२०८२ मंसिर २६ गते, शुक्रबार २२:१७

दिदीबहिनीहरू तिमीलाई कस्तो छ ?

यो लेख लेख्दै गर्दा म नेपालगञ्जको एउटा होटलमा छु, वादी समुदायका महिलाहरूसँग । यौन पेशा छोड्न र आफ्ना सन्तानलाई पढाउनको लागि उनीहरूले गरेका संघर्षका कथाहरू सुनिरहेकी छु । उनीहरूका कथा सुन्दासुन्दै बेलाबेला औडाहा हुन्छ, मलाई सुनाउनेका औडाहको कुरै नगरौं !

वादी समुदायले पाइला पाइलामा लड्नु परेको नेपाली समाजको कथा वादीका नजरबाट हेर्दा खासै मानवीय छैन । वचनले गरिने हिंसा बारे कुरा गरेर एकछिन म कोठामा फर्कन्छु । आराम गरिरहेका बेलामा सामाजिक सञ्जालमा अमेरिकामा बसिरहेकी ममता काफ्लेलाई उनका श्रीमान्ले बेपत्ता बनाएको हुनसक्ने आशंकामा प्रहरीले पक्राउ गरेको समाचार आइरहेको छ ।

मैले समाचारहरू हेर्दै गर्दा बाहिर प्यासेजमा हल्लाखल्ला भयो । हल्लाकै बीचबाट यौन सम्बन्ध र त्योसँग जोडिएका अपशब्द सुनियो, जसका बारे म दुई दिनदेखि सुनिरहेकी छु । म कार्यक्रमका सहभागी महिलालाई कसैले केही गर्‍यो कि भनेर कोठाबाट बाहिर निस्कँदा थाहा पाउँछु-एक जना पुरुषले महिलासँग होटलमा यौनकार्य गरिरहेको थाहा पाएर उसकी श्रीमतीले प्रहरी र आफन्त लिएर आएकी रहिछन् । उनीहरूले त्यो पुरुषलाई रंगेहात पक्रिएका रहेछन् ।

त्यो मानिसकी श्रीमतीलाई उनीसँग आएका मान्छेहरू थामथुम बनाइरहेका थिए । यौनकार्यमा संलग्न रहेकाहरूलाई लुगा लगाउने समय दिएपछि उनीहरू कोठाबाट बाहिर निस्किएका रहेछन् । त्यहाँ आफन्तहरूले उनलाई सम्झाइरहेका थिए । एक छिनमा उनका श्रीमान् आए– हेर्दा ह्यान्डसम, चिटिक्क पारेर कपडा लगाएको । अनुहारमा कुनै ग्लानि थिएन । श्रीमतीले उसलाई देख्ने बित्तिकै झम्टिइन्- ‘मैले तलब ल्याएको पैंतीसै हजार लिएर आइस् होइन ? मन भए आफैंले कमाएर रन्डो भएर हिंड् न !’

श्रीमान्का असहज सम्बन्धबाट निस्कन महिलाले सम्बन्धविच्छेद गर्दा समाजका पुरुषले महिलामाथि राख्ने नजरको बारेमा भर्खरै पूर्व मिस नेपाल माल्भिका सुब्बाले सार्वजनिक रूपमा भनेकी छन् । यस्तै नजरले कसैले नहेरोस् भनेर धेरै छोरीहरूले सम्बन्धविच्छेद गर्न कोशिश गर्दा साथीभाइ, दिदीबहिनी, माइती र परिवारले जे-जस्तो भए पनि सहेर बस्न अनुरोध गरिरहेका हुन्छन्

ती महिलाका कुरा सुनेर म सन्न भएँ । उनको श्रीमान् उत्तरविहीन उभिइरहेको थियो । श्रीमतीले महिनाभरि कमाएको पैसा बोकेर, श्रीमती अफिस गएको समयमा अर्की महिलासँग होटलमा यौन प्यास मेटाउन आएको उक्त पुरुष मलाई निकै घिनलाग्दो लाग्यो । पछि थाहा भयो, त्यस दिन उनीहरूको होटलको बिल पनि आफैंले तिरेर ती महिलाले श्रीमान्लाई लिएर गइछन् ।

उनीहरू गएपछि पनि होटलमा उनीहरूका कुरा सकिएनन् । विवाह नगरेका साथीहरूले भने, ‘आफैं जागिरे रहिछन्, त्यस्तो श्रीमती अफिस गएको समयमा पैसा बोकेर अर्कै महिलासँग सुत्न हिंड्ने मान्छेलाई किन लिएर गएकी होलिन् ?’ उमेर पाकेकी अर्की एक सहभागीले भनिन्, ‘समाजलाई जस्तो भए पनि लोग्ने चाहिन्छ ।’ सुन्दा सामान्य लागे पनि ‘समाजलाई जस्तो भए पनि चाहिने लोग्ने’ का कारण समाजमा कैयौं महिलाहरू पलपल मरिरहेका छन् । कैयौं महिलाहरू शारीरिक-मानसिक यातना भोग्दै बाँचिरहेका छन् भने कैयौं महिलाहरू भर्‍याङमा लडेर, खाना पकाउँदा आगो लागेर, आइरनले पोलिएर वा सिधै कुटपिट गरेर मारिएका वा बेपत्ता पारिएका छन् ।

समाजलाई जस्तो भए पनि चाहिने लोग्नेसँग देशको कानुन जोडिएको छ । समाज (सामाजिक सम्बन्धहरू) जोडिएको, देशको आर्थिक प्रशासन, परम्परा र रीतिरिवाज जोडिएका छन् । हुनत नेपालको संविधानले सबैलाई प्रजनन्को हक दिएको छ तर विवाह नगरी (विवाह दर्ता नगरी) सन्तानको जन्म दर्ता बनाउन नसकिने व्यवस्था पनि गरेको छ । बा-आमाको कानुनी रूपमा विवाह दर्ता नभएका बालबालिकाको जन्मदर्ताको अनलाइन वा सरकारी फारम भर्न नसकिने अवस्था छ । यसरी कैयौं महिलाहरूलाई श्रीमान्ले जे-जस्तो व्यवहार गरे पनि छोराछोरीको भविष्यका खातिर सम्झौता गर्न सरकार र कानुनले नै बाध्य बनाइदिएको छ ।

तिमीलाई कस्तो छ, तिम्रो अवस्था कस्तो छ भन्ने बारेमा कसै कसैले त चासो राख्ला, कसै न कसैले त बोलिदेला, कसै न कसैले त लडिदेला । तिम्रा समस्यामा तिमी एक्लो छैनौ, समस्यामा परेका दिदीबहिनी तिमीलाई कस्तो छ, एकपटक बोलिदेऊ न !

पैतृक सम्पत्तिमा छोरीको पनि हक लाग्ने कानुनको निर्माण त सरकारले गरेको छ तर, धेरै छोरीहरूलाई बाआमाको सम्पत्ति पनि तिम्रो हो भन्ने विश्वास समाजले दिन सकिरहेको छैन । अहिले छोरा नभएका अभिभावकलाई समाजले ‘यत्रो सम्पत्ति भए पनि खाने कोही छैन’ भनेर छोरीहरूकै अगाडि समाजले भनिरहेको सुन्दै, त्यसको तितो बोकेर युवतीहरू हुर्किइरहेका छन् । दाजुभाइसँग हुर्किरहेका युवतीलाई ‘पराइघर जाने’ भनेर परिवार र समाजले सुनाइरहन्छ । कुनै छोरीले ‘मलाई मेरो अंश बेचेर पढाइदेऊ’ भन्दा समाचारका विषय बन्छन् । महिलाले पैतृक सम्पत्तिमा अंश पाउने कानुन बनेको देशमा छोरीले अंश माग्नु अचम्म मानिन्छ ।

श्रीमान्का असहज सम्बन्धबाट निस्कन महिलाले सम्बन्धविच्छेद गर्दा समाजका पुरुषले महिलामाथि राख्ने नजरको बारेमा भर्खरै पूर्व मिस नेपाल माल्भिका सुब्बाले सार्वजनिक रूपमा भनेकी छन् । यस्तै नजरले कसैले नहेरोस् भनेर धेरै छोरीहरूले सम्बन्धविच्छेद गर्न कोशिश गर्दा साथीभाइ, दिदीबहिनी, माइती र परिवारले जे जस्तो भए पनि सहेर बस्न अनुरोध गरिरहेका हुन्छन् । यो भन्नुको अर्थ जस्तो भए पनि ‘लोग्ने चाहिन्छ’ भनिएकै हो । त्यो जस्तो भए पनि चाहिने लोग्नेले माया पनि गर्न सक्छ, बेवास्ता गर्न पनि सक्छ । श्रीमतीले महिनाभरि कमाएको पैसा जुवामा, रक्सीमा वा अर्की महिलामा सिध्याउन पनि सक्छ । कुटपिट गरेर मार्न वा बेपत्ता बनाउन पनि सक्छ । र, मारिएपछि वा बेपत्ता पारिएपछि मात्रै समाजले ‘ए, त्यसले त त्यस्तो गरेछ !’ भनेर भन्न थाल्छ ।

तीज आउँदै गर्दा धेरै मानिसलाई चालीसको दशकको तीजका गीतले नोस्टाल्जिक बनाएको छ । त्यो बेला अधिकारका कुरालाई लिएर तीजका गीत गाउने गरिन्थ्यो । त्यस्ता गीत हराए भन्ने पीर धेरैलाई परिरहेको सामाजिक सञ्जालतिर पढ्न पाइन्छ । त्यो बेला गीत मार्फत मागेका अधिकार आज कानुनी रूपमा प्राप्त छन् । तर, व्यवहारमा लागू भएका छैनन् । ती व्यवहारमा प्राप्त नभएका अधिकारले दुई पुस्ता अगाडिका महिलाले भन्ने गरेको ‘छोरीको जन्म हारेको कर्म’ साँच्चै हो कि भन्ने भावना बेला–बेला दिलाउँछन् । तर, आज आफूलाई परेको बेलामा लड्न, साथीहरूका बीचमा आफ्ना समस्या बताउन, आवश्यक परेको बेलामा सहयोग माग्नका लागि सञ्चारका कारणले, शिक्षाका कारणले, सानोतिनो सीप र जागिरका कारणले, कानुनी आधारका कारणले पहिलाको तुलनामा सहज छ ।

आफ्ना समस्या भन्ने कि नभन्ने, कानुनी लडाइँ लड्ने कि नलड्ने, समाजसँग नजर जुधाएर बाँच्ने कि नबाँच्ने भन्ने कुरा नितान्त व्यक्तिमा भर पर्ने कुरा हुन् । सबैका सम्बन्ध खराब छैनन्, सबै पुरुष खराब पनि छैनन् । तर, खराब सम्बन्धबाट माथि उठ्न गाह्रो भएको कुरा कसै न कसैलाई भन्ने, कतै न कतै लड्ने आँट आम महिलामा आओस् । तिमीलाई कस्तो छ, तिम्रो अवस्था कस्तो छ भन्ने बारेमा कसै कसैले त चासो राख्ला, कसै न कसैले त बोलिदेला, कसै न कसैले त लडिदेला । तिम्रा समस्यामा तिमी एक्लो छैनौ, समस्यामा परेका दिदीबहिनी तिमीलाई कस्तो छ, एकपटक बोलिदेऊ न !

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM