२०८२ माघ २८ गते, बुधबार ०६:४२

प्रमुख आइएस लडाकुहरू पक्राउ परेपछि तालिबानद्वारा पाकिस्तानमाथि आरोप

काबुल । अफगानिस्तानभर हालैका घातक आक्रमणहरूका लागि जिम्मेवार इस्लामिक स्टेट (आइएस) समूहका ‘प्रमुख सदस्यहरू’ लाई तालिबान अधिकारीहरूले पक्राउ गरेको एक प्रवक्ताले सोमबार बताएका छन् । उनले छिमेकी पाकिस्तानमाथि उक्त सङ्गठनलाई आश्रय दिएको आरोप लगाए । 

सन् २०२१ मा तालिबान पुनः सत्तामा फर्किएपछि सामान्यतया सुरक्षामा सुधार आएको छ । यद्यपि आइएस समूहको क्षेत्रीय शाखा इस्लामिक स्टेट खोरासान (आइएस–के) तालिबान शासनका लागि प्रमुख चुनौतीका रूपमा उदय भएको छ ।

व्यापक सुरक्षा कारबाहीले धेरै मात्रामा घरेलु आक्रमणको सङ्ख्यालाई कम गरेको छ तर यस गर्मीमा आइएस–केबाट गोलीबारी र बमबारी भइरहे ।

तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ‘विशेष बलहरू’ ले ‘विद्रोही समूहका प्रमुख सदस्यहरू’ लाई पक्राउ गरेको बताउनुभयो । उक्त समूहले यसै महिना काबुलमा छ जनाको ज्यान जाने गरी आत्मघाती बम विस्फोट गराएको दाबी गरेको थियो । 

आत्मघाती आक्रमणकारीले पाकिस्तानमा रहेको प्रशिक्षण शिविरबाट ‘अफगानिस्तानमा घुसपैठ’ गरेको प्रवक्ता मुजाहिदले बताउनुभयो । उहाँका अनुसार शृङ्खलाबद्ध पक्राउ परेका अन्य व्यक्ति पनि त्यहाँबाट ‘हालै फर्केका’ थिए ।

उक्त कारबाहीले सुन्नी जिहादी समूहलाई अफगानिस्तानबाट निकालेको तर उनीहरूले पाकिस्तानमा ‘नयाँ सञ्चालन आधार र प्रशिक्षण शिविरहरू’ स्थापना गरेको मुजाहिदले बताउनुभयो । “यी नयाँ आधारबाट उनीहरूले अफगानिस्तानभित्र र अन्य मुलुकमा आक्रमण जारी राखेका छन्”, उहाँले भन्नुभयो ।

यी टिप्पणीले तालिबानको सत्तामा पुनरागमनपछि खराब भएको पाकिस्तानसँगको सम्बन्धलाई अझ खराब बनाउने सम्भावना छ । 

इस्लामाबादले आफ्नो क्षेत्रमा बढ्दो आक्रमणका लागि अफगानिस्तानलाई दोषी ठहर गर्दै तालिबान सरकारले त्यहाँस्थित पाकिस्तानी तालिबानका विद्रोहीहरूलाई दबाउन असफल भएको दाबी गरेको छ । 

पाकिस्तानको विदेश मन्त्रालयले प्रवक्ता मुजाहिदको भनाइप्रति तत्काल कुनै प्रतिक्रिया दिएको छैन । 

पाकिस्तान, चीन, इरान र रुसले गत साता संयुक्त राष्ट्रसङ्घको महासभाको साइडलाइनमा एक वक्तव्य जारी गरेका थिए । वक्तव्यमा ‘अफगानिस्तानमा आतङ्कवादसँग सम्बन्धित सुरक्षा अवस्थाप्रति गहिरो चिन्ता’ व्यक्त गरिएको थियो । 

वक्तव्यमा इस्लामिक स्टेटसहित केही समूहको नाम उल्लेख गरिएको थियो । यी समूह ‘अफगानिस्तानमा आधारित’ रहेको र ‘क्षेत्रीय र विश्वव्यापी सुरक्षाका लागि गम्भीर खतरा’ बनिरहेको वक्तव्यमा बताइएको थियो । 

आइएस–के सन् २०१५ मा स्थापना भएको थियो । यो सन् २०२१ अगस्टमा काबुलको विमानस्थलबाट अमेरिकाको अराजक बहिर्गमनका क्रममा भएको बम विस्फोटमा प्रमुखताका साथ उदय भएको थियो । उक्त विस्फोटमा करिब एक सय ७० अफगान र १३ अमेरिकी सैनिकको मृत्यु भएको थियो । 

विश्लेषकहरूका अनुसार यो समूह अन्तर्राष्ट्रिय आक्रमणहरूतर्फ मोडिँदै छ । मस्कोको एक कन्सर्ट हलमा एक सय ४० भन्दा बढी व्यक्तिको हत्या र इरानमा दोहोरो बम विस्फोटमा ९० जनाभन्दा बढीको मृत्युमा समूहको हात रहेको बताइएको छ । रासस

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM