२०८२ कार्तिक २१ गते, शुक्रबार ०९:०९

सेयर बजारमा हिमालयन रि र नेपाल लाइफको शक्ति बढ्यो

७ भदौ, काठमाडौं । सेयर बजारमा हिमालयन रि र नेपाल लाइफ इन्स्योरेन्सको शक्ति बढेको छ ।

ठूलो पुँजीकरणका आधारमा यी दुई कम्पनी असारको तुलनामा साउनमा माथि उक्लिएका छन् । असार मसान्तसम्म आठौं स्थानमा रहेको हिमालयन रिइन्स्योरेन्स साउन मसान्तसम्म भने पाँचौं स्थानमा आएको छ । त्यस्तै टप १० बाहिर रहेको नेपाल लाइफ इन्स्योरेन्स नवौं स्थानमा आएको छ ।

दोस्रो बजारमा मूल्य उच्च दरमा घटबढ हुँदा पुँजीकरण पनि तलमाथि पर्न जान्छ । ठूलो पुँजीकरण भएका कम्पनीले बजारको परिसूचक नेप्सेलाई नै बढी प्रभाव पार्ने क्षमता राख्छन् । नेप्सेको तथ्यांक अनुसार साउन मसान्तसम्म पुँजीकरणका आधारमा नेपाल टेलिकमले पहिलो स्थान कायमै राखेको छ ।

साउन मसान्तमा टेलिकमको पुँजीकरण बढेर २ खर्ब पुगेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको नबिल बैंकको १ खर्ब ७८ अर्ब, तेस्रोमा रहेको नागरिक लगानी कोषको १ खर्ब ५१ अर्ब र चौथोमा रहेको नेपाल रिइन्स्योरेन्सको १ खर्ब २४ अर्ब रुपैयाँ बराबर छ ।

हिमालयन रिको १ खर्ब २ अर्ब ४४ करोड, ग्लोबल आईएमई बैंकको १ खर्ब २ अर्ब २४ करोड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ९३ अर्ब १७ करोड, एभरेस्ट बैंकको ८३ अर्ब ९७ करोड, नेपाल लाइफ इन्स्योरेन्सको ८२ अर्ब ९० करोड र एनआईसी एसिया बैंकको ८१ अर्ब ३१ करोड रुपैयाँ छ ।

पुँजीकरणका आधारमा सबैभन्दा ठूला १० कम्पनी

नेपाल टेलिकम NTC २ खर्ब ५० करोड
नबिल बैंक NABIL १ खर्ब ७८ अर्ब ५७ करोड
नागरिक लगानी कोष CIT १ खर्ब ५१ अर्ब ८६ करोड
नेपाल पुनर्बीमा कम्पनी NRIC १ खर्ब २४ अर्ब ९६ करोड
हिमालयन रिइन्स्योरेन्स HRL १ खर्ब २ अर्ब ४४ करोड
ग्लोबल आईएमई बैंक GBIME १ खर्ब २ अर्ब २४ करोड
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक NIMB ९३ अर्ब १७ करोड
एभरेस्ट बैंक EBL ८३ अर्ब ९७ करोड
नेपाल लाइफ इन्स्योरेन्स NLIC ८२ अर्ब ९० करोड
एनआईसी एसिया बैंक NICA ८१ अर्ब ३१ करोड

स्रोत – नेप्से ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM