२०८२ मंसिर २६ गते, शुक्रबार २२:२७

तनहुँ अदालतमा दुई वर्ष नाघेका मुद्दा शून्य

तनहुँ । तनहुँ जिल्ला अदालतले दुई वर्ष म्याद नाघेका मुद्दा शून्यमा झारेको छ । जिल्ला अदालतमा दर्ता भएर लामो समयसम्म फैसला हुन नसकेका मुद्दाहरू छिटोछरितो न्याय सम्पादन गर्ने नीति अनुरुप दुई वर्ष नाघेका मुद्दालाई शून्यमा झारिएको हो । 

अदालतमा अब दुई वर्ष म्याद नाघेका कुनै पनि मुद्दा नरहेको जिल्ला श्रेस्तेदार केशवप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अदालतमा हाल सात सय ३८ थान मुद्दा फर्छ्योट हुन बाँकी छ । त्यसमध्ये छ महिनाभित्रका पाँच सय नौ, छ महिनादेखि एक वर्षभित्रका एक सय ३५, एक वर्षदेखि १८ महिनाभित्रका ८९, १८ महिनादेखि दुई वर्षभित्रका पाँच थान मुद्दा फर्छ्योट हुन बाँकी छ । 

उहाँले भन्नुभयो, “पुराना मुद्दालाई टुङ्गो लगाउने नीति अनुरुप दुई वर्षमाथिका सबै मुद्दा फर्छ्योट भएका छन् । यो एउटा ऐतिहासिक सफलता हो ।” अदालतले आव २०८०र८१ मा दुई हजार २८ थान मुद्दा फर्छ्योट गरेको छ । त्यस आर्थिक वर्षमा जिम्मेवारी सरिआएका एक हजार एक सय एक र नयाँ दर्ता एक हजार छ सय ६५ गरी कूल दुई हजार सात सय ६६ मुद्दा रहेका थिए । त्यसमध्ये दुई हजार २८ थान मुद्दा फर्छ्योट भई सात सय ३८ थान मुद्दा बाँकी रहेको श्रेस्तेदार पौडेलले बताउनुभयो । 

अदालतले अघिल्लो आव २०७९/८० मा एक हजार आठ सय २३ मुद्दा फर्छ्योट गरेको थियो । त्यस आवमा जिम्मेवारी सरी आएका एक हजार एक सय ३५ र नयाँ दर्ता एक हजार सात सय ८९ गरी कूल दुई हजार नौ सय २४ मुद्दा थियो । 

अदालतमा गत आर्थिक वर्षदेखि तीन न्यायाधीशको दरबन्दी कायम भएसँगै पुराना मुद्दालाई शून्यमा झार्ने नीति लिइएको जिल्ला न्यायाधीश कमलराज विष्टले बताउनुभयो । 

अदालतमा आर्थिक वर्ष २०८०/८१ मा जिम्मेवारी सरिआएका र नयाँ दर्ता समेत गरी सम्बन्धविच्छेदका सात सय ८४ मुद्दा रहेकामा छ सय ७२ फर्छ्योट, अंशका चार सय ५५ मुद्दा रहेकामा तीन सय एक फर्छ्योट, चेक अनादरका एक सय ८४ मुद्दा रहेकामा एक सय ३४ फर्छ्योट, लेनदेनका एक सय २१ मुद्दा रहेकामा ७८ फर्छ्योट, लागुऔषधका एक सय २२ मुद्दा रहेकामा ९४ फर्छ्योट, चोरी डाँका नकबजनीका एक सय छ मुद्दा रहेकामा ८४ फर्छ्योट, जालसाजीका एक सय ६० मुद्दा रहेकामा एक सय ११ थान मुद्दा फर्छ्योट भएका छन् । 

बैङ्किङ कसुरका ४३ मुद्दा रहेकामा तीन फर्छ्योट, जबरजस्ती करणीका ६७ मुद्दा रहेकामा ३९ फर्छ्योट, सवारी ज्यान अङ्गभङ्गका ४५ मुद्दा रहेकामा ३८ फर्छ्योट, घरेलु हिंसाका १३ मुद्दा रहेकामा तीन फर्छ्योट र अन्य छ सय ६६ मुद्दा रहेकामा चार सय ७१ मुद्दा फर्छ्योट भएको जिल्ला श्रेस्तेदार पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अदालतले लगतको तुलनामा ७३।३१ प्रतिशत मुद्दा फर्छ्योट गर्न सफल भएको छ ।”

अदालतमा सरल मार्गका एक हजार छ सय १० मुद्दा रहेकामा एक हजार दुई सय १९, सामान्य मार्गका आठ सय १७ मुद्दा रहेकामा पाँच सय ४७, विशेष मार्गका तीन सय सात मुद्दा रहेकामा दुई सय ३५ थान मुद्दा फर्छ्योट गरेको जनाएको छ । 

फैसला कार्यान्वयनतर्फ दुई सय ६४ मुद्दा रहेकामा एक सय ५८ फर्छ्योट भएको अदालतले जनाएको छ । दण्ड जरिवानातर्फ रु ५२ करोड आठ लाख ६४ हजार नौ सय ७८ उठाउन बाँकी रहेकामा रु तीन करोड ८० लाख १४ असुल भएको छ । कैदतर्फ दुई हजार दुई सय ३९ वर्ष असुल गर्न बाँकी रहेकामा एक हजार एक सय ७७ वर्ष कैद असुल भएको छ । 

अदालतका अनुसार बालबालिका प्रतिवादी भएका मुद्दा ७५ थान रहेकामा ६१ फर्छ्योट भएको छ । त्यस मुद्दामा छ बालबालिकालाई पुर्पक्षका लागि बाल सुधार गृह पठाइएको छ भने १६ जनालाई अभिभावकको जिम्मा लगाइएको छ । रासस

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM