२०८२ फाल्गुन १ गते, शुक्रबार ०७:१६

गट्ठाघर दुर्घटना : कसरी फरक पर्‍यो मृतकको विवरण ?

३२ साउन, काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गट्ठाघरमा बिहीबार ट्रकको ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु भयो । दिउँसो १: ४० बजे ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै ज्यान गएको थियो । उक्त घटनामा कसको मृत्यु भयो भन्ने पुष्टि गर्न राति १० बजेसम्म लाग्यो ।

सुरुमा प्रहरीले नै एक महिलाको ट्रकको ठक्करबाट मृत्यु भएको बताएको थियो । पछि मृत्यु हुने महिलाको पहिचान खुलेको उनका दाजुले आएर सनाखत गरेकोसम्म प्रहरीले बतायो । तर मृत भनिएकी महिला आफैं प्रहरीको सम्पर्कमा आएपछि घटनाले नयाँ मोड लियो ।

त्यसपछि प्रहरीले सीसीटीभी फुटेज हेर्दा महिला नभई पुरुषको मृत्यु भएको खुल्यो । घटनास्थलबाट बरामद भएका कागजातका आधारमा पनि पुरुष रहेको खुल्यो । ती पुरुषका आफन्त आएर सनाखत गरेपछि दुर्घटनामा मृत्यु हुने महिला नभई ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ खहरे घर भइ काठमाडौं कपनमा बस्दै आएका ६५ वर्षका उत्तम कोइराला छन् ।

दुर्घटनाको समाचार संकलनको क्रममा भक्तपुर प्रहरी प्रमुख वेद विष्टलाई फोन गर्दा ट्रकको ठक्करबाट एक जना महिलाको मृत्यु भएको तर उनको परिचय खुल्न बाँकी रहेको बताएका थिए ।

पौने ५ बजे मात्र प्रहरीले शव उठाएर त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि पठाएको थियो । त्यतिबेलासम्म समेत उक्त शव महिलाकै भएको प्रहरीले बताएको थियो ।

नेपाल प्रहरीले सूचना प्रवाह गर्ने पत्रकारहरुको ग्रुपमा पनि दुर्घटनामा महिलाको मृत्यु भएको उल्लेख थियो । सोही सूचनाको आधारमा गट्ठाघरमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको समाचार आएको थियो । तर बिहीबार रातिमात्र मृतक पुरुष भएको खुल्यो ।

प्रहरीले प्रत्यक्षदर्शीको भनाइलाई आधार मान्दा गलत सूचना प्रवाह

मृतक व्यक्ति महिला हुन् कि पुरुष हुन् भन्नेमा प्रहरीमा किन अलमल भयो भन्ने प्रश्नमा  भक्तपुरका एसपी वेद विष्टले प्रत्यक्षदर्शीको भनाइलाई आधार मान्दा गलत सूचना फैलन गएको बताए ।

उनका अनुसार महिला÷पुरुष कसको शव हो भनेर चिन्न सक्ने अवस्थामा थिएन । शरीर माथिबाटै ट्रक गुडेकाले शरीरका सम्पूर्ण भाग क्षतविक्षत अवस्थामा थिए ।

लगत्तै दौडिएर एक जना ट्राफिक प्रहरी घटनास्थल पुगेका थिए । तर उल्टै स्थानीयले ट्राफिक प्रहरीलाई नै लखेट्दै तोडफोडमा उत्रिए । त्यसपछि घटनाबारे प्रारम्भिक रुपमा प्रत्यक्षर्शीलाई सोधपुछ गरिएको थियो । उनीहरुले स्कुटरमा सवार महिलालाई ट्रकले ठक्कर दिएको बताएपछि सोही अनुसार दुर्घटनामा महिलाको मृत्यु भएको भनेर प्रहरीले सूचना प्रवाह गरेको थियो ।

मृतक मेरी बहिनी हुन्’ भन्ने शम्भु नेपाली प्रहरी नियन्त्रणमा

सीसी टिभी फुटेजको समय हेर्दा दिउँसो १ बजेर ५९ मिनेटमा दुर्घटना भएको थियो । दुर्घटनापछि स्थानीयले गरेको प्रदर्शन र तोडफोडका कारण स्थिति तनावग्रस्त भएकाले प्रहरीले साढे दुई घण्टासम्म पनि शव उठाउन सकेको थिएन ।

पौने ५ बजे मात्र प्रहरीले शव उठाएर त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि पठाएको थियो । त्यतिबेलासम्म समेत उक्त शव महिलाकै भएको प्रहरीले बताएको थियो । एसपी विष्टका अनुसार घटनास्थलमै एक पुरुषले रुँदै मृतक आफ्नो बहिनी भएको भन्दै आएका थिए ।

बहिनीको मृत्यु भएको बताउने ती पुरुष शम्भु नेपाली हुन् । उनैले आफ्नी बहिनीको मृत्यु भएको बताएपछि सोही अनुसार मृतक महिला हुन् भन्ने विषय सार्वजनिक भएको एसपी विष्टले बताए ।

तर शव पोष्टमार्टमका लागि पठाइसकेपछि घटनास्थलबाट बरामद भएका ब्लु बुक, लाइसेन्स लगायतका कागजातबाट भने मृतक महिला नभइ पुरुष भएको खुलेको थियो । त्यसपछि बल्ल मृतक व्यक्ति महिला नभइ ६५ वर्षीय पुरुष उत्तम कोइराला रहेको खुलेको एसपी विष्टले बताए ।

दुर्घटनामा आफ्नो बहिनीको मृत्यु भएको भन्ने शम्भु नेपालीलाई प्रहरीले हिरासतमा राखेको छ । शुक्रबार म्याद थप गरेर उनीमाथि थप अनुसन्धान अघि बढाइने एसपी विष्टले बताए ।

स्कुटरलाई ठक्कर दिने ट्रक चालक सर्लाहीको मलंगवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रकलाई काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नं. २ मा राखिएको छ ।

दुर्घटनापछिको प्रदर्शनलाई नियन्त्रणमा लिन भक्तपुरका एसपी विष्टको कमाण्डमा ११८ जना र काठमाडौंका विभिन्न कार्यालयबाट १३० जना र सशस्त्र प्रहरीको १२० जनाको टोली खटिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले २२ राउण्ड अश्रु ग्यास समेत प्रहार गर्नु परेको थियो ।

प्रदर्शनका क्रममा एसपी विष्ट, प्रहरी सहायक हबल्दार बहादुरे राउत र भक्तपुरको गट्ठाघर बस्ने सौगात सापकोटा सामान्य घाइते भएका थिए । प्रदर्शनकारीले ट्राफिक आइल्यान्ड, प्रहरी बिट, बिटमा रहेको टेबल र ह्याण्ड सेटमा समेत क्षति पुर्‍याएका भक्तपुर प्रहरीले जनाएको छ ।

 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM