२०८२ माघ ९ गते, शुक्रबार १०:१४

‘छक्कापञ्जा ५’ हेरेपछि भीम रावल : जग्गादान स्वीकार्ने कुरा एमालेको सिद्धान्त विपरित

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले विवादित व्यवसायीलाई पार्टी कार्यालय निर्माणको जिम्मा दिने कार्य मार्क्सवादी र लेनिनवादी आदर्श, सिद्धान्त र मूल्य मान्यता विपरित रहेको बताएका छन् ।

भ्रष्टाचारलाई मुख्य विषयवस्तु बनाएर निर्माण भएको फिल्म ‘छक्कापञ्जा ५’ हेरेपछि बुधबार बेलुका संचारकर्मीसँग कुरा गर्दै नेता रावलले सत्तारुढ एमालेको यो कुरालाई फिल्मले कटाक्ष गरेको बताए ।

‘एमालेले दस्तावेजमा सुशासनको कुरा गर्छ । त्यस्तो राजनीतिक दलले कर सम्बन्धी कुरामा पनि मुद्दा खेपिरहेको, जग्गाको मुद्दामा त दण्ड सजाय नै पाएको व्यवसायीलाई लगेर शिलामा निजको नाम र निजको परिवारलाई नै उपस्थित गराएर त्यहाँ राख्ने, निजले नै बनाउने भन्ने कुरा गम्भीर सिद्धान्त र आदर्शबाट भएको विचलन हो’ नेता रावलले भने ।

देशको प्रधानमन्त्री भएको पार्टीले विवादास्पद गतिविधि र मुद्दामामिलामा मुछिएको व्यक्तिलाई लिएर पार्टी कार्यालय बनाउने भन्ने कुराले सकारात्मक सन्देश नगएको रावलले बताए । ‘एमालेको यो कुरालाई फिल्मले कटाक्ष गरेको छ’ उनले भने ।

उनले एमाले विभाजनको बेला २०५४ सालमा आफू क्षेत्रीय इन्चार्ज हुँदा कार्यकर्तालाई पार्टीमा थेगेर राख्न योगदान दिएको सम्झँदै नेता रावलले त्यतिबेला पार्टी कार्यालय बनाउन आफूले कतैबाट पैसा नलिएको स्मरण गरे ।

उनले फिल्म ‘छक्कापञ्जा ५’ले उठाएको विषय वर्तमान राजनीतिक, कर्मचारीतन्त्रको प्रवृत्तिसँग सान्दर्भिक रहेको बताए । उनले नेपालीले एकपटक फिल्म हेर्नुपर्ने समेत बताए । कथावस्तु र अभिनयले आफूलाई मन छोएको बताउँदै नेता रावलले पछिल्लो समय नेपाली फिल्मले गरेको विकासप्रति उनले खुसी व्यक्त गरे ।

दशैं अष्टमीको दिन (२५ असोज)मा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पत्नी राधिका शाक्य तथा व्यापारी दम्पत्ति मीन गुरुङ र सावित्री गुरुङले हिन्दू बिधि बमोजिम केन्द्रीय कार्यालय भवन शिलान्यास गरेका थिए ।

भाटभटेनी संचालक गुरुङले कीर्तिपुर नगरपालिका- २ मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गासहित अत्याधुनिक भवनको एमाले केन्द्रीय मूख्यालय भवन निर्माण गरिदिने बचन दिएका छन् । यो कुरालाई लिएर अहिले तीव्र विरोध भैरहेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM