२०८२ माघ २८ गते, बुधबार ०९:२३

डीडीसी र ठूला उद्योगको मारमा किसान, २ अर्ब बढी बक्यौता

३१ साउन, काठमाडौं । चितवन रत्ननगर नगरपालिका सुन्दरचोकका स्थानीय किसान नरबहादर डाँगी फार्ममा भएको गाईभैंसी बेच्ने तरखरमा छन् ।

प्रत्येक महिना अन्तिममा नजिकै रहेका किराना पसलेहरू फार्म आएर पैसा माग्न थालेपछि डाँगीलाई आपत परेको छ ।

यसको कारण हो डाँगीले बेचेको दूधको पैसा नपाउनु । ११ भैंसी र ७ गाई पालेका उनले तीन महिनाको बक्यौता ९ लाखभन्दा धेरै लिन बाँकी छ ।

‘चार वटा जति पसलका मान्छे ढुटो चोकरको पैसा लिन आइसके । टोल छिमेकमा पनि सापटी मागेको छु । यत्रो फार्म चलाउँदा नि पैसा खेलाउन पाएको छैन । दुधको पैसा समयमा आउने हो भने सबै ठिक हुन्थ्यो,’ डाँगीले भने ।

उनले अहिले दूधको पैसा समयमा नपाउँदा अवस्था नाजुक भएको बताए । दुई वर्ष अगाडि सुरु गर्दा केही समस्या थिएन । तर,  अहिले धेरै नै समस्या भएको  बताए । ‘यही हो भने भएको गाईभैंसी बेचेर खाडी जानुपर्छ,’ डाँगीले भने ।

हेटौंडा उपमहानगरपालिका–१४ स्थित मुक्तिनाथ एकीकृत कृषि फर्म सञ्चालक गीता अधिकारीको तीन महिनाको १ लाख २० हजार रुपैयाँ दूध बिक्रीको पैसा रोकिएको छ ।

स्थानीय कृषि सहकारीबाट ऋण लिएर दाना, ढुटो, चोकर खरिद गरेर आधा दर्जन गाईलाई खुवाउँदै आएको अधिकारी बताउँछिन् । उनलाई घर खर्चभन्दा पनि ऋणको साँवा तिर्न नसकेकोमा बढी चिन्ता छ । ‘घर खर्च त जसरी पनि चलाउँथे । दाना, चोकर किनेकै ऋणको साँवा तिर्न सकेको छैन,’ उनले भनिन् ।

काभ्रेका अगुवा किसान नारायण नेपाल दूधको बक्यौता रकम भुक्तानी नहुँदा पूरै जिल्लाका किसान समस्या रहेको बताए ।

‘भुक्तानी नहुँदा किसानलाई दैनिकीमै समस्या छ, अहिले ढुटो किन्ने पैसा पनि छैन, एउटा पसलबाट उधारोमा लिएको पत्याउन छाडेपछि अर्को पसलमा जान परेको छ,’ नेपालले अनलाइनखबरसँग भने ।

नेपालको मात्रै ११ हप्ताको पैसा लिन लिन बाँकी छ । उनले आफू जस्तै सयौँ किसान समस्यामा रहेको बताए ।

‘दूधको रकम भुक्तानी गर्न एक हप्ता भनेर १५ दिन छुट्याएको हुन्छ । केही साथीको २० हप्ताभन्दा बढी रकम बक्यौता भइसक्यो,’ नेपालले भने ।

‘अन्य स्थानको त थाहा छैन, तर काभ्रेमा कतिपय सहकारीले ऋण लिएर भए पनि किसानको दैनिकी चलाउन सहयोग गरिरहेका छन् । हामीले दूग्ध सहकारी मार्फत डीडीसी र डेरी उद्योगहरूलाई बेच्ने गर्छौं ।’

मकवानपुरगढी गाउँपालिका–६ का किसान विष्णु ढकालले स्थानीय उज्वल दुग्ध उत्पादक सहकारीलाई बिक्री गरेको दूधको १ लाख ७५ हजार रुपैयाँभन्दा बढी रकम लिन बाँकी छ ।

चैत २०८० मा पहिलो किस्ता लिएपछि उनले दूध बिक्री बापत पैसा नपाएको गुनासो गरे । दुइटा गाईको दूध बेचेर घर खर्च चलाउँदै आएका ढकालले अब खर्च धान्न मुस्किल परिसकेको छ ।

‘चार–पाँच महिना भइसक्यो । दूधको पैसा आएको छैन् । १ लाख ७५ हजार भइसक्यो लिन बाँकी । घरमा नुन, तेल बन्द हुने बेला भयो,’ उनी गुनासो गर्छन् ।

ढकालले गाईभैंसी पालनभन्दा अर्को कुनै पेसा–व्यवसाय नगरेकाले समस्यासँग जुध्नुको विकल्प नभएको सुनाए ।

हेटौंडा–११ का भीमसेन हुमागाईंको घर खर्च पनि दूध बिक्रीबाट प्राप्त  आम्दानीको भरमा छ । तर, उनले दुई महिनादेखि पैसा नपाएको गुनासो गरे । ‘दूधको फारम माग्न जाँदा बिक्री गरेको ठाउँबाटै नआएकाले दिन नसकेको भन्छन् । हामीलाई घर चलाउन गाह्रो परिरहेको छ । राज्यले पनि यसमा धेरै चासो दिएन कि जस्तो लाग्छ,’ उनले सुनाए ।

मकवानपुरगढी–५ का लक्ष्मण दाहालले स्थानीय जनजागृति बहुद्देश्यीय सहकारी संस्थामा दैनिक १५ लिटर दूध बिक्री गर्ने गर्छन् । उनले जेठयता दूध बिक्री बापत पैसा नपाएको गुनासो गरे ।

७० हजारभन्दा बढी रकम संस्थासँग लिन बाँकी रहेको उनको भनाइ छ । लक्ष्मणलाई पनि अन्य किसान जस्तै घर खर्च चलाउन धौधौ पर्न थालिसकेको छ । दूधको पैसा रोकिएपछि घरमा चुल्हो बल्न छाडेको जस्तो हुने दाहाल सुनाउँछन् ।

डेरी उद्योगको बक्यौता १ अर्ब ६ करोड 

डेरी उद्योग संघ नेपाल अन्तर्गत हालसम्मको बक्यौता १ अर्ब ६ करोड ३३ लाख ६९ हजार रुपैयाँ पुगेको छ ।

‘असार मसान्तसम्मको तथ्यांक अनुसार यति रकम भए पनि धेरै जस्तो उद्योग नियमित छन्,’ संघका एक पदाधिकारी भन्छन् ।

उनका अनुसार अहिले केही ठूला डेरी उद्योगले पैसा नतिर्दा समस्या भएको हो । ‘सुजल डेरीजस्ता ठूला उद्योगले करोडौं तिर्न बाँकी छ । यसले गर्दा पनि निजी उद्योगले भुक्तानी नदिएको देखिन्छ,’ ती पदाधिकारीले भने, ‘समग्रमा केही ठूला उद्योगल ठूलो रकम नतिर्दा समस्या भएको हो । मझौला तथा साना डेरी उद्योगमा खासै समस्या छैन ।’

डेरी एसोसिएन नेपालले भने डेरीहरूले पैसा बक्यौता नराखेको जनाएको छ ।

‘हाम्रो एसोसिएसन अन्तर्गत रहेका डेरीमा भुक्तानीको समस्या छैन । अधिकांश नियमित छन् । समस्या ठूला डेरी उद्योगमा हो,’ अध्यक्ष प्रल्हाद दाहाल भन्छन्, ‘केही डेरीको बक्यौता रहेको छ, तर उनीहरूले बक्यौता नतिर्दा सबै उद्योगलाई ट्याग लागिरहेको छ ।’

दाहालका अनुसार एसोसिएसनमा ३ सय बढी डेरी उद्योग आबद्ध छन्  ।

दुग्ध उत्पादक सहकारी संघ केन्द्रीय अध्यक्ष अमरबहादुर कुँवरले राज्यकै कारण किसान समस्यामा परेको बताए ।

‘अहिले राज्यले यो–यो उद्योग र दुग्ध विकास संस्थान (डीडीसी) लाई भुक्तानी दिन लगाएर नियमित गर्ने हो भने समस्या नै हुँदैन,’ उनले भने, ‘अहिले सहकारीलाई पैसा नदिने पनि ठूला उद्योग नै धेरै छन् । त्योभन्दा धेरै त डीडीसी नै छ ।’

डीडीसीको बक्यौता १ अर्ब ३८ लाख

डीडीसीका निमित्त महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीका अनुसार अहिले किसानलाई डीडीसीले १ अर्ब ३८ लाख रुपैयाँ तिर्न बाँकी छ ।

‘पछिल्लो समय बिस्तारै बक्यौता घटाउँदै लगेका छौं । उत्पादन र बजारको तालमेल नमिल्दा धेरै दूधको प्रशोधित उत्पादन स्टक थियो,’ अधिकारीले भने ।

उनका अनुसार नेपालमा वार्षिक करिब २६ लाख टन दूध उत्पादन हुन्छ । दूध उत्पादन अनुसार माग नहुँदा डेरी उद्योग र डीडीसीले प्रशोधन गरेर पाउडर दूध र मखन बनाउनु परिरहेको छ ।

‘गत आर्थिक वर्ष मात्रै हामीले १ करोड ७० लाख लिटर दूध प्रशोधन गरेर पाउडर मखन बनायौं । त्यसको रकम त होल्ड हुने नै भयो । त्यसरी थपिएको बक्यौता प्रत्येक दिन जसो लिज गर्दा पनि महिनाको ५ दिन जतिको रकमको दायित्व थपिँदै जान्छ,’ अधिकारीले भने ।

डीडीसीका अनुसार मखन अब बिक्री हुन्छ । घिउको सिजन आउने हुँदा अब तिहारसम्म ४ लाख किलो घिउ बिक्री हुने अनुमान  छ । ‘स्टक कटेपछि किसानको भुक्तानी तीव्र हुन्छ । डीडीसीले दैनिक १ करोडको व्यापार गर्दा सबै खर्च खटाएर करिब ८० लाख जति अहिले  पनि सहकारी मार्फत किसानलाई पैसा दिइरहेको छ,’ अधिकारीले भने ।

नेपालमा दूधजन्य पदार्थ खपत बढ्न नसक्दा बजार नपाइरहेको उनले बताए । ‘हाम्रो उत्पादन अनुसार बजार नै बनाउन सकिएको छैन । त्यसकारण खपत नभएको हो । खपत नहुँदा कन्भर्जन गर्नुपर्छ, कन्भर्जन गरेको दुग्धजन्य पदार्थ नबिक्दा पैसा हुँदैन । चेन नै रोकिन्छ,’ उनले भने ।

किसानको दूधको बक्यौता रकम भुक्तानी नदिएको विषयमा राष्ट्रिय किसान आयोगले पनि ध्यानाकर्षण गराएको छ ।

आयोगकी प्रवक्ता जीवन्ती पौडेलका अनुसार किसानको बक्यौता राख्ने उद्योग र डीडीसीलाई पत्र लेखेर कति रकम भन्ने विवरण माग गरेर बैठक डाक्ने तयारी छ ।

‘किसानको समस्याबारे हामीले बारम्बार भन्दै आएका छौं । यो पटक पनि भनेका छौं । छिट्टै बैठक राखेर यसबारे थप ध्यानाकर्षण गराउँछौं,’ पौडेलले भनिन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM