२०८२ माघ २४ गते, शनिबार ०१:२२

अन्तिम ८ रन बनाउन ५ विकेट गुमाएपछि अमेरिका पराजित

३१ साउन, काठमाडौं – आईसीसी विश्वकप लिग–२ सिरिजमा अमेरिकाले अन्तिम ८ रन बनाउन ५ विकेट गुमाएपछि नेदरल्यान्ड्ससँग १९ रनले हार्न पुगेको छ । जित्नलाई २३८ रनको लक्ष्य पछ्याएको अमेरिका ४९.५ ओभरमा २१८ रनमा अल आउट भयो ।

मध्यक्रमका ब्याटर मिलिन्द कुमार ७९ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ६९ रन बनाए । छैटौं विकेटलाई साड्ली भान र मिलिन्द कुमारले ६८ रनको साझेदारी गरेपछि अमेरिका एक समय ४३.२ ओभरमा २१०–५ को बलियो अवस्थामा थियो ।

कायल केलिनको बलमा कुमार भिभियन किंग्माबाट क्याच आउट भएपछि अमेरिकाले तल्लोक्रममा अप्रत्याशित विकेट गुमाएको थियो । स्मित पटेल ३८, आरोन जोन्स ४७, शयान जहाजिँगर २० र शाल्डी भान २१ रनमा आउट भए ।

पहिलो ओभरमै स्टिभन टेलर र कप्तान मोनांक पटेललाई शून्यमा गुमाएको अमेरिकालाई तेस्रो विकेटका लागि आरोन जोन्स र स्मित पटेलले ८५ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए ।
नेदरल्यान्ड्सका भिभियन किंग्मा ३, अर्यान दत्त, पाउल भान मिर्केन र शरिज अहमदले २–२ विकेट लिए ।

त्यसअघि स्पोर्टपार्क वेस्टभिलेटमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली नेदरल्यान्ड्सले ५० ओभरमा ७ विकेट गुमाउँदै २३७ रन जोडेको थियो । कप्तान स्कट एडवार्ड्सले ५५ बलमा ६ चौकासहित सर्वाधिक ६५ रन बनाए । विक्रमजित सिंहले ८३ बलमा ४ चौकासहित ५९, म्याक्स ओडाउड ४९, माइकल लेभिट १०, शरिज अहमद १६ र कायल केलिनले १८ रन बनाए ।

अमेरिकाका मिलिन्द कुमारले २, जसदीप सिंह र स्टिभन टेलरले १–१ विकेट लिए । यस सिरिजमा नेदरल्यान्ड्स, क्यानडा र अमेरिकाबीच प्रतिस्पर्धा भएको छ ।

८ टोली सहभागी लिग–२ आगामी २०२७ सम्म चल्नेछ । शीर्ष चार टोली सोझै विश्वकप छनोटमा पुग्नेछन् ।

स्कटल्यान्ड ७ खेलमा ४ मा जित र २ मा हारसहित ९ अंकका साथ शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स ६ खेलमा ४ मा जितसहित ८ अंकका साथ नेटरनरेटका कारण तेस्रो स्थानमा छ ।
क्यानडा ६ खेल र नामिबिया ८ खेलमा समान चार जितका साथ क्रमश दोस्रो र चौथो स्थानमा छन् ।

ओमान ४ खेलमा ३ अंकका साथ पाँचौं र अमेरिका २ खेलमा २ अंकका साथ छैटौं स्थानमा छ । नेपाल भने ४ खेलमा २ अंकका साथ सातौं स्थानमा छ । यूएई तीन खेलमा अंक विहीन छ ।
नेपाल, क्यानडा र ओमानबीच आगमी सेप्टेम्बरमा लिग २ मा प्रतिस्पर्धा हुनेछ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM