२०८२ कार्तिक २९ गते, शनिबार २३:५८

बेपत्ता बालक फेवातालमा मृत फेला




पोखरा । पोखरामा बिहीबार बेपत्ता भएका बालक फेवातालमा मृत भेटिएका छन् । पर्वत फलेवास नगरपालिका–२ थापाठाना घर भई पोखरा ७ अन्नपूर्ण टोल बस्ने सूर्य बहादुर क्षेत्रीका १३ वर्षका छोरा प्रस्ताव क्षेत्री फेवातालमा मृत अवस्थामा भेटिएका हुन् ।

कोठाबाट कोही कसैलाई नसोधी निस्किएका बालक क्षेत्री ड्यामसाइडस्थित फेवातालमा हाम फालेको भन्ने जानकारी हुनासाथ प्रहरीले खोजी सुरु गरेको थियो ।

उद्धार गरी पश्चिम क्षेत्रिय अस्पताल पोखरामा पुर्याएको केही समयमै मृत घोषणा गरिएको अस्पतालले जनाएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM