२०८२ फाल्गुन १ गते, शुक्रबार ०७:४४

यी खेलाडी जसले भारत र पाकिस्तान दुबै देशका लागि क्रिकेट खेले

३१ साउन, काठमाडौं । दक्षिण एसियाका दुई छिमेकी देश भारत र पाकिस्तानको खराब राजनीतिक सम्बन्धको असर समग्र खेलकुदमा पनि परेको छ ।

त्यसैले भारत र पाकिस्तानबीच पछिल्लो एक दशकमा विश्वकप र एसिया कपमा मात्रै प्रतिस्पर्धा हुँदै आएको छ । सिरिज नखेल्ने हुँदा यी दुई देशबीचको खेललाई विश्वले नै निकै महत्वपूर्ण रुपमा हेर्ने गर्दछ ।

पाकिस्तान सिरिज खेल्न अन्तिम पटक भारतमा २०१२/१३ मा भ्रमण गरेको थियो । पाकिस्तान टी–२० विश्वकप सन् २०१६ र एकदिवसीय विश्वकप २०२३ खेल्न भारत गएको थियो ।

भारतले अन्तिम पटक सन् २००६ मा सिरिज खेल्न पाकिस्तान भ्रमण गरेको थियो । भारतले सुरक्षाको कारण देखाउँदै आईसीसीको प्रतियोगिता र एसिया कप खेल्न पाकिस्तान जान अस्वीकार गर्दै आएको छ ।

त्यसैको कारण सन् २०२३ मा एसिया कपमा भारतका खेलहरु श्रीलंकामा भएका थिए । च्याम्पियन्स ट्रफी २०२५ पाकिस्तानमा हुने तय भएपनि भारती टिम त्यहाँ जानेमा शंका छ । सन् २००८ मा इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो संस्करणमा पाकिस्तानी खेलाडीले पनि खेलेका थिए ।

सन् २००८ मा मुम्बईमा आतंककारी आक्रमणपछि भारतले पाकिस्तानी खेलाडीलाई आईपीएल खेल्न समेत प्रतिबन्ध लगाएको थियो ।

धेरैलाई अचम्म लाग्न सक्छ । भारत र पाकिस्तान दुबै देशबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका खेलाडीहरु पनि छन् । उनीहरुको बारे छोटकरीमा जानकारी यस प्रकार छ ।

अब्दुल हफिज कारदार

अब्दुल हफिज कारदार पाकिस्तानका पहिलो कप्तान हुन् । सन् १९२५ मा लाहोरमा जन्मिएका उनले सानोमा इंग्ल्यान्डमा पढ्दैमा क्रिकेट सिकेका थिए । अलराउण्डर उनले भारतबाट सन् १९४६ मा इंग्ल्यान्डविरुद्ध लर्ड्समा टेष्टमा डेब्यू गरेका थिए । निडर स्वभावका क्रिकेटर उनले त्यो सिरिजमा भारतबाट इंग्ल्यान्डविरुद्ध तीनै खेल खेलेका थिए ।

उनी इंग्ल्यान्डसँगको सिरिजपछि आफ्नो जन्म थलो लाहोर फर्किदै पाकिस्तानमै बसेर क्रिकेट खेल्ने निर्णय लिए । सन् १९५२ मा पाकिस्तानले उनको कप्तानीमा पहिलो टेष्ट सिरिज खेल्ने टोली निर्माण गरेको थियो ।

भारतविरुद्ध सन् १९५२ अक्टोबर १६ मा दिल्लीमा भारतविरुद्ध खेल्दै पाकिस्तानबाट कप्तानी गर्ने पहिलो खेलाडी बने । उनले सन् १९५२ देखि १९५८ सम्म पाकिस्तानबाट २३ टेस्ट खेल कप्तानको रुपमा खेलेका थिए । उनले भारतबाट ३ र पाकिस्तानबाट २३ गरी कुल २६ टेस्ट खेल खेलेका थिए ।

खेलाडी जीवनपछि उनी राजनीतिमा लागे । उनको सन् १९९६ अप्रिलमा लाहोरमा निधन भएको थियो ।

गुल मोहम्मद

सन् १९२१ अक्टोबरमा लाहोरमा जन्मिएका उनी होचो कदका क्रिकेटर थिए । उचाइ ५.५ फिट मात्रै भएपनि बायाँ हाते अलराउण्डर उनी आक्रामक क्रिकेट खेल्न रुचि राख्थे । त्यो समयमा उनी उत्कृष्ट फिल्डरको रुपमा समेत चिनिन्थे । गुल मोहम्मदले सन् १९३८/३९ मा नर्थन इन्डियनबाट १७ वर्षको उमेरमा रणजी ट्रफी खेलेका थिए ।

मोहम्मदले भारतबाट सन् १९४६ मा लर्ड्समा इंग्लयाण्डविरुद्ध टेष्ट खेलमा डेब्यू गरेका थिए । उनले भारतबाट सन् १९५२ मा लखनऊमा पाकिस्तानविरुद्ध अन्तिम खेल खेले ।

सन् १९५५ मा उनले पाकिस्तानको नागरिकता लिए । पाकिस्तानबाट सन् १९५६ अक्टोबरमा अष्ट्रेलियाविरुद्ध खेलेका थिए । उनले पाकिस्तानबाट खेलेको त्यही एकमात्रै टेष्ट खेल हो । समग्रमा उनले भारतबाट ८ र पाकिस्तानबाट १ टेष्ट खेलेका थिए । उनको निधन सन् १९९२ मे ८ मा भएको थियो ।

आमिर इलाही

स्पिनर आमिर इलाहीको जन्म सन् १९०८ पञ्जाबमा भएको थियो । उनले भारतबाट सन् १९४७ डिसेम्बरमा अष्ट्रेलियाविरुद्ध टेष्टमा डेब्यू गरेका थिए । उनले भारतबाट खेलेको त्यही एकमात्रै खेल हो । त्यसपछि उनले पाकिस्तानबाट पाँचवटा टेष्ट खेले ।

पाँच खेलको टेष्ट सिरिज खेल्न सन् १९५२ मा भारत भ्रमण गर्दा उनी पाकिस्तानको टोलीमा थिए । चौथो टेष्ट खेलमा चेन्नईविरुद्ध ११ नम्बरमा ब्याटिङ गर्दै ४७ रनको सरप्राइज इनिङ खेलेका थिए । उनले उक्त सिरिजमा पाकिस्तानबाट सबै पाँच खेल खेलेका थिए । उनको ७२ वर्षको उमेरमा निधन भएको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM