२०८२ फाल्गुन १ गते, शुक्रबार ०६:५३

जुम र टेलिफोनमार्फत संसदीय सुनुवाइमा छलफल

१५ असोज, काठमाडौं । मंगलबार संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवविरुद्ध परेका उजुरीमाथि छलफल थियो ।

समितिले उजुरीकर्ताहरूलाई छलफलमा बोलाएको थियो । तर, सबै उजुरीकर्ता सिंहदरबारस्थित समितिको सभाकक्षमा उपस्थित हुन सकेनन् । आउन नसक्ने उजुरीकर्तासँग सुनुवाइ समितिले भिडियो र टेलिफोनमार्फत छलफल गर्‍यो ।

हाल अमेरिकामा रहेका नेपाली सेनाका अवकाशप्राप्त सेनानी प्रज्वल बस्नेतले प्रस्तावित प्रधान्यायाधीश राउतविरुद्ध उजुरी दिएका थिए ।

बस्नेतसँग समितिले जुममार्फत भिडियोमा छलफल गर्‍यो । बस्नेतले २०६५ मा सर्वोच्च अदालतले दिएको सैनिक ऐन ६ महिनाभित्र पुनरावलोकन गर्ने आदेश १३ वर्षसम्म कार्यान्वयन नभएको बताए ।

उक्त फैसला कार्यान्वयनको माग गर्दै सर्वोच्च अदालतमा दिएको निवेदन न्यायाधीश राउतको इजलासले खारेज गरेको थियो । त्यसैले उनले राउतविरुद्ध उजुरी दिएका हुन् । उनले भिडियोमा भने, ‘अदालतको आदेश कार्यान्वयन होस् ।’

सर्वोच्चले समयमा सैनिक ऐनको व्याख्या नगरिदिँदा तीन जना गैरकानुनी रूपमा सेवाबाट बर्खास्तीमा परेका र ७ जनालाई सेनाले जेलमा राखेको बस्नेतले बताए ।

‘कानुनविपरीत थुनामा रहेका नेपाली सेनाका सैनिकहरूको मुद्दा सुन्न अदालत सक्षम छ ? तयार छ ? छ भने कसरी र छैन भने किन छैन ?’ उनले प्रश्न गरे ।

आफूले व्यक्तिगत भन्दा ज्यादा अदालतको समग्र प्रवृत्तिका विषयमा प्रश्न गरेको भन्दै बस्नेतले प्रस्तावित प्रधानन्यायाधीशलाई आफ्नो प्रश्न राखिदिन आग्रह गरे ।

प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध उजुरी दिने अर्का उजुरीकर्ता गगन ऐडी बाजुरा थिए । उनीसँग संसदीय सुनुवाइ समितिले टेलिफोनमार्फत छलफल गर्‍यो ।

जेष्ठ सदस्यको हैसियतमा समितिको सभापतित्व गरेका आनन्दप्रसाद ढुंगानाले टेलिफोनमार्फत समितिमा उपस्थित हुने वातावरणका लागि समितिका सचिवलाई निर्देशन दिए ।

सभापतिको निर्देशनपछि महासचिव पद्मप्रसाद पाण्डेयले उजुरीकर्ता ऐडीलाई टेलिफोन गरे । उनीसँगको संवाद लाउड स्पिकर गरेर सभाकक्षको एउटा माइकमा राखिएको थियो ।

ऐडीले ४ मंसिर २०७९ को चुनावका समयमा आफ्नो छोरा चेतनदास ऐडीको हत्या गरिएको बताए ।

हत्या आरोपितलाई जिल्ला र उच्च अदालतबाट पुर्पक्षका लागि थुनामा पठाएकामा सर्वोच्चका न्यायाधीश राउत र अब्दुल अजिज मुसलमानले तारेखमा छाड्ने आदेश दिएको थियो ।

‘घटनामा संलग्न रहेकाहरूले नै एकले अर्काविरूद्ध बयान दिएको भए पनि कांग्रेस पृष्ठभूमि भएका न्यायाधीशहरू प्रकाशमान सिंह राउत र अब्दुल अजिज मुसलमानले पार्टीका वकिल र कार्यकर्ताको भनाइबाट उद्देलित भएर धरौटी समेत नमागी साधारण तारेखमा छाड्ने आदेश गरेका कारण गाउँघरमा बस्न नसक्ने अवस्था भयो’, ऐडीले उजुरीमा लेखेका छन् ।

ऐडीले प्रस्तावित प्रधानन्यायाधीश राउतसँग प्रमाण मूल्यांकन गर्ने क्षमता नै नभएको आरोप लगाएका हुन् । उजुरीमा अगाडि भनिएको छ, ‘न्यायाधीशसँग प्रमाणको मूल्यांकन गर्ने सक्ने कार्यक्षमताको अभाव रहेको देखिन्छ ।’ टेलिफोनमार्फत छलफलमा माग लिएका ऐडीसँग पनि सांसदहरूले प्रतिप्रश्न गरेनन् ।

गत भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरेको थियो । त्यसपछि संवैधानिक परिषद्को सचिवालयले संसदीय सुनुवाइका लागि पठाएको थियो ।

संसदीय सुनुवाइले १० दिनको समय राखेर उजुरी आह्वान गरेको थियो । निर्धारित समयभित्र राउतविरुद्ध ६ वटा उजुरी परेका थिए । त्यसमध्ये दुई जनासँग सुनुवाइ समितिले जुम र टेलिफोनमार्फत छलफल गरेको हो । बाँकी उजुरीकर्ता समितिकै सभाकक्षमा उपस्थित थिए ।

सुनुवाइ समितिले मंगलबार बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालविरुद्ध उजुरी दिने उजुरीकर्तासँग पनि जुम मार्फत छलफल गर्‍यो ।
प्रस्तावित राजदूत लम्सालविरूद्ध इजरायलका कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठले आफूलाई अन्याय गरेको भनेर उजुरी दिएका थिए ।
इजरायलको तेल अबिबबाट जुममा जोडिएर उनले सुनुवाइ समितिको छलफलमा भाग लिए । परराष्ट्र सचिव लम्सालले सरूवामा आफूलाई अन्याय गरेको, फिल्ड भिजिटमा जान स्वीकृति नदिएको भनेर प्रश्न उठाए । ‘मलाई अन्याय गर्नेले अरुलाई न्याय गर्ने विश्वास गर्न सकिन्न’, उनले भने ।

जुममार्फत जोडिएका श्रेष्ठलाई सांसदहरूले प्रतिप्रश्न पनि गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्यालले आफूले भनेको ठाउँमा सरुवा नपाउँदा अर्कोलाई आरोप लगाउन मिल्छ भनेर प्रश्न गरे ।

‘तपाईं सरुवा मागेर अमेरिका जान खोज्नुभयो पाउनुभएन, साइप्रस जान खोज्नुभयो पाउनुभएन । कहीँ जान खोज्नुभयो बिदा पाउनुभएन । यही कारण प्रस्तावित राजदूतका लागि अयोग्य भन्नु व्यक्तिगत कुरा भएन र ?’ उनले प्रश्न गरे ।

नेकपा एमालेका सांसद लिलानाथ श्रेष्ठले सरुवा मापदण्ड के हो, कहाँ नमिलेको भनेर प्रश्न गरे ।

माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले व्यक्ति विशेष केन्द्रित गरेर किन उजुरी दिएको भनेर प्रश्न गरे । आफू अन्यायमा परेको भन्ने महसुस भएको भने अन्यत्र न्याय माग्न किन नगएको भनेर सोधे ।

जवाफमा श्रेष्ठले परराष्ट्र मन्त्रालयको सचिवको रुपमा काम गर्दा आफूले अन्याय महसुस गरेको बताए । आफूले युद्धग्रस्त देशमा रहन नचाहेको तर, लम्सालकै कारण बस्नु परेको उनको गुनासो थियो ।

उजुरीकर्तासँग छलफल सकिएपछि माओवादी केन्द्रका सांसद जनार्दन शर्माले भने ‘प्रविधिको प्रयोगले सुनुवाइका लागि प्रशस्त मौका दियो’, भने ।

समितिको सभापतित्व गरिरहेका ढुंगानाले ‘धेरै सहज भएको’ प्रतिक्रिया दिए । ढुंगानाका अनुसार सुनुवाइ समितिमा पहिलो पटक प्रविधिको प्रयोग गरेर बैठक चलाइएको हो ।

प्रतिनिधि सभायमावली २०७९ मा प्रविधिको प्रयोग गरी बैठक बस्न सकिने सम्बन्धी व्यवस्था छ । कानुनी मान्यता पाएसँगै सुनुवाइ समितिमा पहिलोपटक यस्तो अभ्यास गरिएको हो ।

‘आज हामीले टेलिफोन र जुम मार्फत उजुरीकर्तासँग छलफल गर्‍यौं । पहिलो अभ्यास हो । तथापि, अडियो प्रष्ट थियो । दोहोरो संवाद भए । प्रतिप्रश्न र जवाफ भयो । सँगै रहेर सवाल जवाफ गरेजस्तै भयो’, ढुंगानाले अनलाइनखबरसँग भने ।

प्रविधिको प्रयोगले विश्वको जहाँसुकै रहेर पनि संसदीय सुनुवाइ समितिमा उजुरी दिन सकिने बताए । ढुंगानाले भने, ‘अब जसले जसको बारेमा उजुरी दिन पनि जहाँबाट पनि सक्नुहुन्छ र जहाँ रहेर पनि छलफलमा भाग लिन सक्नुहुन्छ ।’

संसद सचिवालयका महासचिव पाण्डेले संसदीय सुनुवाइ समितिमा उजुरी दिने दायरा फराकिलो भएको बताए । उनले भने, ‘आगामी दिनमा उपस्थित हुन पाउँदिन कि भनेर उजुरी नगर्नुपर्ने अवस्था नरहेको देखाउँछ ।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM