२०८२ कार्तिक २४ गते, सोमबार १०:५५

रेडियो नेपालको नीति तथा कार्यक्रम र वार्षिक बजेटबारे मन्त्रीसमक्ष जानकारी




काठमाडौँ । रेडियो नेपालले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष रेडियो प्रसार सेवा बिकास समिति (रेडियो नेपाल)को आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र वार्षिक बजेटका बारेमा जानकारी गराएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज भएको एक कार्यक्रममा मन्त्रालयका सचिव तथा रेडियो प्रसार सेवा बिकास समिति (रेडियो नेपाल) सञ्चालक समितिका अध्यक्ष अध्यक्ष राधिका अर्याल तथा मन्त्रालयका सहसचिव बाबुराम भण्डारीको उपस्थिति रहेको थियो।

रेडियो नेपालको वार्षिक नीति तथा कार्यक्रम र बजेटका बारेमा जानकारी गराउनुहुँदै निमित्त कार्यकारी निर्देशक खगेन्द्र खत्रीले ३३ वटा रिले केन्द्र सञ्चालनमा रहेको रेडियो नेपालले सिन्धुली, गोर्खा, चितवन, धनुषा मध्ये अध्ययन गरि तीन स्थानमा रिले केन्द्र थप गर्न लागेको, लोपोन्मुख भाषाका गीत सङ्गीत उत्पादन गर्न लागिएको तथा रेडियो नेपालको सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने कुरामा जोड दिइएको लगायत बजेटका समग्र पक्षमा जानकारी गराउनुभयो ।

त्यस अवसरमा रेडियो नेपालका नायव कार्यकारी निर्देशक, निर्देशक तथा महाशाखा प्रमुखहरुले पनि बजेटका विभिन्न विषयमा प्रकाश पार्नुभएको थियो।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM