२०८२ माघ २४ गते, शनिबार ०१:१३

प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर




सप्तरी । सप्तरीको कन्चनरुप नगरपालिकास्थित एक विद्यालयको शौचालयसहितका भौतिक संरचना निर्माणमा अनियमितता गरेको भन्दै तत्कालीन प्रअसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

जिल्लाको कन्चनरुप नपा–२ स्थित शङ्कर माध्यमिक विद्यालय बरमझियाका तत्कालीन प्रअ दिलीपकुमार गुप्ता, शिक्षक हृदयराम चौधरी र विद्यालयका कर्मचारी श्रवणकुमार चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले प्रअ गुप्ताविरुद्ध आव २०७१/७२ मा विद्यालयको शौचालय निर्माणका लागि निकासा भएको बजेट हिनामिना गरेको, विद्यार्थीका नाममा आएको छात्रवृत्ति वितरण नगरी अनियमितता गरेको, आव २०७३/७४ मा राहत शिक्षकका लागि अनुदान बापत आएको रकम शिक्षक नराखी आफैँ बुझेको, पाठ्य पुस्तक खरिदमा हिनामिना गरेको लगायत विषयमा अनुसन्धान गरेको थियो । अनुसन्धानपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रअ गुप्ताविरुद्ध रु ६ लाख ४९ हजार ९ सय १६ बिगो कायम गरी बिगो बमोजिम जरिवाना र हिनामिना भएको बिगो बमोजिमको रकम निजबाट असुल उपर गर्नुपर्ने माग दाबी अख्तियारले गरेको छ ।

शिक्षक हृदयराम चौधरीविरुद्ध रु ६२ हजार ५ सय ८३ र कर्मचारी श्रवणकुमार चौधरीविरुद्ध रु ५ लाख ८७ हजार ३ सय ३३ बिगो कायम गरी मुद्दामा दायर गरिएको अख्तियारले जनाएको छ।

उनीहरूले शौचालय निर्माणमा रु ६२ हजार ५ सय ८३, छात्रवृत्ति रकममा रु ३ लाख १० हजार ४००, पाठ्यपुस्तक खरिदका लागि विनियोजित बजेटमा रु १ लाख २६ हजार २ सय ४७ र राहत शिक्षकको तलव भत्तामा रु १ लाख ५० हजार ६ सय ६८ हिनामिना गरेको पुष्टि भएपछि हिनामिना भएको रकमलाई बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM