बैतडी । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले संस्कृतिको संवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्र भण्डारीद्वारा लिखित उदयदेव दर्शन नामक पुस्तकको विमोचन गर्दै मन्त्री भण्डारीले इतिहास र संस्कृति बिर्सन नहुने बताउनुभयो ।
कलियुगको प्रारम्भसँगै भक्तिबाट शक्ति प्राप्त गरी ब्रह्मलीन हुन पुगेका उदयदेवले देवत्व प्राप्त गरेको अवस्था र शक्तिका बारेमा पुस्तकमा उल्लेख गरिएको छ ।
बैतडीको पाटनमा स्थापित उदयदेव दर्शनका लागि भारतबाट समेत प्रत्येक वर्ष भक्तहरू आउने गरेका छन् ।

















