Wednesday, October 16, 2024
घरसमाचारस्वाबलम्बन लघुवित्तको लाभांश घोषणा

स्वाबलम्बन लघुवित्तको लाभांश घोषणा

१३ असोज, काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

कम्पनीको लाभांश गत वर्षभन्दा बढेको हो । गत वर्ष कम्पनीले १२.३६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.६५ प्रतिशत नगद लाभांश दिएको थियो । बिहीबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९५९ रुपैयाँ छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -