२०८२ माघ २८ गते, बुधबार ०९:२८

आफ्नो कमाइको ५० प्रतिशत रकम क्रिकेट विकासमा खर्च गर्छु : शक्ति गौचन

१९ असोज, काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वस्पिन अलराउन्डर शक्ति गौचनले नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो पारिश्रमिकको ५० प्रतिशत भन्दा बढी रकम क्रिकेट विकासमा खर्च गर्ने घोषणा गरेका छन् ।

शनिबार लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षकमा नियुक्त भएपछि शक्तिले आफूले पाएको जिम्मेवारी बोनस भएको बताए । ‘मैले क्रिकेटको मार्फत अहिले जतिपनि पाएको छु । त्यसको ५० प्रतिशत भन्दा बढी क्रिकेट डेभलप्मेन्ट मै लगाउने गरेकोछु । त्यसैले मेरो लागि पनि एउटा बोनस छ’, उनले भने ।

उनले एनपीएलमा पाउने पारिश्रमिक भने खुलाउन चाहेनन् । शक्तिले भैरहवामा बुवा खड्क प्रसाद गौचनको नाममा यू-१६ र यू-१९ प्रतियोगिता आयोजना गर्दै आएका छन् । त्यस्तै एक दशक भन्दा बढी समयदेखि आफ्नो घरछेउमै स्टार क्रिकेट एकेडेमी सञ्चालन गर्दै आएका छन् । नेपाली टोलीका दुई स्टार कुशल मल्ल र सुशान भारी शक्तिले नै तयार पारेका खेलाडी हुन् ।

लुम्बिनीले मुख्य प्रशिक्षक विदेशी ल्याउनेछ । त्यसैले शक्तिलाई कन्सल्टेन्ट प्रशिक्षकमा राखेको हो । तर लुम्बिनीले आफ्नो टिम बनाउनुअघि कन्सल्टेन्ट प्रशिक्षकमा राख्ने जनाउँदै शक्तिलाई अन्य टोलीको प्रस्ताव अस्वीकार गर्न भनेको थियो ।

‘आफ्नै जिल्ला र प्रदेशको टोलीमा काम गर्न पाउँनु खुसीको कुरा हुन्छ । एउटा नयाँ यात्रा सुरुवात भएको छ’, उनले भने ।

शक्तिले एभरेष्ट प्रिमियर लिग २०१८ डिसेम्बर १५ मा पोखरा राइनोजबाट चितवन टाइगर्सविरुद्ध खेलेपछि घरेलु क्रिकेटबाट सन्न्यास लिएका थिए । २०२१ मा इपीएलमा उनले पोखरा राइनोजमा बलिङ प्रशिक्षकको रुपमा काम गरिसकेका छन् ।

इपीएल २०२१ र नेपाल टी-२० लिग २०२२/२३ मा भएपनि अक्सन भने भएको थिएन । त्यसैले प्रशिक्षकको रुपमा उनी पहिलो पटक अक्सनमा बस्नेछन् ।

‘कप्तानको रुपमा म अक्सनमा सामेल छु । एउटा प्रशिक्षकको रुपमा जिम्मेवारी बढी हुन्छ । टिम सन्तुलन, कप्तान र मालिकको कुरा पनि सोच्नुपर्छ । एउटा प्रशिक्षकको रुपमा सम्पूर्ण जिम्मेवारी हुन्छ । एनपीएल अरु भन्दा फरक र मेगा अक्सन हुँदा दबाब हुन्छ’, उनले भने ।

शक्ति अक्सनमा स्थानीय खेलाडी भन्दा पनि टिम बलियो बनाउन ध्यान दिने बताउँछन् ।

‘स्थानीय खेलाडीलाई प्राथमिकता दिने आफ्नो ठाउँमा छ । प्राथमिकता भन्दा पनि टिमलाई कुन खेलाडी ल्याउँदा बेनिफिट र बलियो हुन्छ त्यहीँ अनुसार अघि बढ्ने बताएका छन् । तर आफ्नो स्थानीय खेलाडीलाई मात्रै ध्यान दिदा प्रदर्शनमा कमजोर हुन सक्छौं’, उनले भने ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM