मालीवस्ती नजिकैको ओरिया खोला किनारमा बिहान पाटेबाघ देखिएपछि बाघ हेर्न स्थानीयको भिड नै लागेको थियो । केही दिनयता रातको समयमा सो क्षेत्र वरपर लगातार नै बाघ ओहोरदोहोर गरिरहेको मालीवस्तीकी स्थानीय गोमा उपाध्यायले बताउनुभयो । बाघ देखिएपछि हात्तीसहित नेपाली सेना,नेपाल प्रहरी लगायतले बाघलाई नियन्त्रणमा लिन खोजेको भएपनि सफल हुन सकेन । ओरिया खोला वारी हुलाकी सडक किनारमा रहेको बाघ मानिसको होहल्ला भएपछि खोलापारीको काँसघारीपट्टी लागेको प्रत्यक्षदर्शीहरूले बताएका छन।
दिनदहाडै हुलाकी सडक किनारमा नै बाघ देखिन थालेपछि रातिको समयमा घरबाहिर निस्कन नै डर लाग्न थालेको सानोबाघमोर्चाका स्थानीय शिक्षक रन्जित कार्कीले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय बाघ आतङ्क बढ्दै गएकोले घर वरपर पनि तारजाली लगाउँनुपर्ने अवस्था आइपरेको छ ।
ठोरीमा बाघले खोरमा नै झम्टेर गाइवस्तु खाने क्रम नरोकिरहेको बेला दिनदहाडै बाघ देखिएपछि स्थानीयमा बाघ आतङ्क नै बढेको छ ।

















