२०८२ मंसिर २६ गते, शुक्रबार २२:२०

मर्स्याङ्दी किनारमा २७ भारतीय पर्यटकको अवशान

७ भदौ, पोखरा । भैरहवा, पोखरा हुँदै पशुपतिनाथसम्म यात्रामा निस्किएका भारतीय पर्यटक सवार बस आँबुखैरेनीमा दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ ।

भारतको गोरखपुर हुँदै नेपालको धार्मिकस्थल घुम्न निस्केका पर्यटकहरु सवार बल तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहरा नजिकैबाट मर्स्याङ्दीमा खेसेको हो ।

चार धाम (बद्री, केदार, गया, काशी) घुमेर फर्किएपछि नेपाल घुम्न निस्किएका ९६ जनाको टोली पोखरा आइपुगेको थियो । नेपालको प्रशिद्ध धार्मिकस्थल मुक्तिनाथदेखि पशुपतिनाथसम्म दर्शन गर्ने योजनाअनुरुप यूपी ५३ एफटी ७६२३ नम्बरको बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो ।

पोखराको होटल स्पोट्र्स र पोखरा इन होटलमा बाँडिएर बसेर उनीहरु २ दिन पोखरा घुमेर मुक्तिनाथ भने गएनन् । शुक्रबार बिहानै पशुपति नाथ दर्शन गर्न काठमाडौं लागे । भारतको इलाहबादका प्रशान्त भंगाडे भन्छन्, ‘चार धामको तीर्थयात्रा गरियो, त्यसपछि नेपालका धार्मिकस्थल घुमेर फर्किने योजना बनाइयो । तर सबैजना हुन त पाएनौं, आँखामा टिलपिल आँसु लिएर फर्किनुपर्ने भयो ।’

भारतको महाराष्ट्रदेखि इलाहबाद हुँदै सँगै तीर्थ यात्रा र नेपालको भ्रमण गरेर रोमाञ्चित भएर फर्किने योजनासहित दुई गाडीमा पोखराबाट काठमाडौं लागेका उनीहरु चढेको एउटा गाडी आँबुखैरेनी त्रिशुली नजिकै मस्र्याङ्दीमा खसेको हो ।

गाडीमा सवार ४३ मध्ये १६ जनाको उपचार भइरहेको छ । उनीहरुमध्ये धेरैको अवस्था चिन्ताजनक छ । २७ जनाले ज्यानै गुमाएका छन् । आँबुखैरेनी–२ को ऐनापहाराभन्दा १ सय मिटर वरको घुम्ति कट्नेबित्तिकै सिधा बाटो आउनेबेलामै सडक सुरक्षाका लागि क्र्यास व्यारिएर भत्काउँदै मर्स्याङ्दीमा खसेको हो ।

गोरखपुरबाट केशरवानी परिवहन ट्राभल्सबाट यात्री र चालक, सहचालकसहित नेपाल छिरेका उनीहरु सबैसँगै घर फर्किन त पाएनन्, बाँचेकाहरुलाई पनि जीवनभर नमेटिने घाउ लागेको छ ।

अहिले शवलाई आँबुखैरेनी अस्पतालमै पाल ओछ्याएर राखिएको छ । अर्को गाडीमा रहेका आफन्त कोही अस्पताल त कोही बाहिर आलापबिलाप गरिरहेका छन् ।

दुर्घटना लगतै उद्धार सुरु गरिएको थियो । त्यसमध्ये पनि बाँच्न सक्ने आशमा १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत २ खेप लगाएर उपचारका लागि काठमाडौं पठाइएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

‘भारतीय पर्यटन चढेको गाडी मर्स्याङ्दीमा खसेको खबरले बिहानैदेखि विक्षिप्त त बनाएकै थियो, तर यति ठूलो क्षति होला भन्ने थिएन,’ तनहुँका सिडिओ गौतमले भने, ‘दिनभर लगाएर सबैको उद्धार त गर्‍यौं तर २७ जनालाई बचाउन सकेनौं ।’

पछिल्लो समय पोखरामात्रै होइन, नेपालकै पर्यटन क्षेत्रमा ठूलो योगदान भारतीय पर्यटकले दिइरहेका छन् ।

आफ्नै गाडी लिएर नेपाल आउने क्रम बढिरहेका बेला भएको घटनाले नेपाललाई ठूलो आर्थिक क्षति पुग्ने देखिएको र भारतलाई यो घटनाले विक्षिप्त बनाएको उनको भनाइ थियो । दुर्घटनाको खबरसँगै भारतीय दूताबासले पनि चासो देखाउँदै घटनास्थलमै उपस्थित भएर समन्वय रहेको उनले बताए ।

घाइते र मृतकलाई आँबुखैरेनी अस्पताल लगिएको थियो । घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि शिक्षण अस्पताल पठाइएको छ ।

मृत्यु हुनेहरुको शव पोस्टमार्टमका लागि पोखरा कि भरतपुर लैजाने भन्ने लामो समय निर्णय हुन सकेको थिए । भारतीय कन्सुरल कार्यालय समेत रहेकाले पोखरामा पोस्टमार्टम गरेर शव आफन्त तथा परिवारलाई बुझाउने भनिएपनि नजिक पनि भएकाले भरतपुर लैजाने निर्णय भएको तनहुँका सिडिओ गौतमले जानकारी दिए ।

भरतपुरमा शनिबार पोस्टमार्टम गरेर शव बुझाउने तयारी भएको उनले जानकारी दिए ।

घाइतेमध्ये पहिलो खेपमा १२ र पछिल्लो खेपमा ४ जना काठमाडौं पठाइएको छ । यात्रामा निस्किएका प्रशान्तले जीवनको उत्कट चाहना पूरा गर्न र पुण्य कमाउन आएकोमा जीवनभर नमेटिने घाउ लिएर फर्किनुपरेकोमा आँसु झारिरहे ।

गम्भीर घाइते भएर पुरानो मेडिकल चितवन पठाएका एक जनालाई बचाउन सम्भव भएन । उनको शव भरतपुरमै छ । मृत्यु भएकामध्ये २६ जनाको पहिचान भएको छ भने १ जनाको पहिचानसमेत खुल्न नसकेको सिडिओ गौतमले बताए ।

छरछिमेक र चिनेजानेको साथीसंगी समेत मिलेर महाराष्ट्रदेखि विभिन्न ठाउँमा पर्यटक नेपाल घुम्दै विभिन्न धार्मिकस्थलसमेत घुम्ने योजनासहित आएका थिए ।

पृथ्वी राजमार्गबाट नपत्याउँदो ठाउँमा मर्स्याङ्दीमा गाडी खसेको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । ‘घटनास्थल दुर्घटना हुने सम्भावित अप्ठ्यारो सडकमा पर्दैन । घुम्ति कटेर सिधा बाटो लाग्ने ठाउँबाट बस खसेको देखिन्छ’ चुमानले भने, ‘तीव्र गतिका कारण बस दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । घुम्ती कटेर सिधा बाटो लागिसक्दा तीव्र गतिका कारण बस अनियन्त्रित हुन सक्ने अनुमान गर्न सकिन्छ ।’

गाडी त्रिशुलीमा खसेको लामो समयसम्म उनीहरुको विवरण पत्ता लगाउन सरकारी संयन्त्रलाई आपत परेको थियो ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीकाअनुसार सडकमार्ग हुँदै नेपाल घुम्न आउने पर्यटकको एकीन विवरण राख्ने संयन्त्र नहुँदा अप्याठेरो परेको सुनाए ।

‘प्रवेश गर्ने हरेक पर्यटकीय गाडीको एकीन रेकर्ड राख्न सकेको भए तुरुन्त पहिचान हुन सक्थ्यो तर त्यस्तो व्यवस्था नहुँदा धेरै समय लाग्यो,’ सहायक सिडिओ क्षेत्रीले भने, ‘नेपाल कति र कोको पर्यटक भित्रिए भन्ने विवरण कम्तिमा प्रदेश प्रदेशको नाकामात्रै रेकर्ड राख्न सकियो भने पनि धेरै सहज हुने यो घटनाबाट शिक्षा लिन सकिन्छ ।’

घटनामा मृत्यु हुनेको विवरण

१. वर्ष ४५ का सुहास प्रभाकर राणे
२. वर्ष ४२ की सरला सुवास राणे
३. वर्ष ५७ की नीलिमा सुनिल घाडे
४. वर्ष ६२ का तुक्सीराम तायडे
५. वर्ष ४५ की मंगला विलास राणे
६. वर्ष ६० का सुधाकर वकीराम जावके
७. रोहिणी सुधाकर जावके
८. सागर कडु जावके
९. वर्ष ६० की भारती प्रकाश जावके
१०. वर्ष ५० को संदिप राजाराम सरोदे
११. पल्लवी सन्दीप सरोदे
१२. गणेश पाण्डुरंग भारंवे
१३. सुलभा पाण्डुरंग भारंवे
१४. मिनल गणेश भारंवे
१५. वर्ष ६ की परी गणेश भारंवे
१६. नीलिमा चन्द्रकान्त जावके
१७. वर्ष ४४ को पंकज भगवन भंगाके
१८. अनिता अविनाश पाटिल
१९. मुर्तीजा खान
२०. वर्ष २८ को अनुप सरोजे
२१. वर्ष ६० की सरला तुडसिराम ताछेडे
२२. वर्ष ६२ की सुल्क वारमे
२३. रुपाली हेमराज सरोजे
२४. गोकर्णी सन्दीप सरोदे
२५. वर्ष १६ की सदना सुहास राय
२६. सरोज मनोज भिरुक
२७. एकजनाको सनाखत हुन बाँकी

काठमाडौंमा उपचाररत घाइते

१. ६० वर्षीय सुनील झाण्डे
२. ४५ वर्षीया भारती पटेल
३. ३२ वर्षीय अविनाश पटेल
४. ४५ वर्षीया रेखा कोटी
५. ५५ वर्षीय न्यारेश्वर नोन्डे
६. ५८ वर्षीय आनन्द इक्ले
७. ६० वर्षीया आशा पाण्डुरा पटेल
८. ६० वर्षीया शारदा पटेल
९. ५५ वर्षीय प्रवीण पटेल
१०. ५६ वर्षीय हेमराज सरौती
११. ५८ वर्षीया आशा बोन्डे
१२. ४३ वर्षीया रूपाली सरौदी
१३. ५६ वर्षीय हेमराज सरोद
१४. ४५ वर्षीय सिम अनन्तास्कन्डे
१५. ६७ वर्षीया कुमोदिनी झाप्रे
१६. ४२ वर्षीय नेलिमा घेरोङ

 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM