बर्दिया/बर्दिया सदरमुकाम गुलरिया नगरपालिका-८ स्थित नेपाल भारत सिमानामा गोली चलेको छ ।
आइतबार साँझ ८ बजेतिर गोली प्रहार हुँदा एक जना घाइते भएका छन् । खेतमा काम गरि रहेका व्यक्तिलाई अज्ञात समूहले गोली हानेको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी केदार खनालले बताए ।
ढाडमा गोली लागेका घाइतेको जिल्ला अस्पताल गुलरियामा उपचार सम्भव नभएपछि कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको छ ।
गोली कसले चलाएको थियो भन्नेबारे अनुसन्धान भइरहेको एसपी खलालले जनाए । घाइतेले भने भारतीय सशस्त्र वन रक्षकले गोली चलाएको बताएका छन् ।