२०८२ माघ २८ गते, बुधबार ०८:४६

यस्तो छ १० करोडमा बनेको नेपाली-हिन्दी मिश्रित गीत ‘झ्याइँ’

काठमाडौं । न्युयोर्कको टाइम्स स्क्वायर ठूला एलईडी स्क्रिन र चम्किलो ‘नाइट लाइफ’ले विश्वव्यापी चर्चित छ । संसारका ठूला ब्राण्ड यो थलोमा राखिएका भव्य स्क्रिनमा विज्ञापन देखाउने होडमा हुन्छन् ।

सेकेण्डको हिसाबले विज्ञापन गर्न पनि मिलियन डलर खर्च लाग्छ । यो ‘कस्मोपोलिटन’ थलोमा गत शनिबार नेपाली र हिन्दी मिश्रित गीतको म्युजिक भिडियो ‘झ्याइँ’को प्रिमियर गरियो ।

टाइम्स स्क्वायरका दुई ठूला स्क्रिन नास्दग र मिडटाउनमा नेपाली राष्ट्रिय झण्डाको स्क्रिनिङसहित चार मिनेट लामो गीत देखाइयो । यसका लागि निर्माताले महंगै मूल्य तिरे । दुबईको बुर्ज खलिफामा देखाउने पूर्वयोजना स्थगित गर्दै निर्माताले टाइम्स स्क्वायरमा गीत प्रिमियर गरेका हुन् ।

अमेरिकी निर्माता कम्पनी एटमुनले नेपाली र बलिउड कलाकारको सहकार्यमा बनाएको उक्त म्युजिक भिडियोको लागत १० करोड रुपैयाँ बताइएको छ । यो गीतसँग बलिउडका ठूला नाम जोडिएका छन् । उनीहरुकै संलग्नतामा मुम्बईको एम्पिरियल प्यालेसमा यो गीतको छायांकन गरिएको थियो ।

गीतमा अमेरिकामै जन्मे-हुर्केकी मन्जयाश्री भट्ट र देव नेगीले स्वर दिएका छन् । गीतमा मन्ज्याश्री आफैं फिचर्ड छिन् । यो गीतमा चर्चित नेपाली लोकगीत ’झ्याइँ पार्‍यो मलाई रत्यौलीको झिल्केले झ्याइ पार्‍यो’ बोलको गीतको अंश समावेश छ । हिन्दी र नेपाली गीत मिश्रण गरिएकाले गीत नृत्यप्रधान महसुस हुन्छ । स्पोटीफाइ, एप्पल, हंगामा, गाना प्लाटफर्म लगायतमा यो गीत उपलब्ध छ ।



‘देवदास’, ‘रंग दे बसन्ती’ जस्ता बलिउडका चर्चित फिल्म खिचेका नेपालीमूलका भारतीय छायाकार विनोद प्रधानले यो गीतको भिडियो खिचेका छन् । गीतमा मन्जयाश्रीसँगै अर्का नेपाली राहुल शर्मा पनि छन् ।

शर्मा मुम्बई बसेर साउन्ड इन्जिनियरिङ गर्दैछन् । गीतको साउण्ड इन्जिनियरिङ, मिक्सिङ र मास्टरिङ उनले नै गरेका हुन् । शर्माले सञ्जयलीला भन्साली, धर्मा प्रोडक्सनका फिल्ममा काम गरेका छन् । ‘हीरामण्डी’, ’मिर्जापुर’, ’गणपथ’, ’फोनबुथ’ लगायत फिल्ममा पनि उनले हालै काम गरे ।

शाहरुख खान स्टारर ‘पठान’ र ‘वार’मा नृत्य निर्देशन गरेका बोस्को सिजर कोरियोग्राफर हुन् । यो भिडियोको आइडिया अनुशा भट्टको हो । उनी यो गीतकी कार्यकारी निर्मात्री समेत हुन् । उनले एटमुन कम्पनीको आगामी योजनाअन्तर्गत अर्को महत्वाकांक्षी प्रोजेक्टको रुपमा नेपालको सम्पदा झल्काउने म्युजिक भिडियो र अर्को वर्ष एक कथानक फिल्म निर्माणको योजना सुनाइन् । बनाउने भनिएको उक्त कथानक फिल्ममा मञ्जयाश्रीकै अभिनय हुने जनाइएको छ ।

‘हामीले पहिलोपटक टाइम्स स्क्वायरमा तीन मिनेटको भिडियो देखायौं । यसअघि यस्तो कहिल्यै भएको थिएन,’ अनलाइनखबरसँगको कुराकानीमा अनुशाले भनिन्, ‘नेपाली हुनुको नाताले हामीले पनि ग्लोबल लेभलको प्रोडक्ट बनाउन सक्छौं । हलिउड र बलिउडको तहमा बनाउन सक्छौं भन्ने लागेर टाइम्स स्क्वायरमा रिलिज गरेका हौं ।’

भिडियोमा देखाइएको मन्जयाश्रीले पहिरिएको ड्रेस, रानी बस्ने सुनजडिगत गद्दी निकै महंगो रहेको र यसको डिजाइनमा महिनौं लागेको पनि उनले बताइन् ।

आफूहरुले सुरुदेखि नै भव्य शैलीको म्युजिक भिडियो बनाउन लागिपरेको र फलस्वरुप हिन्दी र नेपाली गीतलाई ब्लेन्डिडङ गरेर भिडियो बनाएको उनले बताइन् । ‘बलिउडको जुन काम गर्ने शैली छ त्यो भिन्न छ । नेपाल  र बलिउडलाई मिलाएर गीत बनाउँदा खेरि यसमा भिन्न खालको हुन्छ । हामीलाई चाहिने कुरा बलिउडसँग थियो,’ उनले भनिन् ।

यो गीतमा चर्चित नेपाली गीत ‘झ्याइ पार्‍यो मलाई रत्यौलीको झिल्केले झ्याइ पार्‍यो’को अंश समावेशबारे अनुशाले रमाइलो र नेपालीपन झल्किने गीत खोज्दै जाँदा यो गीत भेटिएको बताइन् ।

आफूहरुलाई गायिका र मोडल समेत चाहिएको बेला मन्जयाश्रीलाई भेटेको स्मरण उनले गरिन् । ‘उहाँलाई हामीले एक कलेज कार्यक्रममा भेटेका थियौं । उहाँले गीत गाइरहनुभएको थियो,’ अनुशा भन्छिन्, ‘हाम्रो टिमले उहाँलाई त्यहीं चिनेको हो । गाउने शैली एकदमै अमेजिङ छ । अर्को वर्ष उहाँ हामीसँग फिल्म पनि खेल्दै हुनुहुन्छ ।’

उनले पछिल्लो समय अमेरिकामा नेपाली समुदाय फैलिएको भन्दै नेपाली समुदायसामु चुनौती पनि रहेको बताइन् । उनी नेपाली आफ्नो समुदायभित्र मात्र सीमित हुन नहुने बताउँछिन् । ‘हामी कम्युनिटीबाट माथि जानुपर्छ,’ अनुशाले भनिन्, ‘कसरी विश्वसँग प्रतिस्पर्धा गर्ने भनेर सोच्नुपर्छ ?’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM