२०८२ कार्तिक २५ गते, मंगलवार १०:५४

सेती नदिमा एक पुरुषको शव फेला  




डोटी । डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ अवस्थित दिपायल सेती नदिमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालय डोटीकाअनुसार गएराती देखि हराएका शिखर नगरपालिका वडा नम्बर ६ तलकोट बस्ने अन्दाजी २७/२८ वर्षीय कैलास लुहारको शव आज (बिहीबार) बिहान ९ बजे फेला परेको हो । उनको शव पिपल्ला बजार स्थित पक्कि पुल नजिकै सेती नदीमा बहँदै गरेको अवस्थामा स्थानीयले फेला पारेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो। 

उनको शव पोष्टमार्टमकालागि जिल्ला अस्पताल डोटीको शव ग्रहमा राखिएको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM