२०८२ माघ १ गते, बिहीबार ०४:१२

छालबाटोको रुटम्याप

दक्षिण–पश्चिम तिब्बतस्थित कैलाश पर्वत क्षेत्र एशियाका चार प्रमुख नदीहरूको उद्गम थलो हो । त्यहाँ पुग्न काठमाडौंबाट केरुङहुँदै एक हजार किलोमिटर जतिको यात्रा गर्नुपर्छ । कैलाश पर्वतको पूर्वपट्टिबाट ब्रह्मपुत्र नदी निस्किन्छ, यसलाई ताम्चोक खम्बाब अथवा घोडाको मुखबाट निस्केको नदी भनिन्छ  ।

यो तिब्बतमा हिमालय पर्वतको समानान्तर बगेर भुटान पनि काटेपछि फरक्कै दक्षिण हानिन्छ र भारतको अरुणाचल प्रदेश हुँदै आसाम झरेपछि बङ्गलादेश पसेर हिन्द महासागरमा मिसिन्छ । पश्चिमपट्टिबाट सतलज नदी निस्किन्छ, यसलाई लाङ्गचेन खम्बाब अथवा हात्तीको मुखबाट निस्केको नदी भनिन्छ । यो भारतको हिमाचल प्रदेश काटेर पन्जाबहुँदै पाकिस्तान पुग्छ । रावी, विज, झेलम, चेनाव र सतलज नामक पाँच नदीको सङ्गमलाई पन्जनद अर्थात् पन्जाब भनिन्छ । यो पन्जाब नाम बनाउनेमध्येको एक नदी हो ।

उत्तरतिरबाट इन्डस् निस्किन्छ, जसलाई सिङी खम्बाब अर्थात् सिंहको मुखबाट निस्केको नदी भनिन्छ  । त्योचाहिं जम्मु कस्मिरहुँदै पूरै पाकिस्तान नागबेली बगेर कराँचीमा अरबियन सागरमा मिसिन्छ । दक्षिणतिरबाट कर्णाली निस्किन्छ, यसलाई माप्चा खम्बाब अर्थात् मयूरको मुखबाट निस्केको नदी भनिन्छ ।

यो नदी तिब्बतको बुराङ काउन्टीमा ताक्लाकोटहुँदै नेपालको उत्तरपश्चिमी जिल्ला हुम्लाबाट बगेर बाजुरा, कालीकोट, दैलेख, अछाम, सुर्खेत, डोटी, बर्दिया हुँदै कैलाली झर्छ र भारतमा पुगेपछि घाघरा नदी बन्छ । उत्तर प्रदेश र बिहारको सङ्गममा घाघराले उत्तराखण्डको गङ्गोत्रीबाट झरेर आएको गङ्गा नदीलाई भेट्छ । हामीले त्यही नदी अर्थात् कर्णालीलाई पछ्याएका थियौं ।

खासमा कर्णाली कहाँबाट निस्किन्छ ? कैलाश पर्वतको दक्षिणमा मानसरोवर ताल छ भने त्यसको पश्चिमपट्टि राक्षस ताल । यी दुई तालको दक्षिणमा गुर्लामान्धाता हिमाल छ, जसको उचाइ ७,६९४ मिटर छ । राक्षस तालको पनि उत्तर–पश्चिमबाट एउटा नदी दक्षिण बग्छ त्यो नै कर्णाली हो, जसलाई तिब्बतीहरू माप्चा खम्बाब भन्छन् । माप्चा भनेको मयूर र खम्बाब भनेको मुख अर्थात् मयूर जस्तो देखिने पहाडको मुखबाट निस्केको नदी ।

राक्षस तालको कर्णाली नदी किनारमा एउटा गाउँँ छ, कार्दुङ । दुई दर्जन बढी घरधुरी भएको त्यो गाउँँ नै कर्णाली नदी किनारमा रहेको सबैभन्दा माथिल्लो बस्ती हो । त्योभन्दा माथि न बस्ती छ, न त सडक सञ्जाल नै बनाइसकिएको छ । कार्दुङ गाउँँबाट अनुमानित २० किलोमिटर उत्तर–पश्चिममा एउटा बडेमानको मूल निस्केको छ ।

कैलाश पर्वतको दक्षिणतिरबाट कर्णाली निस्किन्छ, यसलार्ई माप्चा खम्बाब अर्थात् मयूरको मुखबाट निस्केको नदी भनिन्छ । यो नदी तिब्बतको बुराङ काउन्टीमा ताक्लाकोट हुँदै नेपालको उत्तरपश्चिमी जिल्ला हुम्लाबाट बगेर बाजुरा, कालीकोट, दैलेख, अछाम, सुर्खेत, डोटी, बर्दियाहुँदै कैलाली झर्छ र भारतमा पुगेपछि घाघरा नदी बन्छ ।

नदीको दाहिने किनारमा रहेको त्यही मूलमा छपक्कै बौद्ध प्रार्थना झन्डाहरू बेरिएका छन् भने केही माथि ढुङ्गा चिरेर छोर्तेन बनाइएको छ । यो मूललाई तिब्बतीहरू माप्चुचुङ्गु अर्थात् मयूरको मुखबाट निस्केको मूल भन्छन् । परबाट हेर्दा त्यो मूल निस्केको बडेमानको पहाड मयूर जस्तो देखिने भएकाले यसलाई माप्चुचुङ्गु भनिएको स्थानीयहरू बताउँछन् ।

हामी यो मूलसम्म राक्षस तालबाट १० किलोमिटर जति कच्ची बाटोमा गुडेर र बाँकी १० किलोमिटर जति हिंडेर पुगेका थियौं । कर्णालीले निकै फराकिलो क्षेत्र बनाएको भए पनि त्यहाँ कर्णाली सेप्टेम्बर महिनाको अन्तिममा खुट्टाले तर्न मिल्ने थियो । कतै पनि पुल थिएनन्, बाटो पनि कच्ची मात्रै । मुस्ताङको कागबेनी आसपासको कालीगण्डकी नदीकै जत्रो वा अझै ठूलो बगान क्षेत्र छ । त्योभन्दा माथि हामी जान पाएनौं । तर माप्चुचुङ्गु मूलबाट पनि २०–२५ किलोमिटर उत्तरपश्चिमबाट कर्णाली निस्केको छ भनेर हाम्रा स्थानीय तिब्बती गाइडले हामीलाई बताए ।

तिब्बतको बुराङ वा पुराङ्ग काउन्टी र भारतको उत्तराखण्डको सीमा नजिकबाट कर्णाली सुरुमा तेर्पे–तेर्पे दक्षिणपूर्व हानिन्छ । राक्षस तालको दक्षिणबाट भने यो दक्षिण ज्यादा, पूर्व कम बग्छ । नेपालको नाका हिल्साबाट लगभग २५ किलोमिटर उत्तर–पश्चिममा रहेको ताक्लाकोटको विकासको लहरलाई हेरेर छक्क परेको कर्णालीले ताक्लाकोट बजारको नदीकिनारमा रोपिएका हरिया रूखहरूको सानो जङ्गल देखेर सायद झुक्किन्छ किनभने पठार रूखहरूका लागि होइन । हजारौं वर्ष बग्दा पनि उसले यो उचाइमा यस्ता हरिया रूखहरू देखेको थिएन सायद ।

सन् १९४९ मा जब चीन तिब्बतमा आयो र पछिल्लो समय त तिब्बत हरियो पार्ने अभियान नै चलायो; तब मात्रै हो, कर्णालीले ताक्लाकोटमा सानो जङ्गल देखेको । अग्ला तटबन्धले ताक्लाकोटलाई अग्ल्याएको पनि कर्णालीले भर्खरभर्खर देखेको हो । त्यसपछि पनि कर्णाली हुम्ला जिल्लाको हिल्सा (नेपालको उत्तरी नाका) सम्म दक्षिणपूर्व नै बग्छ ।

कर्णालीको मुहान क्षेत्रमा पर्ने मानसरोबर । तस्वीर सौजन्य : रमेश भुसाल ।

नेपाल छिरेपछि भने कर्णाली केहीबेर पूर्वोत्तर बग्छ र लिमी उपत्यकातिरबाट झरेको लिमी खोलालाई आफूमा मिसाउँछ । लिमी खोलालाई अँगालो हालेर दक्षिण हानिएको कर्णालीले हुम्लाकै तुम्कोटमा यारी खोलालाई साथी बनाउँछ र दक्षिणपूर्व झर्छ । मुचु याङ्गर, यलवाङ जस्ता गाउँँहरूलाई जिस्क्याउँदै कर्णालीले लिमी उपत्यकातिरबाटै हानिएको सल्ली खोला भेट्छ । केर्मी गाउँँमाथि सल्फरको गन्धको तातोपानीको मूल बारे सायद कर्णालीले थाहा पाउँदैन किनभने त्यो पानी आफूमा समाहित नगर्दै सायद चिसो भइसकेको हुन्छ ।

दक्षिण त नेपालका नदीको नियति नै हो । तर मर्‍याकमुरूक गर्दै बग्दा नदीहरू केही समय कहिले उत्तर हानिन्छन् त कहिले पश्चिम वा पूर्व । कर्णालीले याङ्गरतिरका रहरलाग्दा स्याउ देख्छ तर चाख्न सक्दैन किनभने उसलाई हतार छ र निरन्तर बगिरहनु नै आफ्नो धर्म ठान्छ । हुम्लाकै चौगनफायाको ढिस्कोमा रहेको गाउँँलाई हेर्दै गर्दा कर्णालीले लहलहाएका धानका बाला पहिलो पटक देख्न पाउँछ । त्यहाँभन्दा माथि धान फल्दैन ।

कर्णाली दक्षिणपूर्व नै हानिन्छ तर मानिसहरू भने अलि माथि डाँडाफाया र सिमकोटमा बस्छन् । वास्तवमा कर्णालीले नेपाल छिरेपछिको सबैभन्दा ठूलो बस्ती वा हुम्लाको सदरमुकाम सिमकोट देख्न पाउँदैन । सिमकोटको पश्चिमपट्टि अग्लिएको डाँडा अर्थात् कोटले कर्णालीलाई निकै गहिरो बनाइदिन्छ ।

अहिले सिममा बग्रेल्ती घर बनेका छन् । सदरमुकाम बन्न अरू धेरै कुरा नभए पनि अहिले केही जीप सिमकोटमा देख्न पाइन्छ । जहाज त हुम्लीले धेरै पहिला नै देखेका हुन् । सिमकोटतिर जीप पनि जहाजमै उडेर पुग्छन्, बीचमा गुड्ने बाटो नै छैन । केही स्थानीयहरू भन्छन्, यो संसारकै दुर्गम ठाउँ हो, के गर्नु ?

सिमकोटको चहलपहल अनि राजनीति नबुझे जस्तो गरी कर्णाली खार्पुनाथतिर लाग्छ । उपल्लो भेगमा तिब्बती भोट संस्कृतिको साथ पाएर गुम्बाहरूमा ‘ॐ मणि पद्मे हुम्’ सुन्दै झरेको कर्णालीले खार्पुनाथमा भने ठूलै हिन्दु मन्दिर भेट्छ अनि छेउमै भेट्छ, ताक हिमालतिरबाट गड्गडाउँदै झरेको चुवा खोला । तेर्पे–तेर्पे दक्षिणपूर्व बग्दै गरेको कर्णाली खार्पुनाथ गाउँबाट भने सीधै दक्षिण हानिन्छ । राया, लाली गाउँँहरूलाई देब्रे–दाहिने पार्दै झरेको कर्णाली सर्केगाड हुँदै पूर्व ज्यादा, दक्षिण कम हानिन्छ ।

सर्केगाडबाट केही अगाडि बढ्दा कर्णालीसँग हुम्लाकै भण्डार लेकतिरबाट हक्कानिएर झरेको लोती कर्णालीले सलिसल्लामा मीत लाउँछ । लोती कर्णालीको बल आफूमा भरेपछि भने कर्णाली फेरि मरक्क मर्किन्छ र पश्चिम मोडिन्छ । थोरै दक्षिण उसको नियति नै हो । पूर्वमा मुगु अनि पश्चिम किनारमा हुम्लाको जमीनलाई साक्षी राख्दै नेपाल पसेपछिको संभवतः सबैभन्दा ठूलो फाँट जुन श्रीनगर गाउँँपालिकामा पर्छ, त्यसैमा केही बेर टहलिन्छ ।

मुगु र हुम्ला दुवैपट्टि सुन्दर बस्ती र खेतीयोग्य जमिन देखिन्छन् । बेंसीखेतमा हामी पुग्दा लहलह धानका बाला झुलिरहेका देखिन्थे भने केही गराचाहिं धान काटेर ठोसा मात्रै थिए । नागबेली शैलीमै तर पश्चिम हानिएको कर्णालीले धैनाकोटमा मुगु कर्णालीलाई आफूमा समाहित गरेर अगाडि बढ्छ । हुम्ला कर्णाली र मुगु कर्णालीको सङ्गममा रहेको तीर्थासेन नामको सानो बस्ती छ, जहाँ मानिसहरूले माछा सुकाएर बेच्न राखेका भेटिए, एकाध सुत्ने होटल ।

कर्णाली तीर्थासेनबाट पनि पश्चिम बग्दो छ । हुम्लालाई बिदाइ गर्ने बेला कर्णाली केहीबेर घुम्छ र बाजुराको सिमानामा यसले कुवाडी खोलालाई आफ्नो टोलीमा सदस्यका रूपमा छिराउँछ । अब कर्णाली हुम्लाको रहेन, बाजुरेली र मुगाली भयो । बाजुरा भेटेपछि ढलीमली गर्दै दक्षिण बग्छ । सुखाढिकमा खतियाड खोलालाई मिसाएपछि भने कर्णाली फेरि केहीबेर पश्चिम ढल्किन्छ । त्यो समय कर्णाली बाजुराको मात्रै वारपार हुन्छ ।

कालीकोटको थिर्पुभन्दा केही उत्तरमा यसले बाजुरासँग दोस्ती तोड्छ र कालीकोटलाई आफ्नो बनाउँछ । कालीकोटे कर्णालीले आधुनिक नेपाल भेट्छ । लहरै बसेका जीप देख्छ । हामी सन् २०१८ मा यात्रा गर्दैगर्दा त्यहाँबाट नियमित यात्रु बोकेर जीप र बस हुम्ला कर्णालीको तीरैतीर थिर्पुसम्म जान थालेका थिए । जुम्लातिर उकालो लागेको कर्णाली राजमार्ग भेटिने जितेगडा भने हुम्ला कर्णाली र तिला कर्णालीको सङ्गम हो । थिर्पुसम्म दक्षिण धेरै हानिएको कर्णाली पूरै कालीकोट दक्षिणपश्चिम हानिन्छ ।

दक्षिण त नेपालका नदीको नियति नै हो । तर मर्‍याकमुरूक गर्दै बग्दा नदीहरू केही समय कहिले उत्तर हानिन्छन् त कहिले पश्चिम वा पूर्व । कर्णालीले याङ्गरतिरका रहरलाग्दा स्याउ देख्छ तर चाख्न सक्दैन किनभने उसलाई हतार छ र निरन्तर बगिरहनु नै आफ्नो धर्म ठान्छ ।

कालीकोटको सदरमुकाम मान्मलाई देब्रे पारिसक्दा यसले पूर्वोत्तरको जुम्लाबाट झरेको तिला कर्णाली भेट्छ । थिर्पुमा धुलाम्मे सडकमा यात्रु खोजिरहेका जीप देखेको कर्णालीले त्यहाँ भने पिच गरेको सडक पहिलो पटक देख्छ । सायद कर्णाली अचम्ममा पर्छ । के देख्नुपर्‍यो यस्तो भनेर केहीबेर टोलाउँछ । यही हो जितेगडा, जहाँ एकथरी मानिसहरू पूर्वउत्तरमा जुम्ला लाग्छन् र अर्काथरी मानिसहरू उत्तरमा हुम्ला लाग्छन् ।

तिला कर्णाली मिसिएपछि झन् बलियो भएको कर्णालीको देब्रे किनारमा बडेमानका ट्रक–बस गुडिरहेका भेटिन्छन् । कर्णाली दक्षिण धेरै, पश्चिम कम हुँदै अगाडि बढ्छ । केहीबेर पश्चिम–दक्षिण हानिन नपाउँदै यसले कालीकोटलाई बिदाइ गर्छ र दाहिने किनारमा अछामलाई मिसाएर आधा अछामी हुन्छ भने देब्रे किनारमा यसले दैलेखलाई साथी बनाउँछ । कर्णाली नदी दुवैको भए पनि राजमार्ग भने दैलेखीहरूको भागमा परेको छ ।

हिल्साबाट दक्षिण लागेपछि कर्णालीले सबैभन्दा ठूलो सास राकममा आएर फेर्छ । उसले आफ्नो ढुंगा–बालुवाको भारी यहाँ मज्जाले बिसाउँछ र आफूलाई हल्का पार्छ । राकममा कर्णालीले आफूलाई फिंजार्छ, सकेसम्म धेरै । यसको कारण अर्को पनि छ, त्यो के भने त्योभन्दा दक्षिणमा यसले बलियो महाभारतलाई चिर्नुपर्ने हुन्छ, जुन सजिलै सम्भव छैन । महाभारतले कर्णालीलाई पूर्व धकेलिदिन्छ ।

राकम उपत्यका काट्ने बेला भने यो पूर्व मर्किन्छ । निरन्तर दक्षिणपूर्व बग्दै गर्दा यो दैलेखको डाबमा पुग्छ, जहाँ कर्णालीलाई चट्ट काटेर बिजुली निकाल्ने योजना बन्दैछ । भारतीय कम्पनी जीएमआर पैसावालहरूका ढोका चहार्दैछ । कर्णाली काट्न चानचुने पैसाले पुग्दैन, त्यसैले अहिलेसम्म उसले सुरु गरिसकेको छैन तर हतियार उध्याउँदैछ । ठूलो बाँध बाँधेर कर्णालीको पानीलाई झ्याँको झारेपछि करेन्ट निक्लिनेछ ।

दैलेखकै तल्लो डुुङ्गेश्वरसम्म पनि कर्णाली दक्षिणपूर्व हानिन्छ तर त्यसपछि केहीबेर दक्षिण मात्रै बगेको कर्णाली फरक्कै पश्चिम फर्किन्छ र जति दक्षिणपूर्व बगेको थियो, लगभग उति नै उत्तरपश्चिम हानिन्छ । केही किलोमिटरको दूरीमा विपरीत दिशामा कर्णालीले वास्तवमा ग्रेट बेन्ट बनाउँछ ।

त्यो बेन्टको राकमदेखि डुुङ्गेश्वरको भाग दैलेख र अछामले बाँड्छन्, त्यसपछि उत्तरपश्चिम हानिएको कर्णाली अछाम र सुर्खेतले भाग लगाउँँछन् । दैलेखको डाबबाट छेडेको झन्डै तीन किलोमिटर लामो टनेलको पानी सर्लक्कै अछामको बल्देमा झारेर पावरहाउस बनाउने योजना छ, पूरा कहिले हुन्छ त्यो भनिहाल्न सकिने देश यो होइन । यहाँ योजनाहरू कागतमा धेरै बन्छन्, वास्तविकतामा कम । चालीस वर्षअघि जलविद्युत्को योजना सुन्ने दलबहादुर मसँग गफिएका थिए ।

पूर्वपश्चिम लम्पसार परेको सुर्खेत जिल्लामा कर्णाली बडेमानका र्‍यापिड बनाएर छङ्छङाउँँदै झर्छ, जहाँ र्‍याफ्टिङ डुङ्गामा एकसाता बयली खेल्यौं । निकै लामो लुप बनाएपछि कर्णालीले एकोहोरिएर पश्चिमको बाटो लिन्छ तर केही दक्षिण त उसको नियति नै हो । दाहिने किनारमा अछाम छाडेर कर्णाली डोटेली बन्छ तर एकदमै थोरै दूरीका लागि मात्रै ।

सुर्खेत, अछाम र डोटीको त्रिवेणीमा कर्णालीले सुदूरपश्चिमबाट झरेको पश्चिम सेती भेट्छ । पश्चिम सेतीले कर्णालीमा मिसिनुअघि नै बुढीगङ्गालाई आफूमा समाहित गरिसकेको हुन्छ । महाभारत काटेर चुरे झरेको कर्णालीले पश्चिम सेतीलाई आफ्नो बनाएपछि ठूलीगाडलाई टोलीमा मिसाउँछ । ठूलीगाड खहरे हो । चुरेबाट झर्ने खोला वर्षामा उर्लन्छन् अनि हिउँदमा सुक्छन् ।

कर्णालीले ठूलीगाड नपुग्दै डोटीको साथ छाडिदिन्छ । त्यसपछि कर्णाली विस्तारै चुरे पहाडको हुन्छ र कैलालीलाई साथी बनाउँछ । ठूलीगाड मिसिएर कैलालीको पनि भएको कर्णालीको पश्चिम यात्रा त्यहीं टुङ्गिन्छ र यो फेरि पूर्वेली बन्छ । अर्को ठूलो लुप बनाएर कर्णाली दक्षिणपूर्व हानिन्छ । समथर गङ्गाको भूभागलाई छुन उसलाई अब चुरे पहाडले मात्रै रोकेको हुन्छ । कर्णालीले विस्तारै आफ्नो आवाज कम गर्दै जान्छ ।

सुर्खेत र कैलालीका गाउँँहरूलाई नियाल्छ । यस्तो लाग्छ, ऊ गङ्गा भेट्न खासै आतुर छैन । यतै कतै चुरे पहाडमा रमाउन चाहन्छ । हिउँको चिसोलाई केही बेर यतै टहलेर बिर्सन चाहन्छ । गङ्गाका फाँटहरूको गर्मी उसलाई अहिले भोगिहाल्न मन छैन । न जाडो, न गर्मी यतै कतै हराइदिऊँ कि भन्छ । तर नदीको नियति नै यस्तै, उसलाई नबगी सुखै छैन । बस् ढिलो वा चाँडो, समथर वा भिरालोको मात्रै कुरा हो ।

सुर्खेतको घाटगाउँँको फराकिलो बस्ती, काठे डुङ्गामा वारपार गर्दै गरेका अनि माछा मार्न स्याउँस्याउँती नदीमा होमिएका मानिसहरूलाई हेरेर कर्णाली केही बेर मख्ख पर्छ । घाटगाउँँ आइपुग्दा कर्णाली अल्छी देखिन्छ । बग्नै परेर मात्रै बगे जस्तो । यसैबीच यसले घाटगाउँँको फाँटमा टहल्दै गर्दा उत्तरपूर्वबाट बगेको भेरीलाई भेट्छ । असोज महिनामा भेरी निकै सुकिलोमुकिलो देखिएको थियो । हुन त कर्णाली पनि त्यस्तो फोहोरी भइसकेको छैन । भेरी मिसाएको कर्णाली आनन्दले चुरे पहाड छिचोल्दै दाहिनेपट्टि बर्दिया राष्ट्रिय निकुञ्जको सीमालाई छोएर डल्फिनलाई पौडाउँदै मधेश झर्छ ।

चिसापानीमा यसले उत्पात देख्छ जहाँ गाडीहरू एउटा मात्रै पिलरवाला लामो पुलबाट रफ्तारमा आहोरदोहोर गरिरहन्छन् । वास्तवमा कर्णालीले हिल्साबाट झरेदेखि देखेको सबैभन्दा ठूलो विकास त्यही हुन्छ । चिसापानीमा मधेश निस्कने बेला पानी मात्रै होइन, हावा पनि उस्तै हुइँक्याउँछ कर्णालीले । हिल्सामाथिको नारा ला (पास)कै झल्को दिने गरी हुइँक्याउँछ बतास । यस्तो लाग्छ, कर्णाली पानी मात्रै होइन, हावाको पनि नदी हो । यसलाई चिसापानी ला (पास) भने पनि हुन्छ ।

चिसापानीको कर्णाली पुल । तस्वीर सौजन्य : रमेश भुसाल ।

चिसापानीबाट निस्केपछि त कर्णाली फुक्काफाल हुन्छ । उसले मानिसहरूलाई आह्वान गरे जस्तो लाग्छ छेउछाउका फाँटमा लैजान भनेर तर नेपालीले खासै त्यसो गर्न सकेका छैनन् । सायद उसले मनमनै भन्छ, “म बगिरहन्छु, तिमीहरूका लागि भनेर यतै बसिरहन सक्दिनँ ।”

चिसापानी कटेपछि कर्णाली भङ्गालिन्छ । पश्चिमी हाँगो कैलालीको टीकापुरतर्फ हानिन्छ भने पूर्वी हाँगो बर्दिया राष्ट्रिय निकुञ्जको सिमाना हुँदै बग्छ । कर्णालीले त्यहाँ बाघ, गैंडालाई पानी पिलाउँछ । भङ्गालिएको कर्णाली गेरुवा र कौरियाला नदीको रूपले चिनिन्छ तर यसको मिलन नेपालको भूमि छाडेर उत्तरप्रदेशको कतरनियाघाटमा मात्रै हुन्छ, जहाँ भारतले चौधरी चरणसिंह ब्यारेज बनाएको छ ।

अविरल बगेको कर्णाली भारत पुगेपछि पहिलो पटक बाँधिन्छ । त्यत्रा पहाड, हिमाल छिचोलेर आएको कर्णालीलाई फलामको हत्कडी लगाइन्छ र पूर्व र पश्चिम दुवैतिरका नहरमा कोचिन्छ । भारत छिर्नेबित्तिकै घाघरा बनेको कर्णाली कैलाशपुरी ब्यारेजपछि नदी कम, नहर बढी हुन्छ । कर्णालीको पानी पश्चिमपट्टिको शारदा (महाकाली)मा सहायक नहर मार्फत मिसाइन्छ र त्यसपछि लखनऊ हुँदै अन्य भागमा पनि सिंचाइ गरिन्छ ।

हिल्साबाट दक्षिण लागेपछि कर्णालीले सबैभन्दा ठूलो सास राकममा आएर फेर्छ । उसले आफ्नो ढुंगा–बालुवाको भारी यहाँ मज्जाले बिसाउँछ र आफूलाई हल्का पार्छ ।

जति दक्षिण गयो, उति कम नदीहरू मिसिन्छन् वा पहाडमा जस्तो वर्षैभरि बग्ने नदीहरू कर्णालीले भेट्दैन । उत्तर प्रदेशको बहराइच शहरको उत्तरपश्चिममा घाघराले शारदा अर्थात् महाकाली नदीलाई साथमा लिन्छ । शारदा र कर्णालीबाट नहरमा हालेर बाँकी रहेको पानीको भेट हुन्छ । त्यसपछि गोरखपुरको दक्षिणहुँदै पूर्व हानिन्छ । उत्तराखण्डबाट झरेको गङ्गा नदी कानपुर हुँदै बनारस आइपुग्छ ।

कतै ब्यारेजका हत्कडीमा फस्दै त कतै फूलमालाले पुजिदै अनि करोडौं मानिसहरूको मलमूत्रले सिञ्चित हुँदै झरेको गङ्गा बनारसबाट पूर्व लाग्छ र उसैउसै झर्दै गरेको घाघरासँग उत्तरप्रदेश र बिहारको सिमानास्थित छप्रा जिल्लामा मिसिन्छ । उत्तरप्रदेशी कर्णाली अब बिहारी हुन्छ । घाघरा अब गङ्गा हुन्छ । बिहारको राजधानी पटनामा गङ्गा भेटेपछि पूर्व बग्दै गर्दा बिहारकै कुर्सेलामा कोशी भेट हुन्छ ।

हुम्ला आसपासको तिब्बती भूमिमा जन्मिएका कर्णाली र तिब्बतबाट भारतको आसाम झरेको बह्मपुत्र र गङ्गामा मिसिएको कर्णालीको भेट भारत छाडेर बङ्गलादेश पुगेपछि हुन्छ । तिब्बती माप्चा खम्बाब नेपाल छिरेपछि कर्णाली हुन्छ, भारत छिरेपछि घाघरा अनि गङ्गा हुन्छ, बङ्गलादेश छिरेपछि पद्म हुन्छ, जहाँ यसले ब्रह्मपुत्र भेट्छ । बङ्गलादेशको ढाकाको दक्षिणमा यसले मेघनासँग दोस्ती गर्छ, अब सबै मेघना हुन्छन् र बङ्गालको खाडीमा आफूलाई समर्पित गर्छन् । तिब्बती पठारबाट झरेका नदीहरू बङ्गालको खाडीमा समाहित भएर हिन्द महासागरको भाग बन्छन् ।

बादलको रूप धारण गरेका बादलले हिमालको माया मार्न सकेका हुँदैनन्, त्यसैले मनसुनी बादलका रूपमा उत्तर हानिन्छन् । हिमालय पर्वतको उचाइले ती बादललाई तिब्बती पठारतिर जान दिंदैदन्, त्यसैले यतै हिमालसँग पौंठेजोरी खेल्दै गर्दा ती बर्सिन्छन् । पहाड, हिमाल रसाउँछन् । मूल फुट्छन् । नदीनाला उर्लन्छन् । जति नै उर्ले पनि ती पुग्ने फेरि बङ्गालको खाडी नै हो ।

यो चक्र निरन्तर चलिरहन्छ । नदी मर्दैनन्, तिनले स्वरुपमा मात्रै फेर्ने हुन् । हिमालय पारबाट झरेको कर्णालीले गंगा भेट्दासम्मको यात्रा गर्दा अनेकौं रूपमा आफूलाई चिनाउँछ र करोडौं मानिसलाई झेल्छ ।

(लेखक/पत्रकार भुसालले कैलाशदेखि गंगासम्म कर्णाली नदीको तीरैतीर गरेको तीन देश, दुई हजार किलोमिटर लामो यात्रा बारेको किताब फाइन प्रिन्टस् प्रकाशनले भदौ २९ मा बजारमा ल्याउँदैछ ।)

सबै तस्वीरहरु : रमेश भुसाल

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor
koi77 kingmedan303 kingmedan303 djarum4d sritoto sritoto sritoto rajamania rajamania
https://pengumuman.um-ptkin.ac.id/ zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM