२०८२ माघ २६ गते, सोमबार ११:४८

दुर्गा प्रसाईंका ८ समर्थकलाई कर्तव्य ज्यान मुद्दा

झापामा दुर्गा प्रसाईंका कार्यकर्ताले जलाएको ट्रक । प्रहरीका अनुसार उनीहरुले चालक भित्रै भएको बेला पेट्रोल बम हानेर आगजनी गरेका थिए ।


२२ असोज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा झापामा ट्रकमा आगजनी गरेका उनका आठ जना समर्थकलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा समेत कारबाही अघि बढाएको छ ।

आगजनी भएको एक ट्रक चालकको मृत्यु भएपछि प्रहरीले प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, सँस्कृति, नागरिक बचाउ महाअभियान’का ८ जनालाई कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको हो ।

प्रहरीका अनुसार झापाको हल्दीबारी–१ का ४० वर्षीय भीम तुम्बापो लिम्बु, हल्दिबारी–१, का २४ वर्षीय विवश लिम्बु, हल्दिबारी १ कै ५१ वर्षीय विरबहादुर गुरुङ, विर्तामोड ७ का ३३ वर्षीय सुरेश चौधरी, विर्तामोड ३ का ३५ वर्षीय उदय लिम्बु, बुद्धशान्ति गाउँपालिका ४ का बलिहाङ माबो लिम्बु, मेचीनगर नगरपालिका–६ का ३४ वर्षीय राजेश महत र अर्जुनधारा नगरपालिका– ९ का ३८ वर्षीय रुद्र भुजेललाई कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको छ ।

यही असोज ६ गते राति साढे १० बजे झापाको कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा युपी ५७ एटी ४४९३ नम्बरको भारतीय ट्रक र असोज ७ गते बिहान साढे २ बजेतिर बिर्तामोड नगरपालिका ६ गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा डब्ल्यूबी ७३ ई ३०५६ नम्बरको भारतीय मालवाहक ट्रकमा प्रसाईंका समर्थकले आगजनी गरेका थिए ।

गिरीबन्धु टी इस्टेट नजिक आगजनी गरिएको ट्रक चालक पोदो रायको भारतमा उपचारको क्रममा यही असोज १९ गते मृत्यु भएको छ । उनको उपचार भारतस्थित नर्थ बंगाल मेडिकल कलेज एण्ड हस्पिटलमा भइरहेको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM