२०८२ माघ २९ गते, बिहीबार २१:३५

प्रवासमा बसेका बा–आमा : मन गाउँघरमै छ

२२ असोज, बार्सिलोना । पाख्रिबास नगरपालिका–६, फलाँटे, धनकुटा थातथलो भएका ६५ वर्षीय हरिप्रसाद वस्ती अहिले बेलायतको लिभरपुलमा छन् ।

विराटनगर महानगरपालिका–४, मोरङमा बस्दै आएका उनलाई आफ्नो जन्मथलो पाख्रिबासको यादले सताइरहेको छ । वर्षौं विछोडिएका आफन्तसँग भेटघाट हुने पर्व दशैंमा उनले जन्मथलोलाई विशेष सम्झिरहेका छन् ।

१५ वर्षदेखि हरिप्रसादका छोरी–ज्वाइँको बसाइ बेलायतमा रहेको छ । नेपाल सरकारको कर्मचारी, जागिर खाउञ्जेल उनलाई बेलायत घुम्ने अनुकूलता मिलेन । असारको तेस्रो हप्ता हरिप्रसाद श्रीमती सहित बेलायत आएका हुन् ।

लामो समयपछि छोरी–ज्वाइँ, नातिनातिनासँग माया साट्न पाएका उनी खुशी पनि छन् । अर्कोतर्फ जन्मिएर थाहा पाएदेखि नेपालमै मनाइरहेको दशैंको उनलाई याद नआउने कुरै भएन ।

‘छोरी–ज्वाइँ परिवारलाई टीका नलगाएको १५ वर्ष भएछ । दशैंको मुखमा नेपाल फर्कने कुरा पनि भएन ।’ हरिप्रसाद भन्छन्, ‘उता नेपालमा ९० वर्षकी माताजी हुनुहुन्छ । म माताकै साथमा बसेको छु । यत्रो वर्ष आमाको हातबाट लगाउँदै आएको टीका यो वर्ष निधार खाली हुने भन्ने चिन्ता पनि छ ।’ अहिले पनि उनको दिनमा चार–पाँच पटक सम्पर्क हुन्छ, आमासित ।

‘आशीर्वाद त दिनहुँ पाएकै छु’, हरिप्रसादले नेपाल सम्झँदै भने, ‘जमरा राखेर नवरात्रमा चण्डी पाठ गरिन्थ्यो, अब यो वर्ष जमरा मात्र हुन्छ तर घरमा चण्डी पाठ नहुने भयो । टीकाको दिन ३ जना हामी दाजुभाइका परिवार आमासँग एकैठाउँमा भेला भएर टीका लगाउँथ्यौं । यो वर्ष हामी कान्छी बुहारी र कान्छो छोरो नहुने भयौं ।’

अमेरिकाको डालासमा रहेका पोखराका तुलसीराम बरालले दशैंको बेला पोखरा छोरेपाटन नजिकैको थातथलो पुम्दीभुम्दीलाई पनि सम्झन्छन् । ‘आफू जन्मेको ठाउँ । कान्छा बा, माइला बाका घरहरू सँगै जोडिएको हाम्रो एउटै आँगन । पुराना दिनहरूलाई मैले यहाँबाट सम्झिरहेको छु ।’

आफैंले फलाएर कुटाएका चामल पनि उनले दशैंमा सम्झिएका छन् । आफ्नै ‘ठूलाघरे कृषि फार्ममा’ जन्मेर हुर्काएका खसीको स्याक्को ट्याम्कोको याद पनि अहिले आइरहेको छ । ‘पहाडका हामी ठूलाघरे, ९० वर्षकी आमा भएको घर, आशीर्वाद लिन आउनेहरूको त्यो रमाइलो घुइँचोमा हामी यो पटक नहुने भयौं’, उनले थपे ।

समुदायका सबै घरपरिवारले आ–आफ्नो घर वरिपरिको झार उखेलेर गर्ने सरसफाइ, नालाहरूको सरसफाइ, घरमा विशेष रङरोगन गर्ने दृश्य पनि हरिप्रसादको आँखा वरपर घुमिरहेको छ । हाटबजारमा केटाकेटीहरू सहितको लुगा किन्नेहरूको घुइँचो, रोटेपीङ र लिङ्गेपीङको दृश्यसँगै सुरु हुने दशैंको झल्को उनले यो पटक दूर देशमा देख्न पाएनन् ।

उनले अनलाइनखबरलाई भने, ‘प्रवासमा बस्ने नेपालीहरूलाई त दशैं तथा तिहार जस्ता पर्व आउँदा झनै खातिर लाग्नु स्वाभाविक नै हो भन्ने मैले अहिले महसुस गरें ।’

****

पोखरा महानगरपालिका–१७ कास्कीका ७५ वर्षीय तुलसीराम बराल यतिबेला अमेरिकाको डालसमा छन् । तर उनको तनमन भने नेपालतिर नै छ । दशैं नजिकिंदै गर्दा उनलाई गाउँघरको यादले सताइरहेको छ ।

उनले दशैंको बेला पोखरा छोरेपाटन नजिकैको थातथलो पुम्दीभुम्दीलाई पनि सम्झन्छन् । ‘आफू जन्मेको ठाउँ । कान्छा बा, माइला बाका घरहरू सँगै जोडिएको हाम्रो एउटै आँगन । पुराना दिनहरूलाई मैले यहाँबाट सम्झिरहेको छु ।’

ज्येष्ठताको हिसाबले आफूसँग थुप्रै टीका लगाउन आउने गरेको उनी सम्झन्छन् । ‘नेपालमा त हुलका हुल टीका लगाउन आउँथे । उमेर पुगेकाले दाइ, बा भन्दै हाम्रै घरमा आउँथे । यहाँ मुश्किलले ८–१० जनालाई टीका लगाउन पाइएला’, तुलसीरामले बताए ।

बराल दम्पती असार दोस्रो साता अमेरिका आइपुगेका हुन् । यो उनको अमेरिका आई तेस्रो पटक हो । डाइभर्सिटी भिसा (डीभी) मार्फत कान्छो छोरा–बुहारी अमेरिका बस्न थालेपछि बराल दम्पती पटक–पटक आइरहेका छन् । २०७५ को दशैं पनि उनले अमेरिकामा नै मनाएका थिए ।

अमेरिकामा भएका छोरा–बुहारी र नाति–नातिनालाई टीका लगाउन पाउँदा उनी एकातर्फ खुशी पनि छन् । अर्कोतर्फ नेपालमा रहेका दुई छोरा र नाति–नातिनाहरूलाई दशैंमा टीका र आशीर्वाद दिन नपाउँदा दुःखी पनि छन् । दशैंको बेला सबै परिवार एकै ठाउँमा भएको भए कत्ति रमाइलो हुन्थ्यो भन्ने लागेको छ, तुलसीरामलाई ।

‘तपाईंहरू जस्ता युवाहरू बाहिर हुनुहुन्छ । यो बाध्यता पनि होला । छोराछोरीहरू कोही नेपालतिर छन्, कोही विदेशतिर । चाडबाडको बेला परिवार एकै ठाउँमा नहुँदा हामी बा–आमालाई कस्तो हुँदो हो ? उनले उल्टै प्रश्न गरे ।

छोरी–ज्वाइँलाई भेट्न यसअघि ३–४ पटक हङकङ समेत पुगिसकेका बरालले विदेश सुनसान लाग्ने गरेको सुनाए । ‘पहिला दुई पटकसम्म अमेरिका आयौं । दुई महिना टिक्न पनि गाह्रो भयो । न्यास्रो लागेर नेपाल नै फर्कियौं । छोरा–बुहारी कामको काम । बरु अहिले त नातिनातिना पनि भए त्यसैले अलि लामो समय बसेका हौं’, तुलसीरामले भने ।

‘नेपालमा दशैं आएपछि घुइँचो देखिन्थ्यो । रोटेपीङ र लिङ्गेपीङ देखिन्थ्यो । गाउँघरतिर सबै फर्कन्थे । दामलीहरूसँग चिया पिउँदै गफ गर्न पाइन्थ्यो । त्यो सबै विदेशमा कहाँ पाइन्थ्यो र ?’ उनले दुःखेसो पोखे । उनलाई गाउँघर डुल्न र गफगाफ गर्न असाध्यै मन पर्छ । अझ दशैंका बेला थुप्रै मान्छेहरू भेटिने हँुदा यो पर्व विशेष लाग्छ तुलसीरामलाई ।

‘यहाँ त बाटोमा कोही पनि नभेटिने । गाडीमा चढेर ५–१० मिनेटमै पुग्दा त टाढा जस्तो पनि नलाग्ने । तर नेपालमा जस्तै बाटोमा गफ गर्दै हिंड्न नमिल्ने ।’ उनले भने, ‘मलाई त अमेरिका असाध्यै सुनसान र निछम्म लाग्यो । वनमा नै बसे जस्तो हुन्छ ।’

विदेशमा नेपालीबीच खासै सामाजिक भावना नभएको गुनासो पनि छ तुलसीरामलाई । नेपालमा जस्तो आत्मीय भाव र सहयोगीपन विदेशमा नरहेको उनको बुझाइ छ । उमेर ढल्किंदै गएकाले अब विदेश यात्रा कम हुने पनि तुलसीरामले बताए ।

****

षडानन्द नगरपालिका, दिङ्ला भोजपुर थातथलो भएका ६८ वर्षीय प्रकाशराज अधिकारी हाल अमेरिकाको डालसमा बस्छन् । काठमाडौं महानगरपालिका–१० बानेश्वरमा पनि उनको आफ्नै घर छ । तर उनी परिवारसँगै अमेरिकामा बस्न लागेको झण्डै ९ वर्ष पुग्न लागिसक्यो ।

दशैंको टीकाको दिन छुट्टी नबसी काम गर्दाको अनुभव छ उनीसँग । ‘टीकाको दिनमा काम गर्दा धेरै कुरा छुटेको, धेरै कुरा हराएको जस्तो अनुभव हुँदोरहेछ’ उनले भने, ‘यति रमाइलो पर्वलाई विदेशमा बसेर सम्झना मात्र गर्नु एक प्रकारको बाध्यात्मक अवस्था पनि हो । मेरो मन र मस्तिष्क बीचको द्वन्द्व चलिरहन्छ । मनले नेपाल चाहिराखेको छ । तर मस्तिष्कले यहाँ चाहिराखेको छ ।’

उनकी ठूली छोरी एलिना अधिकारीको वीरगञ्ज स्थायी ठेगाना भएका अमेरिका निवासी सुमित भट्टराईसँग विवाह भयो । ‘छोरीले ग्रीन कार्ड फाइल गरेर एप्रुभ भएपछि हामी दुई बुढाबुढी अमेरिका आएका हौं । तर यति लामो यतै बस्छौं भन्ने लागेको थिएन’, उनले भने ।

परिवारका दुई वटै छोरीहरू अमेरिका भएकाले उनीहरूप्रतिको माया र लगावले पनि अमेरिका बस्न बाध्य भएको उनले सुनाए । सन् २०१५ अक्टोबर १२ मा उनी अमेरिकाको बोस्टनमा पुगेका थिए ।

आफूलाई खुशी बनाउने चिजहरू नेपालमा भए पनि शारीरिक आवश्यकताले गर्दा अमेरिकामा बस्न बाध्य भएको उनले बताए । ‘म ६८ वर्षको भएँ । प्रेसर, डायबेटिज र प्याङ्क्रियाज सम्बन्धी रोगले ग्रसित छु । रोगलाई निराकरणका लागि यहाँको स्वास्थ्य सुविधा मेरा लागि अनुकूल छ । मन भएर पनि नेपाल फर्कन सकेको छैन ।’

उनी भन्छन्, ‘दशैं भेटघाट र जमघटको पर्व भएकाले पनि नेपालको सम्झना अतुलनीय छ ।’ नेपालमा मनाएको दशैंको उल्लासमय वातावरण उनले यहाँ कहिल्यै पाएनन् ।

‘नेपालमा ठूलो समुदायमा दशैं मनाइन्थ्यो । आदर गर्नुपर्ने मान्छेहरूबाट आशिष प्राप्त गर्दाको मज्जा बेग्लै हुन्थ्यो ।’ नेपाल सम्झँदै प्रकाश राजले भने, ‘हामीसँग टीका थाप्ने र आशीर्वाद लिन आउनेको संख्या पनि ठूलो हुन्थ्यो । यो दुवैको मिश्रणबाट चाड मनाउन पाउँथ्यौं । एक प्रकारको पारिवारिक सम्बन्ध र प्रेमले दशैंप्रतिको व्यापकता अझ बढेर जान्थ्यो ।’

विदेशमा पनि सानो समूहमा दशैं मनाउँदै आएको उनले सुनाए । ‘म प्रत्येक वर्ष बोस्टन बस्दा ठूलो बुबासँग टीका ग्रहण गर्न जान्थें । विदेशमा भए पनि दुई छोरीहरूलाई आफ्नो हातको टीका लगाउन छुटाएका छैनौं । तर नेपालमा बसेर दशैं मनाए जस्तो अनुभूति भएको छैन ।’

जन्मथलो दिङ्लामा मनाएको बाल्यावस्थाको दशैंको अनुभूति जीवनको उत्तरार्धसम्म पनि नमेटिने अनुभव उनले सुनाए ।

उनी सरकारी सेवाबाट निवृत्त भइसकेपछि अमेरिका आएका हुन् । उनीसँग स्थानीय विकास मन्त्रालयमा प्रशासकीय अधिकृतको रूपमा काम गरेको अनुभव छ । विभिन्न प्रोजेक्टहरूमा जनरल म्यानेजरको रूपमा पनि काम गरेको उनले अनलाइनखबरलाई सुनाए ।

****

जलजला गाउँपालिका वडा नम्बर ६ सालिजा, पर्वत थातथलो भएका ६७ वर्षीय मुरारी चपाई यतिबेला डेनमार्क कोपनहेगन छन् । मुरारीको मानसपटलमा १८ वर्ष पहिले मनाएका दशैंका पलहरू अहिले ताजा बनेर आइरहेका छन् । जेठा छोरा मुक्तिराम चपाईले बोलाएर कोपनहेगनमा आएका उनलाई युरोप नौलो पटक्कै होइन ।

झन्डै तीन दशक पहिले २०५२ को जेठमा रोजगारीको खोजीमा मुरारी एक्लै जर्मनी छिरेका थिए । त्यतिबेला जर्मनीमा साढे ४ वर्ष, पोर्चुगलमा ४ वर्ष र बेल्जियम ३ वर्ष बसेका उनले झण्डै १२ वर्ष युरोपमै बिताए । अन्ततः २०६३ मा युरोपको बसाइ टुंग्याएर मुरारी सदाका लागि नेपाल फर्किएका थिए ।

७७ वर्षीय फुलकुमारी क्षेत्री २०७९ साउनदेखि छोरीज्वाइँसँगै क्यानाडामा बस्दै आएकी छिन् । उनले दुईवटा दशैं टोरोन्टोमै मनाइन् । विदेशी भूमिमा फुलकुमारीको यो तेस्रो दशैं हो ।

‘अहिले छोराले बोलाएर भेट्न आउँदा युरोप घर जस्तै लाग्यो ।’ मुरारी विगतलाई सम्झँदै भन्छन्, ‘पहिले धेरै दुःख पाएँ । न त कागज नै थियो । लुकेर काम गर्नुपर्थ्यो । खान–बस्न नै तनाव थियो । धेरै दुःख झेलेको छु यो युरोपमा ।’ दशैंमा गाउँघरको याद कति आउँछ भन्ने उनले नजिकबाट बुझेको बताउँछन् ।

पर्वत सालिजाबाट बसाइँसराइ गरेका मुरारीको हालको बसाइ भरतपुर महानगरपालिका वडा नम्बर १० हाकिमचोक चितवन हो । ‘दशैं गाउँघरमा नै रमाइलो हुन्छ । चितवन बस्दा पनि पर्वतको याद आउँथ्यो । अहिले त डेनमार्कमा छौं । चितवन र पर्वत दुवै ठाउँको याद आइरहेको छ’, उनले थपे ।

६५ वर्षीय भीमकुमारी चपाई पनि श्रीमान् मुरारी सँगै तीन महिनादेखि डेनमार्कमै छिन् । गत वर्ष कान्छो छोराको परिवारसँग उनले अमेरिकामा दशैं मनाएकी हुन् । यो पटक ठूलो छोरा र परिवारसँग कोपनहेगनमा दशैं मनाउने उनी बताउँछिन् ।

‘बिहान–बेलुकी छोराछोरीको मुख देखिन्छ त्यो क्षण अति नै खुशी लाग्छ । तर दशैंमा गाउँ–घर–छिमेकको अति याद आउँदो रहेछ ।’

भीमकुमारी भन्छिन्, ‘टाढा टाढा भएका आफन्तसँग दशैंमा भेट हुन्थ्यो । भान्जा भान्जी चेलीबेटीहरू हाम्रो घरमा आउनुहुन्थ्यो, रमाइलो हुन्थ्यो ।’ विदेशमा भने दशैं जस्तो चाडमा पनि आफ्नो परिवार बाहेक अन्यलाई खासै मतलब नहुने उनको अनुभव छ ।

भीमकुमारीकी ठूली छोरी जापानमा छन् भने कान्छी छोरी भरतपुरमा नै । तीन दशक पहिले श्रीमान् विदेश थिए, अहिले छोराछोरी ।

‘चाडबाडमा सबै परिवार एकै ठाउँमा नभएको पनि वर्षौं भयो । कहिले को हुँदैन, कहिले को हुँदैन’ उनी भन्छिन्, ‘आफ्ना छोराछोरी विदेश हुँदा चाडपर्व नै नआए हुन्थ्यो भने जस्तो हुन्छ ।’ विदेशको दशैं उनलाई दशैं जस्तै लाग्दैन । आफू विदेशमा भए पनि मन भने गाउँघरमै हुने भीमकुमारी सुनाउँछिन् ।

****

७७ वर्षीय फुलकुमारी क्षेत्री २०७९ साउनदेखि छोरीज्वाइँसँगै क्यानाडामा बस्दै आएकी छिन् । उनले दुईवटा दशैं टोरोन्टोमै मनाइन् । विदेशी भूमिमा फुलकुमारीको यो तेस्रो दशैं हो । वामीटक्सार अर्लाङकोट, गुल्मी थातथलो भएकी फुलकुमारी भन्छिन्, ‘साउनमा नेपाल छोडेको दुई वर्ष पूरा भइसक्यो । दशैं आउँदा नेपालको याद झनै आउँदो रहेछ ।’

गुल्मीबाट बसाइँसराइ गरेर उनको परिवार हाल बर्दघाट नगरपालिका ५, नवलपरासीमा बस्दै आएको छ । ‘आफू जन्मेको ठाउँ । दशैंको पल सम्झँदा पनि धेरै रमाइलो लाग्छ’ उनले थपिन्, ‘नेपालमा टीका लगाउने भीडभाड हुन्थ्यो । टीकाको दिन नभ्याए पूर्णिमासम्म पनि टीका लगाइदिन्छन् । गाउँघरको पीङ । मधेशमा त धेरैजसोको खेती स्याहार्ने बेला हुन्थ्यो ।’

छोरी र ज्वाइँलाई मात्रै होइन उनका साथीहरू पनि क्यानाडामा आफ्नो हातको टीका थाप्न आउने गरेको फुलकुमारी सुनाउँछिन् । ‘यहाँ पनि खुशी र रमाइलो त लाग्छ । अझै नेपालमा केटाकेटीहरूलाई दशैंमा धेरै महत्व छ । त्यो यता कम पाएँ, उनले सुनाइन् ।

‘विदेशमा जन्मिएर यतै हुर्किएका बच्चाहरू चाडबाडमा नेपाल फर्किएका हुँदैनन् । बालबच्चा यहीं जन्मिए । उनीहरूलाई त्यति महत्व रहेनछ । उनीहरूलाई दशैंबारे बुझाउन जरूरी छ’ फुलकुमारी भन्छिन्, ‘हामीले बाल्यावस्थामा मनाएको दशैंको सम्झना अझै पनि सम्झनामा छ । त्यसैले पनि अहिले आफू जहाँ भए पनि मन सधैं नेपालमै छ ।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM