२०८२ माघ २८ गते, बुधबार १०:०३

वर्षायाममा किन धेरै आँखा पाक्छ, कसरी जोगिने ?

वर्षायामको समयमा सबैभन्दा बढी सताउने समस्यामध्ये एक हो आँखा पाक्ने रोग । आँखा पाक्ने समस्या नेपालमा प्रायः हरेक वर्ष फैलिन्छ । हालै पनि ओपीडीमा दुई-चार जना दैनिक आँखा पाक्ने समस्या लिएर आउन थालेका छन् ।

लगातार परिरहेको वर्षाको प्रभावका कारण अबको एक महिनासम्म यो समस्या लिएर आउनेको संख्या अस्पतालमा बढ्न सक्छ । आँखा पाक्ने समस्या सरुवा रोग भएकाले एक व्यक्तिबाट अर्को हुँदै समुदाय स्तरमै तीव्र रूपमा फैलिन सक्ने यसमा खुबी हुन्छ । त्यसैले यो समयमा आँखासम्बन्धी स्वास्थ्यलाई लिएर सचेत हुनुपर्ने देखिन्छ ।

के हो आँखा पाक्ने रोग ?

आँखा पाक्ने रोग एडिनो भाइरसको संक्रमणका कारण देखिने समस्या हो । यसले आँखाको सेतो भागको सतहमा हुने झिल्लीलाई संक्रमित गर्छ । यो समस्यालाई चिकित्सा भाषामा ‘कन्जक्टीवाइटिस’ भनिन्छ र आम भाषामा आँखा पाकेको भनिन्छ ।

वर्षायाममा किन आँखा पाक्छ ? यसबारे बुझौं ।

वर्षायामको समयमा वायुमण्डलमा आर्द्रता बढी हुने भएकाले संक्रमणजन्य कीटाणु तथा भाइरसको संख्या वृद्धि हुनुका साथै सक्रिय हुन्छन् । जो आँखाले वरपर देख्ने सतहमा टाँसिएर बसेका हुन सक्छन् । यस्तोमा सो सतहमा छोएको हात आँखा पनि लगियो भने त्यहाँसम्म कीटाणु वा भाइरस पुगेर आँखालाई संक्रमित बनाउन सक्छ ।

एकअर्काको आँखा हेरेर सर्दैन, छोएर सर्न सक्छ

संक्रमित व्यक्तिले अर्को व्यक्तिलाई आँखाले हेरेर सर्छ भनेर संक्रमितदेखि तर्किएर हिंड्ने गरेको पनि पाइन्छ । यो ठूलो भ्रम हो । यस्ता लक्षण भएका मानिसको आँखामा हेर्दा, सँगै बस्दा, कुराकानी गर्दा, आँखामा आँखा जुधाउँदा र सँगै खाना खाँदा सर्दैन । किनकि जबसम्म संक्रमण गराउने कीटाणु कुनै न कुनै माध्यमबाट अर्को मानिसको आँखासम्म पुग्दैन तबसम्म सर्दैन ।

तर यो सरुवा रोग भने पक्कै हो । संक्रमित व्यक्तिले आँखा मिच्दा उसको हातमा कीटाणु टाँसिन्छन् र त्यही हात अर्को व्यक्तिसँग मिलाउँदा रोग सर्छ । लक्षण भएको व्यक्तिले प्रयोग गरेको कपडा, रुमाल, कम्प्युटर, ल्यापटप, मोबाइल अर्को व्यक्तिले चलाउँदा यो रोग सर्ने सम्भावना हुन्छ ।

लक्षण

आँखा पोल्नु, चिलाउनु, भारी हुनु, आँखाले हेर्न अप्ठ्यारो भई घाममा हिंड्नु, उज्यालोमा हेर्न गाह्रो हुनु, दृष्टि धमिलो हुँदै जानु, आँखा तथा आँखा वरपरको भाग सुन्निनु र रातो हुनु आँखा पाक्दा देखिने लक्षण हुन् ।

यी लक्षण देखिएको तीन दिनसम्म पनि बेवास्ता गरिएमा आँसु तथा कचेरा आउने र बिहान उठ्दा आँखाको परेला टाँसिएको जस्तो हुनसक्छ ।

जटिलता

आँखा पाक्ने रोग अति खतरनाक रोग होइन । यो सही उपचार पछि ठीक हुन्छ । तर उपचार नगरी बसेमा यसले थप जटिलता ल्याई अवस्था गम्भीर बनाउन सक्छ । जस्तो कि संक्रमण नरोकिएको खण्डमा आँखामा घाउ भई अल्सरको रूप लिन्छ ।

अल्सर बढ्दै गएमा उपचार गराएर निको भए पनि घाउको दाग बस्छ,  जसलाई फुलो परेको भनेर बुझिन्छ । फुलो परेपछि आँखाको दृष्टि कमजोर हुन्छ । किनकि यो समस्या भएपछि आँखामा पर्याप्त प्रकाश जान सक्दैन ।

त्यसैले सामान्य र सही उपचारले छिट्टै निको हुने समस्यालाई पालेर राख्नु भन्दा समयमै पहिचान तथा उपचार गराउनु आवश्यक छ ।

पहिचान तथा उपचार

यसको पहिचान लक्षणको आधारमा पनि ठम्याउन सकिन्छ । तर सही रूपमा पहिल्याउन आँखामा स्राव भएको तरल पदार्थको नमुना लिइन्छ । सो नमुनाले कुन ब्याक्टेरिया वा भाइरसले संक्रमण गरेको पत्ता लाग्छ ।

सोही अनुसार एन्टीफंगल वा एन्टीबायोटिक औषधि उपचार हुन्छ । सो औषधि आँखा लगाउने र हाल्ने दुवै हुन्छ । चिकित्सकले सिफारिस गरेको सो औषधि कति मात्रा प्रयोग गर्ने भन्ने तय आँखाको समस्या कति गम्भीर छ त्यसमा भर पर्छ ।

जथाभावी औषधि नलागौं

यो रोग लागेमा अस्पताल जानुको साटो हचुवाको भरमा जथाभावी फार्मेसीबाट किनेर औषधि खान वा लगाउन हुँदैन । यसले चाँडै निको पार्नुको साटो थप जटिलता ल्याउन सक्छ । त्यस्तै परिवारमा एक जनालाई भएपछि अर्को व्यक्तिलाई पनि सर्न सक्छ ।

यस्तोमा एउटै औषधि सबैले प्रयोग गरेको पाइन्छ, जुन गलत हो । औषधि हाल्दा वा औषधि हातले समाएर आँखामा लैजाँदा त्यहींबाट पनि संक्रमण सर्न सक्छ ।

कसरी बच्ने ?

– बिरामीको आँसु, चिप्रा र कचेराबाट जोगिनु सबैभन्दा महत्वपूर्ण कुरा हो । त्यसका लागि सङ्क्रमितले हरेक पटक आँखा छोएपछि साबुन पानीले हात धुनुपर्छ ।

– आफूले प्रयोग गरेको धारा, ढोकाको चुकुल, रुमाल लगायत सामग्रीहरू अरूको पहुँचबाट टाढा राख्नुपर्छ ।

– संक्रमितको वरपर बस्नेहरू पनि उत्तिकै सजग हुनुपर्छ । विशेषगरी संक्रमित बालबालिका तथा वृद्धवृद्धाको ख्याल राख्ने मानिसले आफूलाई जोगाउनु चुनौतीपूर्ण हुनसक्छ । उनीहरूले पनि कुनै वस्तु छोएमा हातमा सेनिटाइजर प्रयोग गर्नुपर्छ ।

– यो मौसममा सबैले हातले नाक, आँखा र मुख नछुनु अहिलेका लागि प्राथमिक उपायहरू हुन् ।

– चाहे मौसम जुनसुकै होस्, बिहान, दिउँसो र सुत्नुअघि सफा पानीले आँखा पखाल्नुपर्छ ।

– आँखा धेरै रातो भएकाले थप बाह्य सङ्क्रमण वा सम्पर्कबाट जोगाउनु र नानीमा असर परेकाहरूलाई नाङ्गो आँखाले उज्यालोमा हेर्दा अप्ठेरो हुने भएकाले त्यसबाट जोगिन कालो चस्मा लगाएर हिंड्नु आवश्यक छ ।

– संक्रमितसँग सकेसम्म सँगै नसुत्ने र भीडभाड हुने ठाउँहरूमा जानु हुँदैन ।

– आफू सुतेको सिरानीको खोल, तन्ना हरेक दिन सफा गर्ने धुनुपर्छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM