२०८२ माघ २६ गते, सोमबार १९:४६

‘स्रोत प्राप्ति र परिचालनका लागि संयुक्त पहल गर्ने’




काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोग र मानवअधिकारसम्बन्धी अन्य संवैधानिक आयोगबिच स्रोत प्राप्ति र परिचालनका लागि संयुक्त पहल गर्ने निर्णय भएको छ ।

मानवअधिकार आयोग र अन्य आयोगबिच समन्वय र सहकार्यको सम्बन्धमा नीतिगत कार्य गर्ने उच्चस्तरीय समन्वय समितिको बैठक राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष एवं समितिका संयोजक तपबहादुर मगरको संयोजकत्वमा बसेर उक्त निर्णय गरेको हो ।

“बैठकमा स्रोत प्राप्ति र परिचालनका लागि संयुक्त पहल गर्ने, नीतिगत निर्णयका विषयमा साझा धारणा निर्माण गर्ने, आयोगको सिफारिस कार्यान्वयनका लागि सामूहिक पहल गर्ने विषयमा निर्णय भएको छ,” आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “आयोगको संरचनात्मक सुधारका लागि अध्ययन गर्ने, कानुनी संशोधनका विषयमा साझा धारणा निर्माण गर्ने, सबै संवैधानिक आयोगको सम्पर्क मन्त्रालय एउटै हुने व्यवस्थाका लागि पहल गर्ने निर्णय भएको छ ।”

बैठकमा आयोगले पेश गरेको वार्षिक प्रतिवेदनउपर संसद्मा छलफल हुने व्यवस्थाका लागि पहल गर्ने र आयोगको कर्मचारी दरबन्दीका विषयमा साझा धारणा निर्माण गर्ने निर्णय गरेको बताइएको छ ।

बैठकमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर, थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, मुस्लिम आयोगका अध्यक्ष समिन मियाँ अन्सारी, उपस्थित हुनुहुन्थ्यो । त्यसैगरी, राष्ट्रिय समावेशी आयोगका सदस्य हरिदत्त जोशी, राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटी, मधेशी आयोगका सदस्य जीवछ साह सहभागी हुनुहुन्थ्यो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM