२०८२ माघ २४ गते, शनिबार ००:४६

हेटौंडामा विशेष नगरसभा बोलाउन बहुमत सदस्यको माग

३० साउन, हेटौंडा । कर वृद्धिको विषयलाई लिएर हेटौंडा उपमहानगरपालिकाको बहुमत नगरसभा सदस्यले विशेष नगरसभा बोलाउन माग गरेका छन् ।

नेकपा एमालेबाट निर्वाचित ९ जना वडा अध्यक्ष, ८ जना कार्यपालिका सदस्य र ३१ जना नगरसभा सदस्य गरी ४८ जना (बहुमत) नगरसभा सदस्यले नगर प्रमुख मीनाकुमारी लामासँग विशेष नगरसभा बोलाउन बुधबार माग गरेका हुन् ।

हेटौंडा उपमहानगरपालिकाका कुल ९४ जना नगरसभा सदस्यमध्ये एमालेकै ५४ जना छन् । जसमध्ये ४८ जनाले विशेष नगरसभा बोलाउने सम्बन्धीको माग पत्रमा हस्ताक्षर गरेका छन् ।

नगर प्रमुख लामा भने काठमाडौंमा छिन् । एमालेका नगरसभा सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतममार्फत लामा समक्ष विशेष नगरसभा बोलाउन माग गरेका हुन् ।

२०७४ यता हेटौंडामा पहिलो पटक विशेष नगरसभा सदस्य बोलाउन माग भएको छ । नेपालको संविधानको धारा २२२ देखि २२७, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को उपदफा ३, बागमती प्रदेशको गाउँ, नगर, जिल्ला सभा सञ्चालन (कार्यविधि) ऐन २०७५ को दफा ३ उपदफा ३ र दफा २३ को (ग), (घ), (ञ) र (ट) तथा उपमहानगरको नगरसभा सञ्चालन कार्यविधि २०७४ को दफा ३ बमोजिम विशेष नगरसभा बैठक बोलाउन माग गरिएको पत्रमा उल्लेख छ ।

कर वृद्धिको विरोधमा विगत १० दिनदेखि मकवानपुर उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ, जिल्ला सहकारी संघलगायतका दुई दर्जन विषयगत व्यवसायिक संघसंस्थाहरु चरणबद्ध आन्दोलनमा छन् । बुधबार बिहान मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा व्यवसायीहरुले उपमहानगरपालिका कार्यालयमा धर्ना दिएका थिए ।

हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देलले अस्वभाविक कर वृद्धि गरिएकाले नगरबासीमा असन्तुष्टि देखा परेको विषयलाई सम्बोधन गर्न आर्थिक ऐनमा व्यवस्था भएको करको दर र दस्तुर संशोधनका लागि विशेष नगरसभा आह्वानको माग गरिएको बताए । उनका अनुसार नगर प्रमुख लामाले १५ दिनभित्र विशेष नगरसभा बोलाउनुपर्ने कानुनी व्यवस्था छ ।

उनले असार २०८१ को पहिलो हप्तामा भएको १५ औं नगरसभामा कर वृद्धिसम्बन्धी प्रस्ताव छलफलमै नल्याई गुपचुप रुपमा पास गराइएको दाबी गरे ।

करको दर हेरफेर जस्तो संवेदनशील विषयमाथि सरोकारवाला निकायसँग आवश्यक छलफल र नगरसभामा नै प्रस्ताव नल्याई पास गरिनुले नगर प्रमुख लामा र उपप्रमुख राजेश बानियाँको गैरजिम्मेवारी र लाचारीपन भएको आरोप लगाए ।

‘नगरसभाबाट पास हुने विषयमा ध्यान नदिनु हाम्रो पनि कमजोरी हो । कर वृद्धि सम्बन्धीको डकुमेन्ट नगरसभामा बाँडिएको छैन । तर, घटनाक्रमले मुद्दा उठान भएपछि समस्या समाधानका लागि हामीले पहल कदमी लिनुपर्छ भनेर विशेष नगरसभा बोलाउन माग गरिएको हो’, सिग्देलले भने, ‘यस विषयमा छलफल गर्न खोज्दा मेयर र उपमेयर सम्पर्कमै आएका छैनन् ।’

उपप्रमुख बानियाँ संयोजक रहने राजश्व परामर्श समितिमा एमालेकै तीन जना वडा अध्यक्ष दीपक खड्का, सुनिल मोक्तान र जुना दाहाल सदस्य छन् । तीन जना वडाध्यक्षले राजश्व परामर्श समितिको बैठकमा करको दायरा बढाउने विषयमा मात्रै छलफल भएको तर, नगरसभाबाट अस्वभाविक रुपमा कर वृद्धि गरिएको बताए ।

७ असारमा भएको उपमहानगरको १५ औं नगर सभाबाट राजश्व दरमा वृद्धि गर्ने निर्णय भएको थियो ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को लागि बहालकर देखि व्यवसाय करमा २० देखि १५० प्रतिशतसम्म राजश्व वृद्धि गरेको हो ।

व्यवसायीहरुले बिहीबार पनि हेटौंडा उपमहानगरपालिकामा धर्ना दिने र नगर सरकार खोज्दै मैनबत्ती जुलुस गर्ने कार्यक्रम तय गरेका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM