२०८२ माघ २८ गते, बुधबार ०९:२१

वैदेशिक रोजगारमा महिला : तीन वर्षमा २ लाख विदेशिए

३२ साउन, काठमाडौं । पछिल्लो तीन वर्षमा २ लाख नेपाली महिलाहरु रोजगारीको खोजीमा विदेश पुगेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार बर्सेनि करिब ६० हजार जना महिला वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

विभागका अनुसार बितेको ३ वर्षमा २१ लाख ४२ हजार वैदेशिक रोजगारीमा जाँदा २ लाख महिलाहरु विदेशिएका छन् । यो सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको कुल संख्याको ९.३३ प्रतिशत हो । विभागले उपलब्ध गराएको यो तथ्यांक श्रम स्वीकृति लिएर जानेहरुको मात्रै हो ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष ०७८/०७९ मा ४९ हजार महिलाहरु वैदेशिक रोजगारीमा गएका थिए । आर्थिक वर्ष ०७९/०८० मा ७२ हजार जना महिलाहरु हजार विदेश गए । आर्थिक वर्ष ०८०/०८१ मा भने वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढेर ८० हजार पुग्यो ।

तथ्यांकअनुसार हरेक वर्ष वैदेशिक रोजगारीमा जाने महिलाहरुको संख्या १० हजारले उकालो लागिरहेको छ । ‘रोजगारीका खोजीमा विदेश जानेक्रम अहिले एक तिहाइ संख्या पुरुषको नै छ’, विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदी भन्छन्, ‘तर रोजगारी खोज्दै विदेश जाने महिलाहरुको संख्या पनि उत्तिकै बढिरहेको छ ।’

खाडीमा धेरै

वैदेशिक रोजगारीमा जाने महिलाहरुको पहिलो रोजाइ खाडी मुलुक देखिन्छ । विभागका अनुसार सबैभन्दा धेरै यूएई, कुबेत, कतार, साउदी र मलेशिया जाने महिलाको संख्या धेरै छ ।

पछिल्लो तीन वर्षमा यूएईमा ७२ हजार, कुबेतमा २७ हजार, कतारमा २४ हजार, मलेशियामा ११ हजार जना महिला कामदारका रुपमा गएका छन् ।

विभाग प्रमुख सुवेदीका अनुसार आर्थिक वर्ष ०७८/०७९ मा यूएईमा २१ हजार १३०, कतारमा ७ हजार १३८, कुबेतमा ५ हजार ३६५ र मलेशिया १ हजार ४६४ र साउदीमा ७२६ गए थिए ।

त्यस्तै, आर्थिक वर्षमा ०७९/०८० यूएईमा २४ हजार ९१, कुवेतमा ११ हजार ८१६, कतारमा ६ हजार ६९९, मलेसिया ७ हजार २९९ र साउदीमा ९ सय ३३ जना गएका छन् ।

आर्थिक वर्षमा ०८०/०८१ मा यूएई २७ हजार ४३४, कतारमा १० हजार ८१५, कुबेतमा १० हजार ७५, मलेसियामा २ हजार ४४२ र साउदीमा ८३६ जना महिला कामदारका रुपमा गएको विभागको तथ्यांक छ ।

खाडीमा मात्रै सीमित छैनन्

वैदेशिक रोजगारीको खोजीमा जाने महिलाहरु अहिले खाडीमा मात्रै सीमित छैनन् । विभागका अनुुसार पछिल्लो समय युरोप, दक्षिण कोरिया, जापानजस्ता मुलुकमा पनि महिलाहरु रोजगारको सिलसिलामा जान थालेका छन् । ‘खाडीबाहेका मुलुकहरुमा रोजगारीमा खोजीमा जाने महिलाहरुको संख्या पनि बढिरहेको छ’, विभाग प्रमुख सुवेदी भन्छन् ।

वैदेशिक रोजगार व्यवसायीहरु खाडी मुलुकमा महिला श्रमिकको माग पनि बढिरहेको बताउँछन् । वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलका खाडी तथा विभिन्न राष्ट्रका बहुराष्ट्रिय कम्पनीहरुमा महिला कामदारको माग बढ्दो छ ।

तर यूएई, कतार र कुबेत बाहेकका खाडी मुलुक तथा मलेसियामा ‘सर्भिस’ अर्थात् सेवामूलक क्षेत्रमा महिला कामदारलाई पठाउन नेपाल सरकारले रोक लगाएको छ । यही कारण पनि माग अनुसारको महिला श्रमिकहरु पठाउन नसकिएको उनी बताउँछन् ।

‘सरकारले मापदण्ड तोकेरै भए पनि सेवा मुलुक क्षेत्रमा महिलाहरुलाई पठाउन खुला गर्न सके, ठूलो संख्यामा श्रमिकहरु पठाउन सक्छौं’, उनी भन्छन् ।

विभागका अनुुसार वैदेशिक रोजगारमा गएका महिलाहरु अधिकांश क्लिनर, होटल, फ्याक्ट्री ओर्करलगायतमा कार्यरत छन् । उनीहरुले न्यूनतम मासिक ३० देखि ४० हजारसम्म कमाइरहेका छन् भने दक्ष श्रमिकले भने ६० देखि ८० हजारसम्म कमाउने गरेका छन् ।

अवैध रुपमा जाने महिला तथ्यांक बाहिर

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जानेबारे तथ्यांक राखे पनि अवैध रुपमा जाने महिलाको तथ्यांक सरकारसँग छैन । वैदेशिक रोजगारी मामलाका जानकार महिलाहरुलाई विभिन्न प्रलोभन देखाएर मानव तस्करी र तीनका एजेन्टहरुले विभिन्न मुलुक पु¥याइरहेको बताउँछन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुुुसार खाडी मुलुक कुबेत, साउदी, ओमन, बहराइन र इराकमा ठूलो संख्यामा महिलाहरु घरेलु कामदारमा लैजाने गरेका छन् । ‘सरकारले घरेलु कामदार प्रतिबन्ध लगाए पनि भिजिट भिसा र भारतको बाटो हुँदै खाडी देशहरुमा गइरहेका छन्’, ब्युरोका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक गौतम मिश्र भन्छन्, ‘तथ्यांक नभए पनि यसरी जानेको महिलाहरुको आँकडा ठूलो छ ।’

विभिन्न संघसंस्था तथा सरोकारवालाहरुका अनुसार खाडी राष्ट्रहरुमामात्रै झण्डै ६० हजार महिलाहरु घरेलु कामदारमा गएको अनुमान छ । श्रम विज्ञ रामेश्वर नेपालका अनुसार विभिन्न प्रलोभन देखाएर आज पनि महिलाहरुलाई अवैध रुपमा लैजानेक्रम रोकिएको छैन । भन्छन्, ‘महिलाहरुलाई अवैध रुपमा पठाउने तस्करीको जालो ठूलो भए पनि नियन्त्रण हुन सकेको छैन । सरकार पनि यो विषयमा गम्भीर छैन ।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM