२०८२ फाल्गुन १ गते, शुक्रबार ०६:२६

छैठौं दिन पनि राष्ट्रिय मुक्ति क्रान्ति नेपालद्वारा पोखरिया अस्पतालमा धर्ना जारी

पोखरिया, १८ असोज । पर्सा जिल्लाको पोखरिया अस्पतालको स्तरोन्नति र सरकारी सेवा विस्तारको माग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति नेपालले पोखरिया अस्पताल परिसरमा शुक्रवार पनि धर्ना जारी राखेको छ। केन्द्रिय सदस्य निजामुदिन समानीको नेतृत्वमा पार्टीका नेता र कार्यकर्ताहरूले असोज १३ गतेदेखि अनिश्चितकालीन धर्ना शुरू गरेका हुन।
प्रदेश सरकारले पाँच वर्षअघि नै पोखरिया अस्पताललाई प्रादेशिक अस्पताल घोषणा गरे पनि त्यसअनुसारको भौतिक पूर्वाधार र स्वास्थ्य सेवा अझैसम्म उपलब्ध नगराइएको भन्दै धर्ना जारी राखिएको छ। यससँगै, पोखरियामा भूमिसुधार, मालपोत, नापी लगायतका सरकारी कार्यालयहरूको सेवा विस्तार गर्नुपर्ने माग समेत उठाइएको छ। धर्नामा सहभागीहरूले पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारी र जनप्रतिनिधिहरूको अनियमितता रोक्न पनि माग गरेका छन।
धर्नाको छैठौं दिन, शुक्रवार, मध्यान्ह १ बजेदेखि अपरान्ह ३ बजेसम्म कार्यक्रम आयोजना गरिएको थियो। निजामुदिन समानीले मधेस प्रदेश वा संघीय सरकारका मन्त्रीहरूले आफैँ आएर धर्नामा उठाइएका मागहरू सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने बताएका छन। उनका अनुसार स्थानीय सरकार, प्रदेश सरकार, र संघीय सरकारलाई पटक–पटक ध्यानाकर्षण गराए पनि कुनै सुनुवाई नभएकोले बाध्य भएर धर्नामा बस्नु परेको हो।
समानीले पोखरियालाई पर्सा जिल्लाको दोस्रो सदरमुकाम भनिए पनि नगरपालिकाको कार्यालय बाहेक अन्य सरकारी सेवा उपलब्ध नभएको गुनासो गरे। उनले नगरपालिकाले जनतालाई सेवा उपलब्ध गराउनुभन्दा उल्टो विभिन्न करको भार थोपर्दै आएको आरोप पनि लगाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM