२०८२ मंसिर २६ गते, शुक्रबार २१:२७

कमला नदीमा पुल माग गर्दै मधेशको मुख्‍यमन्त्री कार्यालयमा आमरण अनशन

४ भदौ जनकपुरधाम। कमला पुल बनाउन माग गर्दै मधेशका मुख्‍यमन्त्री कार्यालय अगाडि १० जना युवाहरूले आमरण अनशन थालेका छन् ।

हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा जोड्ने कमला नदीको पुल निर्माणको माग गर्दै पुल निर्माण संघर्ष समिति संयोजक इन्जिनियर प्रवीण यादवको नेतृत्वमा १० जना युवाहरूले दिउँसो १ बजेदेखि आमरण अनशन थालेका हुन् ।

अनशन बस्नेमा संयोजक यादव बाहेक सदस्य भोगेन्द्र साह, सिरहा नगरपालिका ६ का वडाध्यक्ष इन्द्रजित यादव, वडा ४ का वडाध्यक्ष मोहम्मद समशाद आलम, सिरहाको औरही गाउँपालिका वडा४ का वडाध्यक्ष सुरेन्द्र कुमार यादव, औरही-३ वडा अध्यक्ष जिवछ यादव, सनातन हिन्दु परिषद नेपालका अध्यक्ष मनिष कुमार यादव, इन्जिनियर शैलेश यादव, सिरहा नगरपालिका वडा-८ का वडा सदस्य इन्जिनियर रुपेश यादव र इन्जिनियर शिवशंकर यादवलगायत छन् ।

२७ साउनमा संघर्ष समितिले दर्जनौंको संख्या सिरहा सदरमुकाम सिरहाबाट मोटरसाइकल जुलुस निकाल्दै मुख्यमन्त्री कार्यालय पुगेर मुख्यमन्त्री सतिश कुमार सिंहलाई ज्ञापनपत्र बुझाएका थिए । उनीहरूले आफ्नै लगानीमा पुल निर्माण प्रक्रिया ७ दिन भित्र सुरु नभए आमरण अनशन बस्ने चेतावनी दिएका थिए ।

उक्त अल्टिमेटमभित्र मधेश सरकारले कुनै चासो नदेखाएको भन्दै बाध्य भएर आमरण अनशन बस्‍नु परेको संयोजक यादवले बताए । कमला नदीमा यथाशीघ्र पुल निर्माण गर्नुपर्ने मात्र एक सुत्रीय संघर्ष समितिको माग छ।

पहिले बनाइएको पुलको डिजाइन नै गलत भएकाले निर्माणाधीन अवस्थामा भासिएको भन्दै संघर्ष समितिले पुललाई मर्मत गर्नुको साटो नयाँ डिजाइन गरेर नयाँ पुल बनाउनुपर्ने माग राखेका छन् ।

१३ वर्षदेखि निर्माणाधीन कमला नदीको पुल सन्चालनको तयारीमा हुँदा अत्यधिक बाढीले १७ असार २०७८ मा भासिएको थियो । २०६८ मंसिरमा ४ सय ७० मिटर लामो र ११ मिटर चौडाइको पुल साढे तीन वर्षभित्रै निर्माण गरिसक्ने गरी २४ करोड ९१ लाख रुपैयाँमा पप्पु लुम्बिनी बिल्डर्स जेभी कन्सट्रक्सनबीच ठेक्का सम्झौता भएको थियो । तर पटक पटक म्याद थप्दा १० वर्षसम्म पनि निर्माण सम्पन्न भएन ।

२०७५ पुसमा रामरिझन यादवको नेतृत्वमा हुलाकी सडक संघर्ष समितिले रिले अनशन थालेपछि हुलाकी राजमार्ग निर्देशनालयले पप्पु कन्स्ट्रक्सनबाट सो ठेक्का तोडेर २०७६ असोज १ मा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो ।

२०७८ असार १३ भित्र सक्ने गरी काम भइरहेको बेला पुल नै भासिएको थियो । पुल नबन्दा दक्षिणी क्षेत्रका लाखौं नागरिकले सास्ती खेप्नु परेको छ । सवारीसाधन लामो रुट प्रयोग गरी आवत–जावत भइरहेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM