२०८२ फाल्गुन १ गते, शुक्रबार ०६:३७

नतिजा आएको ९ महिनासम्म पनि विद्यार्थीले पाएनन् ट्रान्सक्रिप्ट, पनिकामा रातभर धर्ना

३२ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको ९ महिनासम्म पनि ट्रान्सक्रिप्ट उपलब्ध नगराएको विरोधमा विद्यार्थीहरुले परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुको प्रशासन कक्ष अगाडि रातभर धर्ना दिएका छन् ।

बिहीबार बेलुकी ६ बजेदेखि धर्नामा बसेका विद्यार्थीहरुले रात त्यहीँ बिताए । उनीहरुले नतिजा प्रकाशित भएको तीन दिनभित्र ट्रान्सक्रिप्ट उपलब्ध गराउनुपर्ने र परीक्षा नियन्त्रण कार्यालय बल्खुमा हुने बेथिति अन्त्य हुनुपर्ने लगायतका माग सम्बोधन नभएसम्म धर्ना जारी राख्ने बताएका छन् ।

धर्नामा रात बिताएका एक विद्यार्थी प्रदीप भण्डारीले अनलाइनखबरसँग भने, ‘बिएडको नतिजा आएको ९ महिनासम्म पनि ट्रान्सक्रिप्ट दिइएको छैन । त्यसैले हाम्रो मुख्य माग भनेको स्वयं विद्यार्थी उपस्थित भएमा तीन दिन भित्र र विद्यार्थी उपस्थित हुन नसके सात दिनभित्र सम्बन्धित क्याम्पसमै ट्रान्सक्रिप्ट पठाइदिनुपर्छ ।’

साथै ट्रान्सक्रिप्ट लगायतका शैक्षिक प्रमाणपत्र सच्याउनुपर्ने भएमा थप शुल्क नलिइकन सच्याइदिनुपर्ने लगायतका माग पनि आफूहरुले राखेको उनले बताए । उनका अनुसार कसैलाई ६ वटा विषयको परीक्षा दिएकोमा ११ वटा विषयको नतिजा उल्लेख गरेर ट्रान्सक्रिप्ट वितरणसमेत गरेको पाइएको छ र त्यो सच्याउँदा फेरि विद्यार्थीबाट परीक्षा नियन्त्रण कार्यालयले थप शुल्क असुल्ने गरेको छ ।

९ महिनासम्म नपाएको ट्रान्सक्रिप्ट, धर्ना बसेपछि एक घण्टामै आयो

धर्नामा ९ महिनादेखि ट्रान्सक्रिप्ट नपाएका बीएडका विद्यार्थीहरु पनि सहभागी छन् । उनीहरु बिहीबार बेलुकी ६ बजे धर्ना सुरु गरेपछि परीक्षा नियन्त्रण कार्यालयका प्रशासन प्रमुखले सात बजेभित्रै ट्रान्सक्रिप्ट प्रिन्ट गरेर ल्याइदिएका थिए ।

धर्नामा बसेका विद्यार्थी प्रदीप भण्डारी भन्छन्, ‘जसले नौ महिनासम्म ट्रान्सक्रिप्ट दिन सक्दैनौं भनेको छ, उसैले नै हामी धर्ना बसेको एक घण्टामै ट्रान्सक्रिप्ट प्रिन्ट गरेर ल्याइदिन्छ भने पनिकाले चाहेमा छिटो दिन सक्ने रहेछ नि ।’

उनी भन्छन्, ‘त्यसैले हामी त्रिविको परीक्षा नियन्त्रण कार्यालयका ढिलासुस्ती र बेथिति अन्त्य हुनुपर्ने माग सहित धर्नामा बसेका छौं । हाम्रा माग पूरा नभएसम्म धर्ना जारी रहन्छ ।’

गएराति विद्यार्थीहरु प्रदीप भण्डारी, प्रविण दाहाल, ममता जोशी, अर्जुन बगाले, विना श्रेष्ठ, असल गैह्रे र आशिष शाक्यलगायत धर्नामा थिए ।

विद्यार्थी नेताहरुको ऐक्यबद्धता

पनिकाको बेथितिविरुद्ध विद्यार्थीहरु आन्दोलित भएपछि विद्यार्थीका नेताहरुले उनीहरुका मागमा ऐक्यबद्धता जनाउन थालेका छन् । अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष पवन कार्की, सचिव उपदेश यादव र सञ्जय चौधरी विहीबार बेलुका नै धर्नास्थल पुगेर ऐक्यबद्धता जनाएका थिए ।

कार्कीले पनिकाको प्रशासन शाखाका कर्मचारीहरुसँग समस्याबारे छलफल समेत गरेका थिए । सचिव यादवले भने, ‘विद्यार्थी साथीहरुले राख्नु भएको जायज मागमा हाम्रो पूर्ण, साथ, समर्थन र ऐक्यबद्धता छ । विद्यार्थीलाई सहज ढंगले शैक्षिक प्रमाणपत्र पाउने व्यवस्था गर्न त्रिवि पदाधिकारी र पनिकाका कर्मचारीहरुको हामीले ध्यानाकर्षण पनि गराएका छौं ।’

विद्यार्थीहरु धर्नामा बसेको जानकारी पाएपछि शुक्रबार बिहानै अस्कल क्याम्पसका स्ववियु सभापति प्रेम जोशी पनि धर्नास्थलमा पुगेर विद्यार्थीका मागमा ऐक्यबद्धता जनाएका छन् ।

 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM