२०८२ माघ ८ गते, बिहीबार ०९:५३

पाकिस्तानलाई ५-२ ले हराउँदै भारतको विजयी सुरुवात

१ कात्तिक, काठमाडौं । बिहीबार सुरु भएको साफ वुमन्स च्याम्पियनसिपमा पाकिस्तानलाई ५-२ ले हराउँदै भारतले विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतका लागि  डाङमेई ग्रेसले दुई गोल गरिन् भने मनिषा कल्यान, बाला देवी र ज्योति चौहानले १-१ गोल गरे ।

पाकिस्तानका लागि सुहा हिरानी र काएला मारी सिद्दिकीले १-१ गोल गरे । यसै खेलबाट भारतकी कप्तान अशलता देवीले एक सयौं अन्तर्राष्ट्रिय खेल पूरा गरिन् ।

खेलको  सुरुवातदेखि नै पाकिस्तानमाथि दबाब बनाएको भारतले खेलको पाँचौं मिनेटमै डाङ्गमेई ग्रेसले गोल गर्दै भारतलाई अग्रता दिलाइन् ।

यस्तै मनिषा कल्यानले १७ औं मिनेटमा गोल गर्दै भारतको अग्रता दोब्बर पारिन् ।

३५ औं मिनेटमा बाला देवीले गोल गरेपछि भारतले ३-० को अग्रता बनायो । बक्सभित्र प्राप्त फ्रिकिकमा मनिषाले बाला देवीलाई सट पास दिएकी थिइन् र त्यसमा बालादेवीले गोल गर्दै भारतका लागि आफ्नो ५० औं अन्तर्राष्ट्रिय गोल पूरा गरिन् ।

भारतका लागि डाङ्मेई ग्रेसले ४२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् ।

पाकिस्तानले पहिलो हाफको इन्जुरी टाइममा पेनाल्टीमा गोल फर्कायो । पहिलो हाफको इन्जुरी टाइममा पाकिस्तानकी सुहा हिरानीले पेनाल्टीमा गोल गरेकी हुन् । भारतकी अशलता देवीले नादिया खानलाई फल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो र त्यसमा हिरानीले सहजै गोल गरिन् ।

दोस्रो हाफको सुरुमै पाकिस्तानले गोल गर्दै भारतलाई दबाबमा राखेको थियो । ४७ औं मिनेटमा पाकिस्तानकी काएला मारी सिद्दिकीले गोल गर्दै खेल ४-२ को स्थितिमा ल्याइन् ।

७८ औं मिनेटमा ज्योति चौहानले गोल गर्दै भारतलाई ५-२ को अग्रता दिलाइन् ।

प्रतियोगितामा सर्वाधिक ५ पटकको उपाधि विजेता भारतले समूह ए मा ३ अंक जोडेको छ ।

भारतका प्रशिक्षक सन्तोषकुमार कश्यपले प्रतियोगितामा सुरुवात राम्रो भएको बताए । ‘हाम्रो लागि च्याम्पियनसिप राम्रो सुरुवात भएको छ  ।सबैले राम्रो खेले । बीचमा केही दबाब भएको थियो । तर पाँचौं गोलपछि सहज भयो’, उनले भने ।

भारतकी कप्तान अशलता देवीका लागि बिहीबारको खेल १०० औं खेल थियो । उनले पनि प्रतियोगिताको पहिलो खेल जित्नु महत्वपूर्ण भएको बताइन् । ‘म १०० औं खेलमा एकदमै खुशी छु । १०० औं खेल खेल्ने म पहिलो भारतीय खेलाडी बनेँ । म धेरै उत्साहित थिएँ र त्यसले गर्दा पेनाल्टी पनि दिएँ । धेरै उत्साहित हुनुहुन्न भन्ने पनि मैले आज सिकेँ’, उनले भनिन् ।

पाकिस्तानका प्रशिक्षक आदिल रिज्कीले पाएका केही अवसर उपयोग गर्न नकस्दा पराजित भएको बताए । ‘अब बंगलादेश विरुद्ध खेल्दा डिफेन्समा सुधार गर्नुपर्छ । बंगलादेश टिम फेरिएको छ र कोच नयाँ छन् । हाम्रो लागि सजिलो भने हुने छैन’, उनले भने ।

प्रशिक्षक आदिलले खेलमा रेफ्रीको भूमिकामा प्रश्न उठाए । ‘खेलमा रेफ्री ठूलो समस्याको रुपमा रह्यो । केही ब्याड कल भयो जसले गर्दा खेलमा असर गर्‍यो, भारतले पनि राम्रो खेल्यो’, उनले भने ।

भारत यो जितपछि सेमिफाइनल नजिक पुगेको छ । समूह ए मा भारत र पाकिस्तानसहित साविक विजेता बंगलादेश छ ।

यस समूहको अर्को खेल आउने आइतबार पाकिस्तान र बंगलादेशबीच हुनेछ ।

बंगलादेशले पाकिस्तानलाई पराजित गरेमा भारत र बंगलादेश समूह चरणमा खेल्नुअघि नै सेमिफाइनलमा प्रवेश गर्नेछ ।

प्रतियोगितामा शुक्रबार समूह बी मा रहेका श्रीलंका र माल्दिभ्स र नेपाल र भुटानबीच खेल हुनेछ ।

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 kingmedan303 rajamania rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM