२०८२ मंसिर २६ गते, शुक्रबार २२:०३

मुलुकको अग्रगतिका लागि अहिलेको सरकार बनेको हो : मन्त्री भण्डारी

महोत्तरी । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वर्तमान सरकार मुलुकको अग्रगतिका लागि बनेको बताउनुभएको छ ।

स्थिर सरकार नबन्दा जनतामा बढेको निराशा चिर्न वर्तमान गठबन्धन सरकार बनेको उहाँको भनाइ छ ।

वैदेशिक रोजगार विभागले आज महोत्तरीको बर्दिबासमा आयोजना गरेको रोजगार अनुमति प्रणाली (इपिएस)सम्बन्धी छलफल कार्यक्रममा उहाँले वर्तमान गठबन्धनको सरकार बनेदेखि नै जनतामा अब राजनीतिक स्थायित्व हुने आशा जागेको पनि उल्लेख गर्नुभयो । “जनतामा एउटा भरोसा जागेको छ, अब सरकार र राजनीतिक दलले त्यो भरोसालाई विश्वासमा परिणत गरेर देखाउनुपर्छ,” मन्त्री भण्डारीले भन्नुभयो ।

वैदेशिक रोजगारीमा जाने मधेसको सङ्ख्या उल्लेख्य भए पनि त्यो खाडी मुलुक र मलेसियामा सीमित रहेको भन्नुहुँदै उहाँले आकर्षक रोजगारको अवसरमा सबैको पहुँच बढाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको वैदेशिक रोजगार विभागले सचेतना बढाउन जरुरी रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा इपिएसमार्फत दक्षिण कोरिया जान चाहने नेपाली नागरिकका लागि अनिवार्य मानिने कोरियन भाषा परीक्षा र यससँग जोडिएका प्रक्रियाबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा मधेस प्रदेशका श्रम तथा यातायातमन्त्री कौशलकिशोर राय, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी र जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्णसहितले वैदेशिक रोजगारी क्षेत्रका चुनौती र अवसरबारे चर्चा गर्नुभयो ।

कार्यक्रममा मधेस प्रदेशसभाका सदस्यहरू जयनुल अन्सारी, रमिला प्रधान र शारदा थापा, महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, महोत्तरीका १५ वटै स्थानीय तहका प्रमुख, रोजगार सम्बन्ध संस्था (म्यानपावर) का प्रतिनिधिको सहभागिता रहेको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM