२०८२ कार्तिक २६ गते, बुधबार ०२:०१

पहिरोले घर पुरिँदा दुईको मृत्यु




धनकुटा । धनकुटाको पास्रिवासमा पहिरोले घर बगाउदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाख्रिवास नगरपालिका वडा न-५ गुराँसे डाँडाको ३५ वर्षीय आषा तामाङ र उहाँकी आमा करिब ५० वर्षीय राम कुमारी तामाङ रहनु भएको छ। बिहान करिब साढे तिन बजे तिर घर बगाउन लागे पछि घरमा रहेको सामान निकाल्न गएको आमाछोरीको पहिरोले पुरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्स्पेक्टर बिष्णु खड्काले जानकारी दिनुभयो । यता धनकुटाको छथर जोरपाटी गाउँपालिका ६ सिधुवामा पहिरोले गोठ पुर्दा एक दर्जन बढी चौपाया पुरेको स्थानीय अर्जुन घिमिरेले जानकारी दिनुभयो। सिधुवा बजार पछाडि वाट गएको पहिरोको कारण बजारका केही घर समेत जोखिममा परेका छन्।

यस्तै निरन्तरको वर्षाले चौबिसे गाउँपालिकामा छरुवा खोलामा आएको बाढीले पुल जोखिममा परेको छ भने तमोर करिडोर सडक निर्माणमा रहेको स्काभेटर पुरेको छ। त्यसैगरि बाढीले टिपर, जेनेरेटर बगाएको छ। रौता कन्स्ट्रक्सनको क्रसरमा बाढी पसेर मट्टितेलको ट्याङ्कर पुरेको छ। भण्डारण गरेको अलकत्रा बगाएको स्थानीय रोशन भण्डारीले बताउनुभयो।

निरन्तरको वर्षाको कारण तमोर करिडोर सडक बिहीबार देखि र भेडेटार रवि राँके सडक शुक्रबारदेखि अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM