दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–८ बोचको चर्नावती पुलनजिक बिहीबार यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
काठमाडौँबाट रामेछापको गुप्तेश्वर जाँदै गरेको बागमती प्रदेश ०१००६ ख ४८४३ नम्बरको बस बिहीबार दिउँसो करिब १:४५ बजे दुर्घटना हुँदा रामेछाप उमाकुण्ड गाउँपालिका–६ का २२ वर्षीय जोगबहादुर श्रेष्ठको मृत्यु भएको दोलखाको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
दोलखा सदरमुकाम चरिकोट स्थित च्छो–रोल्पा जनरल अस्पतालमा उपचारको क्रममा श्रेष्ठको मृत्यु भएको उहाँले बताउनुभयो ।
घाइते सात जनाको सदरमुकाम चरिकोटका अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

















