२०८२ कार्तिक २१ गते, शुक्रबार ०८:२७

काभा यु–२० च्याम्पियनसिप : चौथो खेलमा नेपाल किर्गिस्तानको सामना गर्दै




काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपको आफ्नो चौथो खेलमा बिहीबार नेपालले किर्गिस्तानको सामना गर्दैछ ।

खेल श्रीलङ्काको कोलम्बोमा नेपाली समयअनुसार अहिले ६ः४५ बाट सुरु भएको छ । तीन खेलामा ६ अङ्क जोडेको नेपाल तेस्रो जितको लक्ष्यमा छ । यसअघि श्रीलङ्का र माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा पराजित गरेको नेपालले उज्बेकिस्तानसँग ३–१ सेटको हार बेहोरेको थियो ।

यता तीन खेलमा तीन अङ्क जोडेको किर्गिस्तान लगातार दोस्रो जितको खोजीमा छ । यसअघि उज्वेकिस्तान र तुर्केमेनिस्तासँग समान ३–० को पराजय बेहोरेको किर्गिस्तानले श्रीलंकाविरुद्ध ३–२ सेटको रोमाञ्चक जित निकालेको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM