२०८२ मंसिर २६ गते, शुक्रबार २१:५२

कोशी प्रदेश सरकारद्वारा कोशी प्रदेश पर्यटन वर्ष–२०८२ को घोषणा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले, भौगोलिक, सामाजिक, सांस्कृतिक तथा जैविक विविधताले भरिपूर्ण कोशी प्रदेश पर्यटकीय दृष्टिकोणले अत्यन्तै उर्वर प्रदेश रहेको बताउनुभएको छ ।

विश्व पर्यटन दिवसको अवसरमा पर्यटन, वन तथा वातावरण मन्त्रालयले विराटनगरमा आज आयोजना गरेको कार्यक्रममा कोशी प्रदेश पर्यटन वर्ष–२०८२ को घोषणा गर्नुहुँदै मुख्यमन्त्री कार्कीले, नेपालकै होचो क्षेत्र झापाको केचनाकबलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा सहित १० अग्ला हिमालमध्ये ५ वटा कोशी प्रदेशमा रहनुले पनि कोशी प्रदेशमा पर्यटकीय दृष्टिकोणको सम्भावना उच्च रहेको बताउनुभयो ।

उहाँले पाथीभरा, बराहक्षेत्र र हलेसी, खुवालुङदेखि माङ्सेबुङ, फक्ताङ्लुङ, तुवाचुङ, जायजुङ जस्ता ऐतिहासिक र धार्मिक सम्पदाहरूले हाम्रो सामाजिक र धार्मिक विविधतालाई उजागर गरेको उल्लेख गर्नुभयो ।

पर्यटन प्रवर्द्धन गरी हाम्रो राष्ट्रिय पूँजी विकास गरेर “संवृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकाङ्क्षालाई पुरा गर्न सकिने उहाँको भनाई थियो ।

उहाँले संघीय सरकार र स्थानीय सरकारहरूसँगको समन्वय र सहकार्यमा प्रदेशको पर्यटनलाई अगाडि बढाउन चाहेको उल्लेख गर्दै पर्यटन प्रवर्द्धन नीजि क्षेत्रको साझेदारी र हातेमालो बिना सम्भव नरहेको बताउनुभयो । कोशी प्रदेशको संवृद्धिका लागि पर्यटन विकासमा अगाडि बढ्ने उहाँले प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

भौतिक पूर्वाधार तथा विकास मन्त्री भुपेन्द्र राईले कोशी प्रदेशको पर्यटन प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको भन्नुहुँदै पर्यटन वर्ष–२०८२ सफल बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।

पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले पर्यटन वर्ष–२०८२ को तयारी तथा कोशी प्रदेशको पर्यटन क्षेत्र र त्यसको सम्भावनाको बारेमा जानकारी गराउँदै बाह्य पर्यटन आगमन थप सहज बनाइने बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले पर्यटन वर्ष सफल बनाउन निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । सो अवसरमा मुख्य मन्त्री कार्कीले कोशी प्रदेश पर्यटन वर्ष–२०८२ को घोषणा गर्नुभएको थियो ।

कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्री, मन्त्रालयका सचिव, प्रदेशसभा सदस्य, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख स्थानीय तहका प्रमुख, उप–प्रमुख , होटल तथा पर्यटन व्यवसायीको सहभागिता थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM