२०८२ फाल्गुन १ गते, शुक्रबार ०७:४२

गट्ठाघरमा कसरी भयो स्कुटर चालकको मृत्यु हुने गरी दुर्घटना ?

३१ साउन, काठमाडौं। भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गट्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ ।

बिहीबार दिउँसो १:४० बजे ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दोलखाको मेलुङ गाउँपालिका–६ कि २६ वर्षकी सुष्मा नेपालीको घटनास्थलमै मृत्यु भएको उपत्यका ट्राफिक कार्यालयका एसएसपी जीवन श्रेष्ठले जानकारी दिए ।

ठक्कर दिएपछि ट्रकका चालक भने फरार छन् । घटनापछि आक्रोशित स्थानीयले ट्रकमा तोडफोड गर्नुका साथै गठ्ठाघरमा मूल सडक अवरुद्ध पारेर प्रदर्शन गरे । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास हानेको थियो ।

घटनाको तीन घण्टापछि प्रहरीले शव निकालेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको छ । शव पोष्टमार्टममा पठाएपछि मात्रै मुत्यु हुने महिलाको पहिचान खुलेको थियो ।

दुर्घटनापछि स्थिति तनावग्रस्त बनेपछि जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौंका टोली र सशस्त्र प्रहरी बलको टोली समेत परिचालन गरिएको थियो ।

करिब दुई हजारको हाराहारीमा जम्मा भएको भीडले गठ्ठाघर चोकको ट्राफिक आइल्याण्ड समेत तोडफोड गरेको थियो । बिहीबार साँझ अबेर मात्र गठ्ठाघर क्षेत्र सामान्य बनेको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी वेद विष्टले बताए ।

प्रदर्शनकारीले सडकमा जथाभावी गाडी रोकेर चेकजाँच गर्दा दुर्घटना भएको भन्दै प्रहरीविरुद्ध आक्रोश पोखेका थिए । तर, प्रहरीले भने त्यस क्षेत्रमा बिहीबार ट्राफिक प्रहरीले गाडी रोकेर चेकजाँच नगरेको दाबी गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी श्रेष्ठले ट्राफिक प्रहरीले दुर्घटना भएको स्कुटर र ट्रक कुनैलाई पनि नरोकेको बताए । उनका अनुसार गट्ठाघरमा ‘स्पिड गन’मार्फत सवारीको गति अनुगमन भने गरिएको थियो ।

‘स्पिड गनमार्फत गति हेरिएको थियो । तर त्यहाँ स्कुटर र ट्रकलाई रोकेर ट्राफिक जाँच गरेको होइन । गनमार्फत स्पिड गति हेरिरहेका बेला दुर्घटना भएको देखेपछि ट्राफिक दौडिएर घटनास्थल गएको देखिन्छ’ एसएसपी श्रेष्ठले अनलाइनखबरसँग भने ।

घटनापछि भक्तपुरको ट्राफिक प्रहरीसँग जानकारी लिँदा स्कुटर नरोकेको जवाफ आएको श्रेष्ठको भनाइ छ । प्रदर्शनकारीले ट्राफिक चेकजाँचका क्रममा दुर्घटना भएको भनेकाले त्यस विषयमा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले सडकमा गाडीको गति जाँच गरिरहेको थाहा पाएपछि ट्रकले एक्कासी गति घटाउँदा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

भक्तपुरका एसपी विष्टले पनि दुर्घटनामा परेका स्कुटर तथा ट्रक दुबै बिहीबार चेकजाँचमा नपरेको बताए । ट्राफिकले गति नापेको थाहा पाएर ट्रकले एक्कासी गति घटाउँदा स्कुटर अनियन्त्रित भएर ट्रकमुनि छिरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यसबारे सीसीटीभी फुटेज हेरेपछि मात्रै आधिकारिक पुष्टि हुनेछ एसपी विष्टले बताए ।

‘हामीले ड्युटीमा खटिएका ट्राफिकदेखि प्रत्यक्षदर्शीलाई समेत सोधपुछ गरेका छौं । तर ट्राफिकले रोकेर जाँच गरेको बेला दुर्घटना भएको देखिँदैन’, विष्टले अनलाइखनखबरसँग भने ।

उनका अनुसार बनेपातर्फ जाँदै गरेका दुबै सवारी दुर्घटनामा परेका हुन् । दुर्घटना भएपछि दौडिएर घटनास्थल जाँदा उल्टै ट्राफिकमाथि आक्रमण भएको र भागेर ज्यान जोगाउनुपर्ने अवस्था आएको उनले बताए ।

यसबारे अझ विस्तृत अनुसन्धान गर्न सीसीटीभी फुटेजहरु हेर्न सुरु गरिएको एसपी विष्टले बताए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM