२०८२ माघ ८ गते, बिहीबार १०:३३

कांग्रेसको सय दिने अभियान कहिलेबाट सुरु हुन्छ ?

१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले ३० असोजसम्म स्थगित गरेको ‘सय दिने विशेष अभियान’ पुनः सुरु गर्ने मिति टुंगो लगाएको छैन । ११ र १२ असोजमा आएको वर्षाले ल्याएको विपत्तिका कारणले कांग्रेसले सय दिने अभियान स्थगन गरेको थियो ।

१३ असोजमा बसेको कार्यसम्पादन समितिको बैठकले कोजाग्रत पूर्णिमासम्मका लागि अभियान स्थगन गर्ने निर्णय गरेको थियो । ७ असोजमा सुरु भई १६ पुसमा सकिने गरी अभियान चलाउने पार्टीले निर्णय गरेको थियो ।

सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएर अभियान सुरु भएको चार दिनपछि प्राकृतिक विपत्तिमा मूलुक परेपछि अभियान स्थगित गर्ने निर्णय पार्टीले गरेको थियो । उद्धार र राहतका लागि खट्न परेको हुँदा अभियान रोक्नुपरेको कांग्रेसले जनाएको छ ।

‘राष्ट्रिय विपत्तिको यस घडीमा पार्टीको ‘१०० दिने विशेष अभियान’ को पूर्व निर्धारित कार्यक्रम कोजाग्रत पुर्णिमा (असोज ३०) सम्म स्थगित गर्ने निर्णय गर्दछ,’ कार्य सम्पादन समितिको निर्णयमा भनिएको छ, ‘केन्द्रीय प्रतिनिधिहरुलाई आफु खटिएको जिल्लामा उद्धार र राहतको कार्यमा आवश्यक समन्वय गर्न÷गराउन केन्द्रित गर्ने निर्णय यो बैठक गर्दछ ।’

गत साउन अघि सकिने गरी कांग्रेसले तीनवटा अभियान गरेको थियो । यो वर्ष पहिलोपटक घोषणा गरिएको सय दिने अभियान मूख्यगरी पार्टी संगठन सुदृढीकरणका लागि भएको कांग्रेसले जानकारी गराएको छ ।

आन्तरिक पार्टी संगठन सुदृढीकरणमा खट्नका लागि पार्टी केन्द्रले केन्द्रीय प्रतिनिधिलाई कार्यादेश दिएको थियो । पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले स्थगित अभियानका लागि पुनः मिति तोक्न आवश्यक नरहेको बताए ।

उनले भने,‘कोजाग्रत पूर्णिमा सम्मका लागि अभियान स्थगित गरिएको हो । प्रतिनिधि उनै हुन्छन् । जिल्लामा समन्वय गरेर केन्द्रीय प्रतिनिधि जान्छन् ।’

७ असोजबाट अभियान घोषणा गरिएपनि कतिपय प्रतिनिधि स्थगित गर्ने बेलासम्म तोकिएको जिल्लामा नगएको नेताहरुले जानकारी गराएका छन् । अभियान सुरुवात् गर्दा धेरै प्रतिधिनिधि सम्बन्धित जिल्लामा पुगिसकेको र बाढी पछि पुग्न नसकेकाहरु पनि अब खटिने महतले जानकारी गराए ।

जिल्ला खटिएका प्रतिनिधिले पार्टीको आन्तरिक संरचनामा रहेका समस्या पहिचान गर्ने, आफ्नोतर्फबाट गर्न सकिने समाधान निकाल्ने र तल्लो तहमा हल नभएका विषयलाई केन्द्रमा जानकारी गराउने कार्यादेश दिइएको छ ।

भातृ तथा शुभेच्छुक संस्थामा रहेका समस्याको समाधान निकाल्ने पहल केन्द्रीय प्रतिनिधिले गर्नुपर्नेछ । क्रियाशील सदस्यता नवीकरण फारम प्राप्त भए नभएको, प्राप्त भएर पनि वितरण भए नभएको सबै अवस्था विश्लेषण गरी तत्काल नवीकरण प्रक्रिया अगाडि बढाउन केन्द्रीय प्रतिनिधिलाई जिम्मेवारी दिइएको छ ।

प्रतिनिधिले समसामयिक विषयमा समेत पार्टी पंक्तिलाई जानकारी गराउने कार्यादेश दिइएको छ । कांग्रेस र नेकपा एमालेबीच भएको सत्ता सहकार्य, महासमितिबाट पारित दस्तावेज र पार्टीले लिएका मुख्य मुख्य नीति, संविधान संशोधन, सहकारी ठगी प्रकरणमा पार्टीले लिएको अडान लगायतमा प्रतिनिधिले जानकारी गराउनु पर्नेछ ।

प्रतिनिधिले पार्टीको वस्तुगत अवस्था जानकारी गराउन प्रतिवेदन पेश गर्नुपर्ने निर्देशन केन्द्रले दिएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 kingmedan303 rajamania rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM