२०८२ माघ ९ गते, शुक्रबार ०९:५३

बाढीले विपरीत बनायो धान उत्पादन अनुमान

सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोक फाँटमा पाकेको धानबालीमा बाढीले पुर्‍याएको क्षति । तस्वीर : राधिका बुढाथोकी/रासस


३० असोज,काठमाडौं । प्रविधि प्रयोग, समयमै भएको वर्षा र रासायनिक मल उपलब्धताले यो वर्ष धान उत्पादन बढ्ने आकलन थियो । तर, एक्कासि अनुमान विपरीत हुन पुगेको छ ।

कुल रोपाइँ हुने क्षेत्रफलको लगभग ९९ प्रतिशत रोपाइँ भएको यो वर्ष धान उत्पादन बढ्ने अनुमान थियो ।

‘चालु आर्थिक वर्ष धान उत्पादन बढ्ने आकलन गरिए पनि असोज दोस्रो साता आएको बाढीले ठूलो असर पुग्दा त्यो अनुमान नमिल्ने देखियो,’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसी भन्छन्, ‘पहाडमा धान खेतमा पहिरो र तराईमा डुबान र बाढीले असर परेको छ ।’

बढेको थियो रोपाइँ

कृषि मन्त्रालयका अनुसार १३ लाख ९० हजार ९५ हेक्टर रोपाइँ हुने क्षेत्रमध्ये करिब १३ लाख ८० हेक्टरमा रोपाइँ भएको थियो । गत वर्षभन्दा यो वर्ष ६–७ प्रतिशतले रोपाइँ बढेको थियो ।

रोपाइँ बढेपछि मन्त्रालयले धान उत्पादन बढन् सक्ने आकलन गरेको थियो । गत वर्ष धान सिजन सुरुवातमै पानी र मलको समस्या थियो । त्यसले राम्रो नभए पनि यो पटक उत्पादन राम्रो हुने कृषि मन्त्रालयको अनुमान थियो ।

कृषि विभागका अनुसार उत्पादन पनि पछिल्लो समय बढ्दै थियो । गत आव धान उत्पादन अघिल्लो आव २०७९÷८० भन्दा ४.३३ प्रतिशतले वृद्धि भएको थियो । गत आव ५७ लाख २४ हजार २ सय ३४ टन धान उत्पादन भएको थियो, जुन चार वर्षको औसत उत्पादन तुलनामा ५.०८ प्रतिशतले बढी हो ।

धानबालीको औसत उत्पादकत्व अघिल्लो आवको तुलनामा ४.९७ प्रतिशतले वृद्धि भएर प्रतिहेक्टर ३.९८ टन पुगेको थियो । जुन चार वर्षको औसत उत्पादकत्व भन्दा ६.९२ प्रतिशत बढी हो ।

सबैभन्दा धेरै क्षति धानमा

असोज दोस्रो साता आएको बाढी–पहिरोका कारण चालु आव धान उत्पादन घट्ने देखिन्छ । बाढी–पहिरोले किसानलाई प्रत्यक्ष असर पुग्यो नै, बढ्न लागको धान उत्पादनमा पनि नराम्रो असर पार्‍यो ।

भीषण वर्षाले मुलुकको कृषि क्षेत्रमा करिब ६ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रारम्भिक तथ्यांक सार्वजनिक भइसकेको छ । कृषि मन्त्रालयले संकलन गरेको विवरण अनुसार बाली, पशुपन्छी धन, माछा लगायतमा ६ अर्ब बढीको क्षति देखिएको हो ।

प्रारम्भिक विवरण अनुसार सबैभन्दा धेरै धान खेती नष्ट भएको छ । बाढीले ५८ हजार ४ सय ७६ हेक्टर धानबाली नष्ट भएको छ । बाढी–पहिरोले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेमा गरी ३ अर्ब ५० करोड रुपैयाँ बराबर क्षति भएको हो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM