोर भएको छ र सिनवारको मृत्यु पुष्टि भयो भने हमासलाई ठूलो धक्का लाग्नेछ ।

सेनाले एउटा संक्षिप्त वक्तव्यमा ‘गाजा पट्टीमा सञ्चालनका क्रममा तीन लडाकू मारिएको’ बताएको छ । इजरायली रक्षा एजेन्सीहरूले ‘एक जना याह्या सिनवार हुनसक्ने सम्भावनाबारे जाँच गरिरहेको’ भन्दै ‘यस चरणमा लडाकूहरूको पहिचान पुष्टि गर्न नसकिने’ बताएको छ ।

सिनवार हुन् कि होइनन् भन्नेबारे पुष्टि गर्न एक लडाकुको शरीरको डिएनए परीक्षण गरिरहेको एक इजरायली सुरक्षा अधिकारीले बताए । रासस/एएफपी

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM