२०८२ कार्तिक २६ गते, बुधबार १४:२८

महोत्तरी सोनी नदीले बगाउँदा एक बालकको मृत्यु

१२ असोज, जनकपुरधाम । महोत्तरीमा सोनी नदीले बगाउँदा एक बालकको मृत्यु भएको छ । गौशाला नगरपालिका-८ कुस्मादीमा सोनी नदीले बगाउँदा १६ वर्षीय रोहित साहको मृत्यु भएको हो ।

उनको शव बगाएको ठाउँबाट १० किलोमिटर टाढा बेलगाछी भन्ने ठाउँमा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सोनी नदीको बाढी हेर्न गएका १६ वर्षीय रोहित र ११ वर्षीया करिना महतोलाई बाढीले बगाएको थियो । प्रहरीले करिनालाई उद्धार गरेको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM