२०८२ माघ २६ गते, सोमबार ११:५५

किसानले अझै पाएनन् दूधको पूरै भुक्तानी, दूध संकलनमा डीडीसी कोटा

२१ असोज, काठमाडौं । यसपालि दशैंमा बेचेको दूधको पैसा पाउने धादिङका हरिहर खनालले आश राखेका थिए । अघिल्लो दशैंदेखि अड्काएर माघमा मात्रै चार महिनाको भुक्तानी पाएका उनले यसपालि दशैंमा जेठदेखिको पैसा पाएका छैनन् ।

‘अहिले दुग्ध विकास संस्थान (डीडीसी) ले कोटा लगाइएको भन्दै हाम्रो दूध लिएको छैन,’ खनालले भने, ‘दैनिक २०–३० लिटर दूध कसरी खपत हुन्छ ? कृषि प्रधान देश भन्ने अनि किसानलाई मार्ने ?’

उनका अनुसार हालका कृषिमन्त्री धादिङकै हुन् । ‘हामीले नै चुनावमा जिताएर पठाएका नेता कृषिमन्त्री छन्, उहाँ कृषिमन्त्री हुनुभन्दा अगाडि किसानका कुरा उठाउनुहुन्थ्यो तर खै अहिले न पैसा आएको छ न दूध उठेको छ,’ खनालले भने ।

चिस्यान केन्द्र धादिङका प्रमुख भुपराज पाण्डेका अनुसार अहिले धादिङका लागि मात्रै दैनिक १५ देखि १७ हजार लिटर दूध उठ्न सकेको छैन ।

‘हामीलाई डीडीसीले दैनिक १ हजार लिटरको कोटा तोकिदिएको छ । त्योभन्दा बढी उठाउन सक्ने गरी गाडी पनि पठाउँदैन,’ पाण्डेले अनलाइनखबरसँग भने ।

उनका अनुसार सरकारी संकलन केन्द्रबाट दूध नउठ्दा किसानमा अहिले भन्दा दशैंपछि धेरै समस्या हुने देखिएको छ ।

‘हजारौं लिटर दूध नउठ्दा पनि अहिले गाउँमा दशैंले गर्दा मान्छे फर्केका छन्, त्यसले आन्तरिक खपत केही बढाएको छ तर यही कोटा रहिरहे दशैंपछि किसानहरूमा धेरै नै समस्या हुने देख्छु,’ पाण्डे भन्छन्, ‘हामीले किसानका सहकारीलाई कोटाबारे जानकारी पनि दिएका छौं ।’

भुक्तानी नहुँदा रोकियो दूध

दुग्ध विकास संस्थान विराटनगर दुग्ध वितरण आयोजनाले दूध संकलन आधा कटौती गरेको छ । बजारको बिक्री र किसानको भुक्तानीमा सन्तुलन राख्न नसकेका कारण डीडीसीले गत साउनयता दूध संकलन आधा कटौती गरेको हो । किसानको भुक्तानी पनि वैशाखयता रोकिएको छ ।

गत असारसम्म विराटनगर दुग्ध वितरण आयोजनाले दैनिक २२ हजार लिटरसम्म दूध संकलन गरेको थियो । साउनदेखि भने दैनिक १०–१२ हजार लिटर मात्रै संकलन गरिरहेको आयोजनाका निमित्त प्रमुख हिराबहादुर थापा मगरले जानकारी दिए । समयमा नै भुक्तानी गर्न नसकेका कारण किसानले पनि दूध दिन छाडेको उनले बताए ।

डीडीसीको दूध संकलनको मुख्य केन्द्र इलाम हो । ‘इलामतिर छुर्पी उद्योग खुलेका छन्, त्यहाँको दूध उद्योगमा बढी खपत हुन्छ,’ उनले भने, ‘डीडीसीबाट किसानको भुक्तानी पनि ढिलो भइरहेको छ ।’

वैशाखदेखिको भुक्तानी बाँकी

डीडीसीले मंसिरबाट किसानको भुक्तानी रोकिएको थियो । केन्द्रबाट १६ करोड ८ लाख रुपैयाँ निकासा भएपछि केही दिनअघि चैत मसान्तसम्मको भुक्तानी गरेको मगरले बताए ।

वैशाखयताको भुक्तानी भने अझै बाँकी छ । उनका अनुसार असारसम्मको मात्रै २६ करोड भुक्तानी बाँकी थियो । केन्द्रबाट चैत मसान्तसम्मका लागि भन्दै १६ करोड ८ लाख रुपैयाँ मात्रै निकासा भएको थियो । निकासा भएको सबै रकम किसानलाई भुक्तानी गरेको उनले बताए ।

उनका अनुसार डीडीसीको विराटनगर दुग्ध वितरण आयोजनाले वैशाखदेखि भदौ मसान्तसम्म १३ करोड ८९ लाख भुक्तानी गर्न बाँकी छ । असोजको भने हिसाब भइसकेको छैन । बाँकी रकम दशैंअघि भुक्तानी गर्ने सम्भावना छैन ।

डीडीसीले किसानबाट खरिद गरेको दूध प्रशोधन गरी बजार पठाउँछ । पाउडर दूधसँगै अन्य दुग्धजन्य पदार्थ पनि उत्पादन गर्छ ।

उनका अनुसार विराटनगर दुग्ध वितरण आयोजनामा मात्रै ८२ हजार १ सय २० किलो पाउडर दूध स्टकमा छ । एक वर्षयता स्टकमा रहेको धुलो दूध डीडीसीले बेचिरहेको छ ।

फाइल तस्वीर

‘स्टक धेरै भएकाले संकलन पनि कम गरेको हो,’ उनले भने, ‘मखन मात्रै १ लाख ९६ हजार किलो स्टकमा छ ।’

धूलो दूधको आयु १८ महिनाको मात्रै हुन्छ । एक वर्षयता स्टकमा रहेको धूलो र किसानबाट संकलन भएको दूध मिसाएर बजार पठाइरहेको छ । स्टक सक्न किसानको दूध कटौती गरेर धूलो दूध बजार पठाइरहेको डीडीसी स्रोतले बताएको छ ।

विराटनगर, इटहरी धरान लगायत बजारमा डीडीसीले दैनिक २ हजार २ सयदेखि २ हजार ५ सय लिटरसम्म दूध बिक्री गर्छ । दैनिक करिब ६ सय लिटर दही बिक्री गर्ने डीडीसीले दैनिक सरदर ६० किलो हाराहारी पनिर बेच्छ । इलाम, झापा, धनकुटा, सप्तरी लगायत जिल्लाबाट डीडीसीले दूध संकलन गर्छ ।

किसानलाई मार पर्ने काम डीडीसीले गर्दैन : महाप्रबन्धक

डीडीसीका महाप्रबन्धक सूर्यप्रसाद पौडेलले दुग्ध उत्पादक सहकारीहरूसँग गरेको सम्झौता अनुसार नै दूध संकलन गरिरहेको बताए ।

‘हामीले किसानलाई मार्ने काम गर्दैनौं तर दुग्ध सहकारीहरूले पहिले १ हजार लिटर दूध सप्लाई गरिरहेको ठाउँमा अहिले एक्कासि ३ हजार लिटर बढाएका छन् । पहिले दूध खपतको समस्या नहुँदा अन्य स्थानमा दुध बेच्नेले पनि अहिले डीडीसीलाई दूध बेच्दा हामीले लिन नसकेको हो,’ पौडेल भन्छन् ।

उनका अनुसार कोटा लगाए पनि बिस्तारै खुकुलो बनाउँदै जाने नीति छ । अहिले कोटा भए पनि किसानले उत्पादन गरेको गुणस्तरीय दूध लिने भन्दै पाउडर बनाउन समस्या नभएको बताए ।

‘हाम्रो पाउडर प्लान्ट पनि निर्माण भइरहेको छ, अहिले पनि पाउडर दूध बनाउन समस्या छैन,’ पौडेलले भने ।

उनका अनुसार अहिले ४ सय टन पाउडर दूध स्टक छ । कतिपय स्थानमा पाउडर दूधको म्याद ग्रुजेको भन्ने आरोपबारे उनले खण्डन गरे ।

‘हाम्रा फुड टेक्नोलोजिस्ट सहितको टिमले स्टोर गर्ने बेलामा नै साइकल निर्माण गरेर राखेको हुन्छ, । पाउडर दूधको १८ महिना म्याद हुन्छ, पहिले उत्पादन भएको पहिले बिक्री गर्ने गरी स्टोर गरेको हुन्छ । त्यस्तो अवस्था आएको छैन,’ उनले भने ।

पौडेलले दशैंको मुखमा किसानलाई बेखर्ची नबाउने भन्दै डीडीसीले सकेको भुक्तानी गरेको बताए ।

‘हामीले अहिले असार, साउनसम्मको भुक्तानी गरिसकेका छौं । केही ठाउँमा भदौको पनि भएको छ । अब केही दिनमा १५ दिनको थप रकम पनि पठाउँछौं । केही ठाउँमा बाहेक धेरै ठाउँमा दूधको पैसामा समस्या छैन । बिस्तारै साइकल मिल्दैछ । लामो समय रोकिएकाले गाह्रो भएको हो, अब मिल्दै जान्छ,’ उनले भने ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM