२०८२ माघ २६ गते, सोमबार ११:३३

अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा




इलाम । पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा आएको छ । मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माई खोला छेउमा चुँडिएको सडक पुनः निर्माणपछि आज मङ्गलबार बेलुका ६ बजेदेखि सञ्चालनमा आएको हो ।

अवरुद्ध राजमार्गको अवरोध हटाएपछि मङ्गलबारदेखि चार पाङ्ग्रे साना र दुई पाङ्ग्रे सवारी साधन सञ्चालनमा ल्याएको जिल्ला प्रहरी प्रमुख (एसपी) प्रभुप्रसाद ढकालले बताउनुभयो । चार पाङ्ग्रे ठूला सवारी साधन र मालवाहक साधन भने बुधबार दिउँसो सडकको अवस्था विचार गरेर मात्र सञ्चालनमा ल्याउने उहाँले बताउनुभयो ।

चार दिनसम्म लागेर सडक डिभिजन कार्यालय इलामले बाटो खुलाएको हो । पहिरोले चुँडाएको सडकमा ग्याबिङ जालीसहितको वाल लगाएर एवं माथिबाट खसेको पहिरो पन्छाएर बाटो खुलाएको हो ।

पहिरोले सडक चुँडिएपछि गत शुक्रबार दिउँसो ४ बजेदेखि मेची राजमार्ग अवरुद्ध भएको थियो । राजमार्ग अवरुद्ध भएपछि झापा, मोरङ र सुनसरीदेखि इलाम, पाँचथर, ताप्लेजुङ आउजाउ गर्ने सयौँ सवारी साधन माई खोला वारी र पारिबिच बाटोमै रोकिएका थिए । माई खोला पारीका सवारी साधनले माई खोलासम्म यात्रु ल्याउने र वारिका सवारी साधनले वारिसम्म यात्रु लैजाने गर्दै आएका थिए । सडक सञ्चालन भएसँगै अहिले सबै गन्तव्यतर्फ लागेका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM