२०८२ माघ २४ गते, शनिबार ०१:२५

बाढीले चाल्नाखेलमा ७० परिवारको बंगुर फार्म सोत्तर

१६ असोज, चाल्नाखेल । सुसाउँदै बगिरहेको बागमती निकै धमिलो छ । त्यही बागमती झैं धमिलिएको छ–नरबहादुर मगर (६८) को आशाको क्षितिज पनि ।

असोज १२ गते बिहानको बाढीले ८० वटा बंगुर खोरसहित सोत्तर बनाएपछि उनी निकै निराश छन् ।

नरबहादुर बाढीले भत्काएको बंगुरको खोरसम्म हरेक दिन आउँछन्, आँखा डुलाउँछन्, अनि साँझमा फर्किन्छन् । अब के गर्ने ? कुनै उपाय छैन ।

‘गाउँको जग्गाजमिन सबै बेचेर केही हुन्छ कि भनेर यही सुँगुर र हाँसमा लगानी गरेको थिएँ । केही बाँकी राखेन’, लामो खुइय ताने ।

काठमाडौंको दक्षिणकाली नगरपालिका–१, चल्नाखेलमा नरबहादुरको सुँगुर खोर थियो । यहाँ उनले ४ वर्षअघि १५ लाख रुपैयाँ लगानीमा सुँगुर फार्म खोलेका थिए । त्यसअघि जडिबुटीमा पनि सुँगुर नै पालेका थिए । ‘त्यहाँ टाउन प्लानिङ गर्ने भनेर हटाएपछि चल्नाखेल आएँ’, नरबहादुरले भने ।

८० वटा बंगुरमध्ये ४० वटा यही दशैंका लागि बेच्ने तयारी थियो । बाँकीचाहिँ केही माउ सुँगुर थिए अनि केही पाठापाठी । त्यहीँ ६० वटा हाँस पनि पालेका थिए ।

सबै बागमतीको बाढीमा हेलिए ।

भूकम्पले घर ढाल्यो, बाढीले बाँच्ने आधार

नरबहादुरमाथि परेको बज्रपात यो पहिलोपल्ट भने होइन । ०७२ वैशाखको विनाशकारी भूकम्पले दोलखामा भएको उनको घर भत्काइदिएको थियो ।

भत्किएको घरको आडमा केही समय छाप्रा बनाएर बसेपनि आम्दानी केही थिएन । त्यसैले कमाउने बाटो खोज्दै काठमाडौं पसेका थिए ।

०७६ सालतिर काठमाडौं झरेका नरबहादुरले गाउँले साथीभाइले सुँगुर पालनबाट राम्रो आम्दानी गरिरहेको देखे । अनि, गाउँको जमिन सबै बेचेर त्यसैमा लगानी गरे । तर, त्यही लगानी पनि बागमतीको बाढीसँगै बगेर गएको छ ।

‘हामीजस्तो गरिबलाई जहाँ गए पनि केही नहुने रैछ । न घरमा राम्रोसँग बस्न पाइयो, न यता व्यापार नै गर्न पाइयो’, नरबहादुरले दुःख पोखे, ‘उता गाउँमा भूकम्पले घर भत्काइदियो । यता बाढीले भत्कायो । अब यहाँदेखि कहाँ जाने होला ?’

बसिरहेको टहरो समेत बाढीले बगाएपछि उनले गाउँमाथि एउटा कोठा भाडामा लिएका छन् । बुधबार बाढीग्रस्त चल्नाखेल पुग्दा उनी छोरासँगै बचेखुचेका सामान ओसारिरहेका थिए ।

साउदीको कमाइ स्वाहा

बंगुर फार्म बगर बनेपछि रसुवाका टेकबहादुर तामाङको परिवार पनि ठाउँ छोडेर जाने तर्खरमा छ ।

उनले साउदीमा ८ वर्ष कमाएर ल्याएको कमाइ बुंगुर र हाँस पालनमै खर्चिएका थिए । १२ गते मध्यरातमा आएको बाढीले उनको परिवारलाई तहसनसहस बनाएर गयो ।

‘यस्तो पनि दिन आउला भन्ने कहिल्यै सोचिएको थिएन । ६५ वटा सुँगुर बाढीले बगाइदियो । हामीसँग एउटा कुकुर र केही परेवामात्रै बचे’, तामाङले भने, ‘जीवनभरको कमाइ सबै खोलामा गयो ।’

श्रीमती र छोरासहित त्यहाँ बंगुर र कुखुरापालन व्यवसाय गरेका तामाङ, २० लाखभन्दा बढीको सुँगुर बगेको सुनाउँछन् । ‘पहिलेपहिले खोला केही बढ्थ्यो, तर यतिसारै गरेको थिएन’ उनले भने, ‘राति घरभित्र खोला पस्न थालेपछि ज्यान जोगाउन भागाभाग भयो । मान्छे बच्यौं, अरु केही बाँकी रहेन ।’

चल्नाखेल क्षेत्रमा ७० जनाभन्दा बढी कुखुरा र बंगुर फार्म थिए । मुख्य बजार क्षेत्रमा बंगुरपालन गर्न नपाएपछि उनीहरु चाल्नाखेलमा जम्मा भएका थिए ।

बाढीले फार्म सबै बगाएपछि केही व्यवसायीले भने बचेखुचेका सामान बोकेर बसाइँ सरिसकेको उनीहरुले बताए । ‘अब यहाँ यो बगर हेरेर मात्रै के गर्नु र ? केही विकल्प छैन । अन्त कतै जग्गा पाइयो भने केही काम गर्नुपर्ला’, तामाङले अनलाइनखबरसँग भने, ‘खै त्यो पनि भनेको बेला के नै पो होला र ?’

टेकबहादुर जस्तै दमकका गंगाबहादुर मादेन १२ वर्ष साउदी अरबको चर्को गर्मीमा पाखुरा घोटेपछि ४ वर्षअघि नेपाल फर्किएका थिए । खाडीमा कमाएको केही बचत थियो, नेपालमै केही गर्ने सपना पनि । चल्नाखेलमै बंगुर पालन गर्दै आएका एकजना छिमेकी दिदीले त्यसमा लगानी गर्न सुझाइन् ।

काठमाडौंदेखि नजिकै र बजार माग पनि राम्रो माग रहेकाले उनले करिब ४० लाख लगानीमा ‘गंगा कुखुरा तथा पशु फार्म’ दर्ता गरे । ओसार पसारका लागि गाडी किने, वार्षिक १ लाख २० हजार रुपैयाँ तिर्ने गरी २ रोपनी जग्गा भाडामा लिए ।

गएको वर्ष हुर्किएर बेच्न तयार भएकै अवस्थामा अज्ञात रोगले ११५ वटा बुंगुर सबै मरे । उनले हिम्मत हारेनन् । कृषि विकास बैंकबाट ४० लाख रुपैयाँ ऋण लिएर बुँगुर हाले ।

‘खोरमा ६८ वटा बंगुर थिए । ११ सयवटा हाँस हुर्किसकेका थिए’, मादेनले भने, ‘बेच्न तयार भइसकेका थिए । त्यही बेचेर दसैं मनाउने कत्रो सोच थियो । सबै गयो । अब त खै ऋण पनि कसरी तिर्ने ?’

खाइनखाई बचत गरेको पैसा सबै त्यसैमा लगानी गरिसकेका छन् । दशैंको छेकोमा बंगुर र र हाँस बेचेर कम्तीमा ५० लाख रुपैयाँ जति उठाउने उनको सपना थियो । उनले निराशा पोखे, ‘दशैंको बेला बाढी दशा बनेर आइदियो ।’

मादेनले गाडी खोलाभन्दा पर खाली जग्गामा राखेका थिए । माथिबाट आएको खोल्साले धार बदलेर गाडी आधा पुरिदिएको छ । ‘झन् त्यहाँ सुरक्षित हुन्छ भनेर अलि माथि गाडी राखेको थिएँ । त्यहाँ पनि खोल्साबाट बाढी आएर पुरिदिएछ’, उनले भने ।

यो पनि बगाएको भए हुन्थ्यो !

नख्खुखोला किनारमा बंगुर पाल्दै आएका दोलखाका राम तामाङ फागुनमा मात्रै चल्नाखेलमा फार्म सारेका थिए । फार्मको रेखदेख गर्न उनी नख्खुबाट आउजाउ गर्दै आएका थिए ।

शुक्रबार बंगुर र हाँसलाई दानापानी दिएर कोठा निस्किँदै गर्दा पानी परिरहेको थियो । तर बागमतीले आकार बढाइसकेको थिएन । ‘जानेबेला पनि एकपटक पानी हेरेरै गएको हो, त्यस्तो बिगार गर्ला भन्ने लागेको थिएन’, उनले भने ।

तर, रातिसम्म पनि पानी थामिने संकेत नदेखेपछि तामाङको मनमा डर पस्यो । चल्नाखेल बंगुर फार्म क्षेत्रमा रहेका आफन्तलाई फोन गरेर अवस्था सोधे । उनीहरुले ‘केही भएको छैन’ भन्ने जवाफ दिए । तर राम ढुक्कले सुत्न सकेनन् ।

नख्खुखोलामा आएको बाढीले उनको टहरो जम्मै बगाइदियो । रातारात भागेर ज्यान त जोगाए, घरमा रहेका केही सामान बचेन । नख्खुको बास बाढीले उजाडिदिएपछि शनिबार बिहानै चल्नाखेलको अवस्था बुझ्न खोजे, फार्ममा रहेका आफन्तलाई फोन लाग्न छोडिसकेको थियो ।

उनी आउन खोजेका थिए, तर पानीले चल्नाखेलसम्म आउने अवस्था थिएन । ‘आफ्नै भताभुंग भइसकेको फार्म हेर्न पनि ३ दिनमा बल्लबल्ल आउन सकें’, उनले भने ।

तामाङको ६० वटा बंगुर थिए, त्यसमध्ये ५५ वटा सबै बागमतीमा आएको बाढीले बगाइदिएको छ । ‘कोही बेच्ने तयारी थिएँ, कोही माउ र पाठापाठी पनि थिए, सय वटा हाँस थिए’, उनी निराशा पोखे ‘बरु यो ५ वटा सुंगुर पनि बगाइदिए जाति हुन्थ्यो । यिनीहरुलाई के खुवाउने ? घाँडोमात्रै भए झन् ।’

बस्तीमा फैलिएको छ दुर्गन्ध

चाल्नाखेल क्षेत्रमा कति सुंगर, बुंगर तथा हाँस फार्म थिए भन्ने यकिन विवरण नगरपालिकासँग छैन । वडाध्यक्ष जय थापा मगरका अनुसार यो क्षेत्रको धेरै जग्गाधनी खोकनाका छन् ।

उनीहरुले नै बार्षिक रुपमा भाडामा दिए । एकपछि अर्को गर्दै सुंगर, बुंगर तथा हाँस फार्म खुले । तर दुर्गन्ध फैलिएको भन्दै स्थानीय फार्म दर्ता नगर्न स्थानीय तहलाई दबाब दिए ।

त्यसैले नगरपालिकाले यस्ता फार्महरु न दर्ता गरेको छ, न हटाउन सकेको थियो । मेयर मोहन बस्नेत भन्छन्, ‘कति फार्म थिए भन्ने यकिन विवरण हामीसँग छैन । ३ दिनभित्र नगरपालिकाभित्र कति पशुधनको क्षति भयो यकिन भनेर प्रतिवेदन पेश गर्न भनेका छौं । त्यो प्रतिवेदन आएपछि भन्न सकिएला ।’

स्थानीय व्यवसायीहरु भने यो क्षेत्रमा ७० भन्दा बढी परिवारले सुंगर, बंगुर तथा हाँसपालन गर्ने गरेको बताउँँछन् । उनीहरुका अनुसार फार्म क्षेत्रमा जाने बाटो मर्मतका क्रममा रकम पठाइएको थियो, त्यसक्रममा यो संख्या खुलेको हो ।

शुक्रबारदेखि शनिबारसम्म परेको भारी वर्षासँगै आएको बाढीले अधिकांश फार्म बगाएको छ । चल्नाखेलका बुगुर व्यवसायीका अनुसार बाढीले करिब एक हजार वटा सुँगुर बगाएर लग्यो भने हजारौं हाँस तथा कुखुरा मारिदिएको छ ।

२० करोड रुपैयाँभन्दा बढी क्षति भएको छ ।

दशैंको मुखमा आएको बाढीले व्यवसाय नै चौपट बनाएपछि बस्तीमा सन्नाटा छाएको छ । ‘यहाँ त एउटा समाज भइसकेको थियो । सबै मिलेर २/४ वटा बुंगुर काट्ने, रमाइलो गर्ने सल्लाह थियो’, टेकबहादुर भन्छन्, ‘सल्लाह राम्रोसँग गर्न नपाउँदै बाढीले खाइदियो । अब यस्तो समयमा कसरी दशैं मनाउने ?’

कालीकोटबाट आएर तरकारीसँगै कुखुरा पाल्दै आएकी धनषा बिकलाई त झन् साँझ बिहानको छाक कसरी टार्ने भन्ने चिन्ताले सताएको छ ।

२ जना छोराछोरीसहित त्यहाँ बसेकी उनको १६/१७ हजार रुपैयाँ बराबरको हाँस र तरकारी खेती सबै बग्यो । ‘कोठामा बस्न सक्ने अवस्था छैन, खानेकुरा पनि छैन’, भन्छिन्, ‘खेतीपाती गर्न ऋण लिएको थिएँ, त्यो पनि कसरी तिर्ने अर्को तनाव छ ।’

बाढीले क्षति पुर्‍याएका सुँगुर, कुखुराले बस्तीभरि बस्नै नसक्ने गरी दुर्गन्ध फैलिएको छ ।

माथिल्ला तटीय क्षेत्रबाट ल्याएका वस्तुभाउ पनि त्यहीं रोकिएका छन् । त्यहाँका व्यापारी मिलेर बुधबार पनि मरेका सुंगुर, बगुर र कुखुराहरु खोलामा बगाए ।

तर, कसरी पो सम्भव हुन्थ्यो ? ‘कुहिएर गन्हाएर बसिनसक्नु छ । लठ्ठीले धकेल्दै केही त खोलामै बगादियौं, तर अझै सकिएका छैनन्’, मादेन भन्छन्, ‘व्यापार त चौपट भयो भयो, महामारी फैलिएला भन्ने अर्को डर भो ।’

तर बढीले धेरै बंगुर मरेर दुर्गन्ध फर्लिएको भन्दै वडा नम्बर १ का वडाध्यक्ष जय थापा मगरले व्यवस्थापनका लागि पशु शाखालाई आग्रह गरेका छन् । उनले अनलाइनखबर भने, ‘रोकथाम गर्ने उपाय गरौं भनेर मेयरलाई भनेको छु । भोलि पशु शाखाका कर्मचारी जान्छन् होला । स्प्रे गर्ने भन्ने छ ।’

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM