२०८२ माघ २९ गते, बिहीबार २२:३७

बालबच्चालाई सधै तगडा, निरोगी बनाउने के हो ‘च सूत्र’  ?

बालबच्चालाई अस्पताल लैजानु नपरोस्, औषधि खुवाउन नपरोस्, उपचार गराउन नपरोस् । उनीहरु सधै निरोगी होस्, तन्दुरुस्त होस्, तगडा होस्, खुसी र सुखी पनि होस् । हरेक आमाबुवाले गर्ने सदीक्षा हो यो ।

किनभने हामीलाई आफ्नो सन्तान प्यारो लाग्छ । उनीहरुलाई हामी भनेजति माया–ममता दिएर हुर्काउने यत्न गर्छौं । तर, कहिले काहीँ माया पनि उल्टो हुदोरहेछ ।

माया कसरी उल्टो हुन्छ ? म आफ्नो अनुभवबाट यसको रहस्य खोतल्छु ।

मेरो जेठो छोरो मावलीतर्फका पहिलो नाती । पहिलो नातानातीलाई मावलीको अत्याधिक माया हुदोरहेछ । सबैले बोक्नुपर्ने, सबैले खेलाउनुपर्ने, सबैले मीठो–मीठो खुवाउनुपर्ने । कसैले चकलेट दिने, कसैले चिजबल । यस्तो खानेकुरा पाएपछि बच्चा दंग पर्ने नै भयो । खाने पनि खुसी, दिने झनै खुसी ।

तर, छोरो हुर्कदै गएपछि त्यो ‘माया’को नतिजा देखिन थाल्यो । डेढ बर्षको उमेरमै छोरोको दाँत दुख्न थाल्यो । त्यो समस्या यति बढ्दै गयो कि, जरासम्म उपचार गर्दा १ लाख ६० हजार रुपैयाँ खर्च गर्नुपर्‍यो ।

आठ–दश वटा दाँतको आरसिटी र सम्पूर्ण उपचार गर्दा पैसा मात्र खर्च भएन, उत्तिकै समय पनि बर्बाद भयो । तनावको त हिसाब किताब नै छैन । बालक छोरो दाँत दुख्यो भन्दै रुने, हामी उनलाई बोकेर अस्पताल धाउने । यो उपक्रम धेरै समयसम्म चल्यो ।

बालरोग विशेषज्ञ र बाल अस्पताललाई पानी पँधेरो जस्तो बनाउँदा–बनाउँदा हामी हत्तु हैरान भइसकेका थियौं । मैले यसो विचार गरें, ‘आखिर किन छोरोको दाँतले हामीलाई यति धेरै सतायो ?’

खोज्दै, बुझ्दै जाँदा उनले सानैमा धेरै चकलेट, बिस्कुट वा गुलियो खानेकुरा खाएका रहेछन् । पहिलो सन्तान भएकाले हामीले पनि उनलाई जंकफूड, फास्टफुड, कोल्ड ड्रिंक दिएछौं । जबकि यसले दोहोरो घाटा लगाउने रहेछ ।

एकातिर पैसाको सत्यनास त भयो नै अर्कोतिर घरमा रोगले प्रवेश गर्ने । आलमारी एन्टिबायोटिक र अरु औषधिले भरिने ।

म आजित भएपछि एउटा कठोर निर्णय गरें, ‘अबदेखि मेरो घरमा चिनीजन्य खानेकुरा पटक्कै राख्न दिनेछैन । चिनीजन्य मात्र होइन च बाट नाम आउने अधिकांश खानेकुरा हाम्रो घरमा निषेध गरिनेछ ।’

त्यसबेला मेरो कान्छो छोरो जन्मिसकेका थियो । ठूलो छोरोलाई जस्तो सानो छोरोलाई पनि रोग नलागोस् भनेर म निकै सर्तक थिएँ । एन्टिबायोटिक खान नपरोस्, बालरोग विशेषज्ञको नाम र फोन नम्बर कण्ठ गर्नु नपरोस् । मेरो भित्रैदेखिको कामना थियो ।

तर, मेरी सासुआमा त्यसबेला प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो । उहाँले जहिले पनि नातीको लागि घरमा आउँदा चकलेटको पोकापन्तुरो नै ल्याउनुहुन्थ्यो । उहाँलाई भेट्न आउनेहरुले पनि त्यस्तै कोसेली ल्याइदिने ।

अब हरेक आगन्तुकलाई ‘यो ल्याइदिनु, त्यो नल्याइदिनु’ भन्ने कुरा भएन । त्यसरी भन्दा अलि अशोभनिय लाग्ने । त्यसैले मैले के गरें भने गेटमा एउटा सूचना बोर्ड राखिदिएँ । त्यसमा लेखिएको थियो, ‘तपाईं यस घरमा आउँदा कृपय हामीलाई माया गरेर चबाट नाम आउने चिजबल, चिप्स, चोकोफन जस्ता खानेकुरा नल्याउनु होला । यदि ल्याउनु नै हुन्छ भने ताजा मौसमी फलफूल ल्याउनुहोला ।’ त्यस सूचनासँगै नमस्कार भावमा हात जोडेर उभिएका दुई छोराको फोटो पनि राखें ।

यसको नतिजा के भयो भने, हाम्रो घरमा जतिपनि आगन्तुक आउथे उनीहरुले चिजबल, चाउचाउ, चकलेट जस्ता खानेकुरा ल्याउनै छाडे । सासुआमाले झोलामा ल्याउनु भएको थियो होला सायद, झोलामै घर फर्काउनुभयो ।

मेरी एकजना दिदी हुनुहुन्थ्यो, शुसिला । उहाँले पनि मेरो घरमा आउँदा झोलाभरी त्यस्ता खानेकुरा ल्याउनुभएको रहेछ । त्यो झोलामै बोकर फर्कनुभएछ । मलाई उहाँले फोन गर्नुभयो, ‘तैंले किन गेटमा नै टाँसेको ? मैले बाबुहरुको लागि खानेकुरा ल्याइदिएको थिएँ, घरमै फर्काएँ ।’

एकदिन मेरी भान्जी पर्नेले कोक, ड्युहरु बोकेर आएको रहेछ । मैले उनकै अघिल्तिर त्यो पोखाइदिएँ र भने, ‘यस्तो कुरा तिमी पनि नखानु, हामी पनि नखाने । यसले धेरै दुःख दिन्छ है ।’

झट्ट सुन्दा र बुझ्दा मेरो व्यवहार रुखो जस्तो लाग्न सक्थ्यो । मेरो व्यवहार अलि टर्रो लाग्न सक्थ्यो । तर, यति नगरेसम्म परिवर्तन हुँदैन भन्ने मैले बुझिसकेको थिएँ । किनभने हाम्रो समाज सजिलै गल्ने खालको छैन । गल्तीबाट पाठ सिक्ने र त्यसलाई सुधार गर्ने प्रवृत्ति पनि छैन ।

त्यसैले उक्त समयमा म अलि कठोर र रुखो भएँ । यसकारण भएँ कि, अस्पताल र औषधिसँग नाता गाँस्नु नपरोस् ।

यसरी सुरु भयो ‘च’ सूत्र

चना, चिउरा जस्ता केही खानेकुरालाई अपवादको रुपमा छाडेर हेर्दा के पाएँ भने ‘च’ बाट नाम सुरु हुने अधिकांश खानेकुरा विषालु रहेछन् ।

यसलाई मैले सूचिकरण नै गरें–चाउचाउ, चिजबल, चिप्स, चोखोपन, चकलेट, चिसो (कोल्ड ड्रिंक) ।

यी च जन्य खानेकुरा चटक्कै छाड्नुपर्ने रहेछ । यदि त्यसो गरिएन भने बालबच्चा चकचके, चुलबुले, चन्चले हुने रहेछ । रोगी र कमजोर हुने रहेछ । उनीहरुले दुःख खेप्नुपर्ने रहेछ । आमाबुवाले सास्ती खेप्नुपर्ने रहेछ ।

यो कुरा मैले मात्र थाहा पाएर हुँदैन, मेरो परिवारलाई थाहा हुनुपर्छ । मेरो परिवारमात्र होइन, मेरो छर–छिमेक, इष्टमित्र, समाज सबैलाई थाहा हुनुपर्छ । यही तथ्य बोध गरेर मैले ठाउँ ठाउँमा स्वास्थ्य शिविर गर्दा ‘च सूत्र’ बताउन थालें ।

यसका लागि मैले एउटा प्रेजेन्टेशन नै तयार गरेको थिएँ । त्यसमा कुन कुन च जन्य खानेकुरा खाँदा के कस्ता रोग लाग्छ भन्ने स्पष्टसाथ देखाइदिएँ ।

हाम्रो आफ्नै विद्यालय पनि छ । हामीले आफ्नो विद्यालयमा च जन्य खानेकुरा पूर्णत निषेध गरिदियौं । म जहाँ जहाँ पुग्छु, बालबच्चालाई च सूत्रबारे भन्छु । उनीहरुको आमाबुवालाई च सूत्रबारे भन्छु ।

अहिले के देखिन्छ भने बच्चा आमाको दूध छुट्न पाएको हुँदैन, उनको मुखमा चिजबल कोचिदिने । अनि चिजबलको स्वाद मीठो लाग्न थालेपछि बच्चाले न दूध खान्छ, न लिटो–पीठो । उनीहरु चिजबल, चिप्सको स्वादमा रमाउन थाल्छ । यसले उनीहरुलाई पोषण त पुग्दैन नै अरु थुप्रै रोग पनि लाग्न थाल्छ ।

त्यसैले यदि च सूत्र लागु नै गर्ने हो भने आफ्नो बच्चालाई जन्मिएदेखि नै यस्ता खानेकुराबाट अलग राखौं । उनीहरुलाई ताजा, पोषिलो र प्राकृतिक खानामा बानी पारांैं । त्यसो गरियो भने उनीहरुलाई च वाला खानाप्रति कुनै मोह नै हुँदैन ।

चल्ला खाँदै नखानु

त्यससँगै अर्को च हो, चल्ला । चल्लाको मासु पनि खाँदै नखानु । चल्ला अर्थात बोइलर । अण्डाबाट बाहिर निस्किएको ४५ दिनमा हामी त्यसलाई खान योग्य ठानेर खान्छौं । हेर्दा त्यो ठूलो त भइसकेको हुन्छ तर विचरा त्यो चल्ला नै हो । एउटा कुखुराको चल्ला प्राकृतिक वा स्वभाविक रुपमा हुर्कन परेमा कति दिन लाग्छ ? ४५ दिनमा त्यो दुई–तीन केजीको कसरी हुन्छ ?

कसरी भने, त्यसलाई भोक लाग्ने औषधि खुवाइन्छ ।

एउटा रमाइलो कुरा सुनाउँछु । एउटा अनुसन्धानले के देखायो भने नेपालमा भोक लाग्ने औषधि अत्याधिक विक्री हुँदो रहेछ । नेपाल जस्तो देश, जहाँ मान्छेहरुलाई मनग्ये खान पुगेको छैन । कति त भोकमरीमा छन् । यस्तो देशमा भोक लाग्ने औषधि अत्याधिक विक्री हुनु आफैमा हाँसउठ्दो र गंभिर कुरा हो ।

खासमा कुरा के रहेछ भने भोक लाग्ने औषधि बोइलर कुखुरालाई खुवाइन्छ । भोक लागेपछि टन्न खाने भयो । टन्न खाएपछि चल्ला नै माउ हुनेभयो ।

ग्रोथ हर्मोन र एन्टिबायोटिक अत्याधिक प्रयोग गरिन्छ, बोइलर कुखुरामा । त्यसको मासु खाँदा हामीलाई त्यसैको असर पर्न थाल्छ । अन्ततः पछि कुनैदिन बिरामी भएर अस्पताल पुगियो भने एन्टिबायोटिकले हाम्रो शरीरमा काम नै गर्दैन । सोच्नुहोस् त, एन्टिबायोटिकले नै काम गरेन भने के होला ?

विषादी, हर्मोन र रसायन मात्र भएको खानेकुरा छ हामीकहाँ । त्यस्तो खानेकुरा खाएकाले त हो, नेपालमा अस्पताल भरिभराउ छ । औषधि र उपचारको बजार उत्कर्षमा छ ।

चिल्लोले रोगी बनाउँछ

चिल्लो अर्थात फ्याट शरीरलाई जरुरी पोषक तत्वमध्येको एक हो । यसका प्राकृतिक स्रोतहरु छन् । शुद्ध तोरीको तेल, बदाम, सिलाम जस्ता हामीकहाँ पाइने थुप्रै कुरा राम्रो फ्याटका समृद्ध स्रोत हुन् ।

तर, अधिकांश नेपालीले खराब चिल्लो खान्छन् । यो कुरा तपाईंले मुटुरोग विशेषज्ञकहाँ जानुभयो भने अझ प्रष्टसँग थाहा पाउनुहुन्छ । उच्च रक्तचाप, कोलेस्टेरोलदेखि मुटुरोगसम्म रोगको जड खराब चिल्लो हो ।

किनभने हामी बजारको तेल खान्छौं । बजारमा उपलब्ध अधिकांश तेलको शुद्धता र गुणस्तरमाथि शंका गर्नुपर्ने हुन्छ । किनभने धेरैजसो नेपालीलाई तेलकै कारण रोग लागेको पाइन्छ ।

लेखक नयाँ बानेश्वरस्थित होलिस्टिक हर्ब्स एन्ड हस्पिटलका सञ्चालक हुन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM