१३ असोज, काठमाडौं । ओखलढुंगाका सांसद रामहरि खतिवडाले रुम्जाटार विमानस्थलमा हवाइ सेवा सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसँग माग गरेका छन् ।
अविरल वर्षाका कारण सबै सडकहरु भत्किएकाले रुम्जाटार विमानस्थलबाट काठमाडौं र विराटनगरमा उडान भर्न निवेदन दिएका हुन् ।
‘असोज ११ र १२ गते आएको वर्षाका कारणले काठमाडौंबाट काभ्रे, सिन्धुली हुँदै ओखलढुंगा जाने कुनै बाटो नभएको र कटारीबाट पनि आउन संभव नदेखिएको कारण ….’ खतिवडाले निवेदनमा लेखेका छन् ।