२०८२ कार्तिक २४ गते, सोमबार १०:५३

कर्णाली नदीमा बेवारिसे शव फेला 




अछाम । अछाम स्थित कर्णाली नदी जंगलघाट किनारामा एक बेवारिसे शव फेला परेको छ ।

तुर्माखाद गाउँपालिका वडा नम्बर ४ मा पर्ने कर्णाली नदीको जंगलघाटमा अन्दाजी ३० वर्षिय पुरुषको शव फेला परेको हो ।अछाम र सुर्खेत जोड्ने जंगलघाट झोलुङ्गे पुलभन्दा ५० मिटर तल नदीको किनारमा भेटिएको पुरुषको शव नाङ्गो अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

शवको सनाखत हुन नसकेको र घटनाबारे प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM