२०८२ माघ ८ गते, बिहीबार १०:५१

नेपाल, बंगलादेश र भारतको नजर उपाधिमा, अरू टोलीको लक्ष्य के ?

३० असोज, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ बिहीबारदेखि काठमाडौंको दशरथ रंगशालामा सुरु हुँदैछ । कात्तिक १ देखि १४ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपमा दक्षिण एसियाका सातवटै टिमले सहभागिता जनाउनेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा बिहीबार समूह ए मा रहेका भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ साढे ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ ।

साफ वुमन्स च्याम्पियनसिप लगातार तेस्रो पटक नेपालमा आयोजना हुन लागेको हो र यो सातौं संस्करण हो ।

भारत साफ च्याम्पियनसिपको सर्वाधिक सफल टोली हो । उसले ५ पटक उपाधि जितेको छ । साविक विजेता बंगलादेश हो । भारत बाहेक साफ वुमन्स च्याम्पियनसिप जित्ने अर्को टोली बंगलादेश हो । नेपाल भने ६ मध्ये पाँच संस्करणको फाइनल पुगेर पनि सधैँ उपविजेतामै सिमित छ ।

तीन टिम बाहेक बाँकी टिमका लागि नकआउट चरण पुग्नु नै ठूलो उपलब्धी हुने गर्दछ ।

च्याम्पियनसिप सुरु हुनुअघि बुधबार आयोजित प्रि म्याच कन्फ्रेन्समा सातवटै टोलीका कप्तान र प्रशिक्षकले आफ्नो टोलीको तयारी, लक्ष्य र उत्साहबारेर आफ्नो धारणा राखेका थिए ।

नेपालको उपाधि जित्ने लक्ष्य

नेपाली महिला फुटबल टोलीलाई उपविजेताको ट्याग लागेको छ । साफमा ५ पटक र अहिलेसम्म कूल ११ पटक फाइनल पुगेको नेपालले उपाधि भने जित्न सकेको छैन । यसअघि दुई पटक घरेलु मैदानमा प्रतियोगिता आयोजना हुँदा फाइनल पुगेपनि नेपालले उपाधि जित्न सकेन । यो पटक नेपाल त्यसलाई पार गर्दै च्याम्पियन बन्न चाहन्छ ।

यस पटक त्यो उपविजेताको ट्याग हटाउने र उपाधि जित्ने लक्ष्य रहेको कप्तान एन्जिला तुम्बापो सुब्बा र मुख्य प्रशिक्षक राजेन्द्र तामाङको दावी छ ।

तयारी भने ठीकै मात्र छ । महिला लिगले गर्दा लामो तयारी हुन पाएन, दुई साता मात्र प्रशिक्षण भयो । इन्डुरेन्स र फिजिकल पार्टमा काम गर्न नपाएको मुख्य प्रशिक्षक तामाङले बताए ।  ‘फरवार्डहरु पनि नभएकाले त्यसमा काम गर्न पाएनौं’ तामाङले भने, ‘पाएको समयमा हामीले उपाधि केन्द्रित भएर तयारी गर्‍यौं । हामी च्याम्पियनसिपका लागि तयार छौँ ।’

भारतमा भएको चौथो संस्करण बाहेक सबै पाँच संस्करणमा फाइनल खेलेको नेपालले उपाधि जित्न नसक्दा खेलाडीहरुलाई मानसिक रुपमा जित्नुपर्ने दबाब पनि हुन सक्छ । प्रशिक्षक तामाङ खेलाडीहरु पनि हामी जित्छौं भनेर सेल्फ मोटिभेट हुनुपर्ने बताउँछन् । ‘हामीले पाँच पटक साफको फाइनल खेलिसकेका छौं । खेलाडीहरु पनि सेल्फ मोटिभेट हुनुपर्छ, हामी सक्छौँ भनेर खेल्नुपर्छ’उनले भने ।

कप्तान एन्जिलाले भने टिमले कडा मिहिनेत गरेको र उपाधि नै लक्ष्य रहेको बताइन् । ‘तयारी छोटो समय भएपनि महिला लिगले केही सहयोग गरे जस्तो लाग्छ’ एन्जिलाले भनिन्, ‘यसपटक टिम सन्तुलित छ र हामी च्याम्पियन बन्नकै लागि खेल्नेछौं । ‘

 बलियो भारत शाख फर्काउने तयारी

दक्षिण एसियामा भारत पावर हाउस नै हो । अन्य टिममाथि भारतको दबदबा कायम छ । सर्वाधिक ५ पटक उपाधि जित्नुले पनि त्यसलाई पुष्टि गर्छ । भारतले चार पटक नेपाललाई र एक पटक बंगलादेशलाई फाइनलमा हराएको थियो ।

तर पछिल्लो पटक २०२२ मा काठमाडौंमा भएको साफमा भने भारतको दबदबा तोडिएको थियो । त्यसबेला भारत दुई पटक पराजित भयो । समूह चरणमा बंगलादेशले भारतलाई हराइदियो । सेमिफाइनलमा घरेलु टोली नेपालले भारतलाई पराजित गर्दै घर पठायो ।

साफ इतिहासमै भारत पहिलो पटक त्यही बेला हारेको थियो भने नेपालले पनि भारत विरुद्ध साफमा पहिलो जित निकालेको थियो ।

भारत यस पटक बलियो टोलीका साथ पुरानो साख फर्काउने लक्ष्यसहित नेपाल आएको छ । नयाँ प्रशिक्षक सन्तोष कस्यप छन् भने टोलीको नेतृत्व अनुभवी अशलता देवीले गर्नेछिन् । यस्तै फरवार्ड बाला देवीले पनि टिममा पुनरागमन गरेकी छन् । उनको आगमनले टिम बलियो बनेको प्रशिक्षक सन्तोष कस्यप बताउँछन् ।

बाला देवीसँगै पछिल्लो संस्करण नखेलेका संगिता बासफोरे, डांगमाई ग्रेस जस्ता खेलाडी यस पटक टिममा छन् ।

मुख्य प्रशिक्षक कस्यपले आफूले महिला टिम हेरेको थोरै समय भएपनि अट्यकिङ र  इन्ट्रेस्टिङ फुटबल खेल्ने बताए । ‘मैले यो टोली राम्ररी हेर्न पाएको छैन । जम्मा २० दिनको समय थियो । तर २० दिन अघिको भन्दा टिम राम्रो भएको छ’, सन्तोषले भने, ‘बंगलादेश पनि बलियो बनेको छ । च्याम्पियनसिप प्रतिस्पर्धात्मक हुनेछ । ‘

उनका अनुसार भारतको लक्ष्य उपाधि जित्ने नै हो । ‘हामीले पाँच पटक जित्यौं, त्यो इतिहास भइसक्यो । पछिल्लो पटक हार्‍यौं, त्यो पनि इतिहास भयो । अब हामी अट्याकिङ फुटबलको नमुना पस्कत तयार छौँ । मुख्य कुरा हाम्रो लक्ष्य उपाधि हो ।’

कप्तान अशलता देवीले सिनियर र जुनियर खेलाडीको मिश्रण रहेको टोलीक तयारी राम्रो भएको बताइन् । अन्तर्राष्ट्रिय खेलहरु खेल्ने अवसर पाएको भन्दै उनले भनिन्, ‘हामी राम्रो प्रदर्शन गर्दै राम्रो नतिजा ल्याउने लक्ष्यमा छौँ ।’ कप्तान अशलताले पाकिस्तान विरुद्धको पहिलो खेलमा आफ्नो एक सयौं क्याप पूरा गर्नेछिन् ।

बंगलादेशको उपाधि रक्षा गर्ने चाह

दक्षिण एसियामा बंगलादेश नयाँ शक्ति बनेर उदाएको छ, जसलाई बंगलादेशले पछिल्लो संस्करणमा एकै पटक भारत र नेपाललाई हराएर प्रमाणित गर्‍यो ।

सन् २०२२ मा भएको साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशले भारतलाई समूह चरणमा ३-० र फाइनलमा नेपाललाई ३-१ ले हराएर पहिलो पटक च्याम्पियन बनेको थियो । त्यस बेला सविना खातुन बेस्ट प्लेअर र हाइएस्ट स्कोरर बनेकी थिइन् । यस पटक पनि उनै खातुनको नेतृत्वमा बंगलादेशी टोली उपाधि रक्षा गर्न चाहन्छ । तर त्यो काम सजिलो भने छैन । किनभने बंगलादेशी टिममा पनि खेलाडीहरु परिवर्तन भएका छन् भने प्रशिक्षक पनि नयाँ छन् ।

यस पटक इंग्ल्याण्डका पिटर बटलरको प्रशिक्षणमा बंगलादेशले प्रतियोगिता खेल्दैछ । प्रशिक्षक पिटर बटलरले टोलीमा युवा र सिनियर खेलाडीहरुको मिश्रण रहेको र टोली अहिले लयमा रहेको बताए । ‘हामीले वर्षको सुरुआती दुई खेल हारेका थियौं, पछि जितको लयलाई फर्कियौं’ उनले भने, ‘टिममा युवा, अनुभवी खेलाडीको समिश्रण राम्रो छ ।

अघिल्लो पटक च्याम्पियन बनेका टिमका खेलाडीहरु पनि अहिले टिममा रहेको भन्दै खेलाडीहरु जितका लागि तत्पर रहेको उनले बताए । ‘सबैभन्दा महत्वपूर्ण कुरा भनेको देशको प्रतिनिधित्व गर्दा सबैको दायित्व राम्रो प्रदर्शन गर्नु हुनुपर्छ । खेलाडीले यो कुरा बुझेका छन् । टोली यसपालि पनि उपाधि जित्न प्रेरित छन्, उनको दाबी छ, ‘प्राविधिक र रणनीतिक रुपमा हामी बलियो छौं ।’

विगतको उपाधि इतिहास भइसकेकाले त्यसले अर्थ नराख्ने बताए । उनले अहिले नै लक्ष्य बनाउने भन्दा पनि हरेक खेललाई लिएर अघि बढ्ने बताए । ‘हामीले सेमिफाइनलमा को आउँछ भनेर सोचेका छैनौं, हाम्रो लागि पहिलो खेल महत्वपूर्ण हुनेछ ।’

कप्तान सबिना खातुनले च्याम्पियनसिपका लागि उत्सहित रहेको र राम्रो तयारी रहेको बताइन् ।

 फेरिएको भुटान

भुटानले पछिल्लो समय उमेर समूहदेखि सनियर टिमसम्म प्रगति गरिरहेको छ र मैदानमा पनि त्यो प्रदर्शन देखिएको छ ।

चाहे उमेर समूह होस् वा सिनियर टिम अनि क्लब लेभल सबैमा भुटानले अन्य टिमलाई ठूलो चुनौती पेश गरिरहेको छ । पछिल्लो समय भुटानले ग्रासरुटदेखि नै फुटबल विकासमा ध्यान दिइरहेको छ भने प्राय टिममा विदेशी प्रशिक्षकहरु अनुबन्ध गरिरहेको छ ।  त्यसैले पनि भुटानको फुटबलको ग्राफ उकालो लागिरहेको छ ।

पछिल्लो पटक २०२२ मा भएको साफमा भुटानले पहिलो पटक सेमिफाइनल पुगेर इतिहास रचेको थियो । अहिले पनि भुटानले त्यही किसिमको प्रदर्शनलाई दोहोर्‍याउने लक्ष्य राखेको छ ।

भुटान, घरेलु टोली नेपालसँगै श्रीलंका र माल्दिभ्स रहेको समूह बी मा परेको छ । नेपाल सेमिफाइनलको लागि फेभरेट रहेपनि अर्को एक स्थानका लागि तीन टिमबीच सेमिफाइनल पुग्ने होड चल्नेछ । त्यसमा भुटान केही हदसम्म अघि देखिन्छ ।

यस पटक भुटानको प्रशिक्षकमा अष्ट्रेलियन निकोला डेमाइन छिन् । उनी यस पटक साफ वुमन्स च्याम्पियनसिपमा एक्ला महिला प्रशिक्षक हुन् । भुटानले साफ वुमन्स च्याम्पियनसिपका लागि एक वर्षदेखि तयारी गरिरहेकाले राम्रो नतिजा ल्याउने आशा राखेको छ ।

‘हामीले विगत एक वर्षदेखि यस प्रतियोगिताका लागि तयारी गरिरहेका छौं किनकी हाम्रो क्षेत्रमा यो महत्वपूर्ण प्रतियोगिता हो’ मुख्य प्रशिक्षक निकोलाले भनिन् ।

आफूले भुटानमा आएर त्यहाँको फुटबल संस्कृति सिकिरहेको बताउने उनी समूह बीको समिकरण रोचक रहको बताइन् । भनिन्, ‘समूह चरण पार गर्ने अवसर छ ।’

कप्तान पेमा छोडेन छिरिङले एक वर्षको तयारी रहेको र आफ्नो राष्ट्रलाई प्रतिनिधित्व गर्न उत्साहित रहेको बताइन् ।

पाकिस्तान, माल्दिभ्स र श्रीलंका राम्रो गर्ने लक्ष्य

बाँकी तीन टोलीले साफ वुमन्स च्याम्पियनसिपका लागि तयार रहेको र राम्रो प्रदर्शन गर्ने लक्ष्य रहेको बताएको छ ।

पाकिस्तान, श्रीलंका र माल्दिभ्स च्याम्पियनसिपमा राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छन् ।

सुरुवाती तीन संस्करण लगातार खेलेको पाकिस्तानले  सन् २०१६ र २०१९ मा साफ खेलेन । २०१२ मा पाकिस्तान सेमिफाइनलसम्म पुगेको थियो । २०२२ मा नेपालमै भएको छैंटौ संस्करणबाट पाकिस्तानले साफमा पुनरागमन गरेको थियो । विभिन्न आरोह अवरोहका बीच पाकिस्तान लगातार दोस्रो साफ वुमन्स च्याम्पियनसिप खेल्दैछ ।

अन्तिम समयमा पाकिस्तान स्पोर्ट्स बोर्डबाट स्वीकृति पाएपछि पाकिस्तानले साफ खेल्न नेपाल आएको हो । अन्य टोलीभन्दा छिटो नेपाल आएको पाकिस्तानले यहाँको वातावरणमा घुलमिल हुने अवसर पाएको थियो र प्रशिक्षण पनि गरेको थियो ।

पहिलो खेलमै पाकिस्तानले भारतसँग खेल्दैछ र यो पाकिस्तानको लागि ठूलो कुरा रहेको मुख्य प्रशिक्षक खदिल रिज्कीले बताए । ‘पहिले भन्दा टिम राम्रो भएको छ । नयाँ खेलाडी आएका छन्’ रिज्कीले भने, ‘पहिलो खेल नै भारत र पाकिस्तानको बीच छ । यो भन्दा राम्रो के होला ? हामी दबाबभन्दा पनि इन्जोए गरेर खेल्छौं ।’

रिज्कीले गत वर्ष पाकिस्तानले राम्रो खेलहरु खेलेको र ठूला टिमविरुद्ध खेल्न अझ धेरै उत्सहित रहेको बताए ।  नादिया खान चोटबाट निको भएर फर्कुन सुदख भएको उनले बताए

कप्तान मारिया खानले साफ च्याम्पियनसिप खेल्न उत्सहित रहेको बताइन् । ‘निलम्बनपछि हामीले दुई वर्षअघि साफ खेलेका थियौं । दुई वर्षपछि हामी च्याम्पियनसिप खेल्न उत्साहित छौँ ।’ निलम्बन फुकूवापछि पहिलो प्रतियोगिता भएकाले पछिल्लो संस्करणमा राम्रो गर्न नसकेपनि यसपटक टिमको मनोबल उच्च रहेको मारियाले बताइन् ।

श्रीलंकाका मुख्य प्रशिक्षक मोहम्मद हुसेन रुमीले च्याम्पियनसपका लागि ४० दिन दिन प्रशिक्षण गरेर आफ्नो टिम तयार रहेको बताए । ‘प्रशिक्षणमा खेलाडीले सुधार गरेका छन्,उनले भने, ‘टिम अहिले सेपमा छ र टोली साफका लागि तयार छ ।’

श्रीलंकन कप्तान थुसानी मदूसीले पनि आफ्नो टोली साफका लागि तयार रहेको र राम्रो प्रदर्शन गर्ने बताइन् । ‘हाम्रो समूह खुल्ला छ । हामी पहिलो खेल माल्दिभ्ससँग छ र त्यसमा केन्द्रित हुनेछौं, उनले भने । ‘

श्रीलंकाले सन् २०१२, २०१९ र विराटनगरमा भएको २०१९ को साफमा सेमिफाइनल खेलेको थियो । तर पछिल्लो समय श्रीलंकाले त्यो लय देखाउन सकेको छैन ।

माल्दिभ्सका मुख्य प्रशिक्षक मोहम्मद निजामले इमान्दार भएर भन्दा भारत र नेपाल बाहेक बाँकी टिमको तयारी राम्रो नभएको बताए । उनले माल्दिभ्सले परिस्थिति अनुसार राम्रो तयारी गरेको र प्रतियोगिता खेल्न तयार रहेको बताए ।

कप्तान हवा हानिफाले माल्दिभ्समा घरेलु लिग भएकाले टिम तयार पार्न गाह्रो भएको बताइन् । यस्तै माल्दिभ्स फुटबल संघमा समस्या रहेकोले पनि स्थिति कठिन भएको बताइन् ।

माल्दिभ्सले सन् २०१६ मा एक पटक सेमिफाइनल खेलेपनि त्यसयता समूह चरणबाटै बाहिरिएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 kingmedan303 rajamania rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM