२०८२ माघ २४ गते, शनिबार ००:३४

भाँडियो अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन

१६ असोज, काठमाडौं । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन नयाँ नेतृत्व छान्दै नछानी स्थगित गरेको छ ।

निर्वाचन समितिले बुधबार एक सूचना जारी गरी बाढी पहिरोले धनजनको क्षति भएको, दशैं सुरु हुन लागेको र दशैं अघि निर्वाचन सक्न कठिन हुने कारण देखाएर सम्मेलन स्थगित गरेको उल्लेख गरेको छ ।

पञ्चा सिंह नेतृत्वमा रहेको कमिटी विघटन गरेपछि नयाँ कमिटी ल्याउनका लागि वीरबहादुर थापाको संयोजकत्वमा सात सदस्यीय अध्यक्ष मण्डल बनाइएको थियो । अध्यक्षमण्डललाई बुधबार साँझ निर्वाचन आयोगले राष्ट्रिय सम्मेलन स्थगित गर्न उपयुक्त हुने सुझाव सहितको प्रतिवेदन बुझाएको हो ।

उमेर हद लागु गर्ने/नगर्ने विवादमा सम्मेलन तीन दिनदेखि अड्किएको छ । स्थगित राष्ट्रिय सम्मेलन कहिले गर्ने बारे पार्टीसँग संवाद गरेर निर्णय गरिने अध्यक्षमण्डलका एक सदस्यले जानकारी गराए ।

तीन दिनसम्म सम्मेलन केन्द्र अशान्त

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सोमबार विद्यार्थी नेताहरुले भेटेपछि उमेर हदबारे मतदानबाट निर्णय लिने गरी प्रक्रिया अघि बढाउने तयारी थियो । उमेर हदको पक्ष र विपक्षमा मतदान गर्ने र उमेरका लागि २८, ३० र ३२ मध्ये एक रोज्ने गरी मतदान गराउन लागिएको थियो ।

उमेर हदको विपक्षमा एक समूह मुद्दा प्रवेश हुनासाथ देखियो । विघटित कमिटीका उपाध्यक्ष एवं अध्यक्षका आकांक्षी तुकमान महराको समूह सोमबार तोडफोडमा उत्रियो । उमेर हद लगाउनुपर्ने पक्षधरले उनीहरुको काउन्टर गरे । पार्टीबाट खटिएका उपमहासचिव शक्ति बस्नेत र अखिल क्रान्तिकारीका पूर्व अध्यक्षहरुले दुई समूहको विवादलाई मत्थर पारे ।

मतदान प्रक्रियामा जानुअघि विवादित सात जिल्लाको प्रतिनिधि टुंग्याउन लागियो । अखिल क्रान्तिकारीका नेताहरुका अनुसार विवादित जिल्लाको प्रतिनिधि टुंगो लगाएर मंगलबार १२ बजे अघि निर्वाचन समितिलाई प्रतिनिधिहरुको नाम बुझाइएको थियो ।

निर्वाचन समितिले मतदान प्रक्रिया सुरु नगर्दै उमेरहदका विपक्षमा मंगलबार पुनः विरोध गरे । दोस्रो दिन पनि भनाभन, हात हालाहाल र कुर्ची तोडफोड भएपछि मतदान प्रक्रिया सुरु हुन सकेन ।

मंगलबार सहमति जुट्न नसकेपछि उमेर हदको मुद्दालाई टुंग्याउने गरी अध्यक्ष मण्डलले बुधबारका लागि मतदानको कार्यतालिका सार्वजनिक गरेको थियो । तर, बुधबार पनि निर्वाचन प्रक्रिया सुरु हुन सकेको छैन ।

बुधबार बिहान अध्यक्ष प्रचण्डले पदाधिकारी बैठक खुमलटार डाकेका थिए । विद्यार्थीको समस्या विद्यार्थीले नै समाधान निकाल्नुपर्ने भन्दै पदाधिकारीले संगठनलाई नै जिम्मेवारी दिएको थियो ।

बुधबार मतदान हुने आशामा रहेका प्रतिनिधिहरु बिहीबार विहान १० बजेबाट बन्द सत्र सुरु हुने निर्णय सार्वजनिक गरेपछि आक्रोशित बनेका थिए ।

बिहीबारका लागि बन्द सत्र सारिएपछि गण्डकीका प्रतिनिधिले सम्मेलन केन्द्रका कुर्ची तोडफोड गरे । सम्मेलन अनिश्चित बनेपछि प्रतिनिधिहरु निराश भई घर फर्किएको प्रतिनिधि मदन ढकालले जानकारी गराए । ‘काठमाडौंमा घर र आफन्त हुने केही प्रतिनिधि रहन्छन् । धेरै घरतिर लागे,’ ढकालले भने ।

उमेर हदको विपक्षमा मुख्य गरी उपाध्यक्ष तुकमान महरा, केशव रावल लगायतका विद्यार्थी नेता देखिएका छन् । उमेर हद लागु हुँदा अध्यक्षमा दाबी गरेका सबै जना उम्मेदवार हुन नपाउने अवस्था बन्ने छ ।

दुबै पक्षका आ–आफ्ना अडान

उमेर हद लागु हुनुपर्छ र हुनुहुँदैन भन्ने दुबै थरीले आ–आफ्नो तर्क पेश गरेका छन् । संघर्षबाट आएकालाई उनीहरुको योगदानको अवमूल्यन हुने गरी संगठनबाट बाहिर पठाउन नहुने उमेर हद लागु गर्न हुँदैन भन्ने पक्षधरको भनाइ छ ।

उनीहरुले अर्को तर्कमा आन्दोलनबाट आएकाले सडकको मोर्चा सम्हाल्नसक्ने र परिपक्वता हुने दाबी गरेका छन् । ‘अहिले पार्टी प्रतिपक्षमा छ । कुनै बेला सडक संघर्षमा जानुपर्ने हुनसक्छ । यसरी संगठनमा विवाद ल्याएर बनेको सभापतिले भोलि सडकको मोर्चामा कमिटीलाई कसरी परिचालन गर्न सक्छ ?’ एक पूर्व पदाधिकारी भन्छन् ।

एउटा पक्ष परिपक्व व्यक्तिले नेतृत्व लिनुपर्ने तर्क देखाउँदै उमेर हद राख्न नहुनेमा अडान राखिरहेको छ ।

माओवादी केन्द्रको नेतृ धर्मशीला चापागाईं उमेर हद लगाउँदा परिपक्वता नहुने तर्कमा विमति राख्छिन् । विद्यार्थी संगठनको मुख्य दायित्व विद्यार्थीको हक हितका लागि हुनुपर्ने तर्क राख्दै उनले भनिन्,‘विद्यार्थीका हक अधिकारका लागि लड्न पहिले आफू विद्यार्थी हुनुपर्‍यो नि । परिपक्वताका नाममा सधैंभरि विद्यार्थी संगठनमा रहने र धेरै उमेर भएकाले मात्रै आन्दोलनको नेतृत्व गर्छ भन्ने छैन नि ।’

उमेर हद लागु गर्नुपर्ने पक्षधरले विगतमा आन्दोलन सहभागी भएको आधारमा त्यसको व्याज खान अघिल्लो पुस्ता लागेको आरोप लगाएको छ । नयाँलाई हस्तान्तरण र पुस्तान्तरणका लागि उमेर हद लागु अनिवार्य रहेको उनीहरुको तर्क छ ।

अघिल्लो पुस्ता विद्यार्थी संगठनमा टिकिराख्न बल गर्दा नेतृत्व विकासमा जाम लाग्ने उनीहरुको भनाई छ । नेतृ चापागाईं उमेर हद लगाउनै पर्ने विचार राख्छिन् । ‘कति वर्षको उमेर हद लगाउने एउटा पाटो हो । तर, उमेर हद त तोक्नुपर्छ’, उनले भनिन्, ‘विद्यार्थीका मुद्दा उठाउन सक्ने निश्चित उमेर समूहमा हुन्छ नकि ५० औं वर्ष हुँदा पनि त्यसको संगठनमा देखिनु गलत हुन्छ ।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM